नबिलको नाफा ३१९ करोड, बेसरेट बढ्यो, स्प्रेडदर घट्यो, अरु सूचक कस्ता देखिए ?

<p>काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा ३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म कमाएको ३ अर्ब ९ करोड नाफाको आकारमा करिब १० कराेडले वृद्धि गरी नबिलले नाफाको आकार सो अवस्थामा पुर्याएको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी तथा गैरब्याज आम्दानीमा उच्च सुधार गरेको बैंकको कर्मचारी र सञ्चालन नाफामा समेत [&hellip;]</p>

काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा ३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म कमाएको ३ अर्ब ९ करोड नाफाको आकारमा करिब १० कराेडले वृद्धि गरी नबिलले नाफाको आकार सो अवस्थामा पुर्याएको हो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी तथा गैरब्याज आम्दानीमा उच्च सुधार गरेको बैंकको कर्मचारी र सञ्चालन नाफामा समेत सोहीअनुसार वृद्धि हुन जाँदा नाफाको आकारमा ठूलो सुधार हुन नसकेको हो ।

बैंकले उक्त अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब ५६ करोड रुपैंयाबाट बढाएर ५ अर्ब ५१ करोड तथा खुद गैरब्याज आम्दानी ५६ करोड रुपैंयाबाट ९१ करोड रुपैंया पुगेको छ । कर्मचारी खर्च १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ४० करोड तथा सञ्चालन खर्च ४० करोडबाट बढेर ५७ करोड रुपैंया पुगेको छ ।

बैंकको आधार ब्याजदर भने बढेर ७.३३ प्रतिशतबाट ७.९९ प्रतिशत पुग्दा बैंकको कस्ट अफ फण्ड ४.६३ प्रतिशतबाट ६.०६ प्रतिशत पुगेको छ । बैंकले ब्याजको स्प्रेडदर ४.८९ प्रतिशतबाट ४.६३ प्रतिशतमा झरेको छ ।

Share News