४१ प्रतिशत नाफा बढ्दा मुक्तिनाथले कमायो ६० करोड, निक्षेप ७० प्रतिशतले बढ्यो

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नाफामा ४१ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ४२ करोड ७५ लाख नाफालाई यो आर्थिक वर्षको सोही अवधिमा ६० करोड २० लाख पुर्याउँदा नाफाको आकार ४०.८८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष २४ अर्ब ५४ करोड निक्षेप र २१ अर्ब ९९ करोड कर्जा [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नाफामा ४१ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ४२ करोड ७५ लाख नाफालाई यो आर्थिक वर्षको सोही अवधिमा ६० करोड २० लाख पुर्याउँदा नाफाको आकार ४०.८८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्ष २४ अर्ब ५४ करोड निक्षेप र २१ अर्ब ९९ करोड कर्जा प्रवाहको अवस्थालाई क्रमशः ७०.०३ प्रतिशत र ६५.७६ प्रतिशतले वृद्धि गर्दै बैंकले निक्षेप ४१ अर्ब ८० करोड र कर्जा ३६ अर्ब ४५ करोड पुर्याएको छ ।
बैंकको कस्ट अफ फण्ड ८.७४ प्रतिशत, बेसरेट ११.२९ प्रतिशत, आरओई १९.५० प्रतिशत, र ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।

Share News