सन नेपाल र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजुमोहन भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अन्र्तगत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी [&hellip;]</p>

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजुमोहन भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्र्तगत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने जनाइएको छ ।

Share News