काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत चैत मसान्तसम्ममा एक करोड १४ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । उक्त नाफा तीन महिनाको अवधिमा शतप्रतिशत अर्थात १००.८८ प्रतिशतले बढी हो ।
संस्थाले गत पुस मसान्तमा कुल ५६ लाख ८३ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षसम्म घाटामा रहेको यस संस्थाले चालु आर्थिक वर्षको ९ महिनामा सो मात्राको नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ बराबरको घाटा व्यहोरेको थियो ।
संस्थाले तीन महिनामा निक्षेप बढाएर १६ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्ममा संस्थाले १२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
नाफासँगै संस्थाले रिजर्भको आकारमा पनि उच्च सुधार गरेको छ । गत पुससम्म ५७ लाख २७ हजार रहेको संस्थाको रिजर्भ चैतसम्म एक करोड १४ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन सो अवधिको तुलनामा १०० प्रतिशत बढी हो ।
त्यस्तै, चैत मसान्तसम्म कर्जा तथा सापटी १६ करोड रुपैयाँले वृद्धि भई ८१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा संस्थाले ३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
हाल संस्थाको चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ रहेको छ । हाल पुँजी पर्याप्तता अनुपात ८.२६ प्रतिशत र निष्क्रिय कर्जा अनुपात भने ०.०२ प्रतिशत छ । त्यस्तै, संस्थाको कष्ट अफ फण्ड ११.३७ र सीडी रेसियो ३५६.९४ प्रतिशत रहेको छ ।