किर्तिपुरमा प्रभु बैंकको शाखा बिस्तार

<p>काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कीर्तिपुर नपा वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न [&hellip;]</p>


काठमाडौँ । प्रभु बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कीर्तिपुर नपा वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर महर्जनले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

उक्त कार्यक्रममा प्रभु बैक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

Share News