माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

<p>काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । कुनैपनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ । ५% आकर्षक वार्षिक ब्याजदर [&hellip;]</p>

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।

कुनैपनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५% आकर्षक वार्षिक ब्याजदर प्रदानगरिने भनिएको यस खाताखोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनैपनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

Share News