प्रभु बैंकले रुकुममा शुरु गर्यो एटिएम सेवा, स्थानीयवासी खुशी

<p>रुकुम । रुकुम जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् । आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताइन् । बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म [&hellip;]</p>

रुकुम । रुकुम जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् ।

आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताइन् ।

बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने गरेकामा अब भने सेवाग्रहीलाई आवश्यक परेको खण्डमा शनिबारलगायत अन्य जुनसुकै समयमा पनी सेवासुविधा दिने शाखा प्रबन्धक भानु गौतमले बताए ।

यहाँका नागरिकको समस्या, आवश्यकता र मागलाई ध्यानमा राखी एटिएम सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । विसं २०७३ मङ्सिर १७ गतेबाट रुकुमकोटमा आफ्नो सेवा सञ्चालन गरेको बैंकको शाखाले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

Share News