काठमाडौँ । सानिमा बैंक लिमिटेडले बुधबार काठमाडौंको पुतलीसडकमा शाखा कार्यालयको उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) द्वारा संयुक्त उद्घाटन गरियो ।
समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको बताए ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सानिमा बैंकको उक्त शाखा समेत गरी हालसम्म ७८ वटा शाखा संजाल तथा ७२ वटा एटिएम सेवा रहेको बैंकले जनाएको छ ।