सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा बैशाख १२ गते, बुक क्लोज कहिले ?

<p>काठमाठौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा बैशाख १२ गते हुने भएको छ । मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि चैत २९ गतेदेखि २०७६ बैशाख १२ गतेसम्म बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) रहने जनाइएको छ । नेपाल [&hellip;]</p>


काठमाठौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा बैशाख १२ गते हुने भएको छ । मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि चैत २९ गतेदेखि २०७६ बैशाख १२ गतेसम्म बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) रहने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा चैत २९ गतेभन्दा अगाडि भएका कारोबारहरु सोको ७ कार्यदिन भित्र बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड काठमाडौँमा प्राप्त भइसक्नु पर्नेछ ।

बैंकले प्रस्तावित गरेको हालको चुक्ता पूँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको २ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश(कर सहित) लाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएको र साधारण सभाबाट पारित गर्ने कार्यतालिका रहेको छ ।

Share News