सहुलियत कर्जामा बैंकहरुको अटेरी, ६ जनाले मात्रै पाए प्रमाण धितो राखेर ऋण

<p>काठमाडौं । बैंकहरुले सहुलियत कर्जा कार्यान्वयनमा अटेरी गरेका छन् । सरकारले महत्वकांक्षी योजनाका रुपमा अघि सारेको सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिले दिएका ७ प्रकारका कर्जा प्रवाहमा बैंकहरुले अनिच्छा देखाएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर हालसम्म ६ जनाले कर्जा पाएका छन् । ‘हालसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ६ [&hellip;]</p>

काठमाडौं । बैंकहरुले सहुलियत कर्जा कार्यान्वयनमा अटेरी गरेका छन् । सरकारले महत्वकांक्षी योजनाका रुपमा अघि सारेको सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिले दिएका ७ प्रकारका कर्जा प्रवाहमा बैंकहरुले अनिच्छा देखाएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर हालसम्म ६ जनाले कर्जा पाएका छन् । ‘हालसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ६ विद्यार्थीले ३८ लाख लिएका छन्, उच्च प्राविधिक तथा व्यवसायिक कर्जामा २ जनाले १० लाख लिएका छन् ’, डेपुटी गभर्नर श्रेष्ठले भने ।

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा वितरणमा आनाकानी गर्ने बैंकहरुलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ तर बैंकहरुले भने टेरिरहेका छैनन् । ‘बैंकहरुको अनिच्छा र सर्वसाधारणले सूचना नपाएकाले सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कर्जाले सफलता नपाएको हो’, राजधानीमा आयोजीत एक कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले भने ।

यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया
स्नातक तहसम्म उतिर्ण गरेकाहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म् ऋण पाउनेछन् । शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।

Share News