
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि बिष्टले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

यसैगरी वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल(भण्डारी)ले उद्घाटन गरिन् । शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।