काठमाडौँ । बुटवल वडा नं १३,रुपन्देहीमा एनआइसी एशिया बैंक लि.को नयाँ शाखा शुरु भएको छ । बेलबास शाखाको एनआईसी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शनिबार उद्घाटन गरेका हुन् ।
उक्तशाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।