काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त गरेको छ ।
नेपाल धितोपत्र बोर्डले जनता क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा उपलब्ध गराउन पाउने गरी त्यस्तो अनुमति प्रदान गरेको जनाइएको छ ।
अनुमति प्राप्त गरेपछि क्यापिटलले आफ्नो पूर्वाधार पूरा गरी शीघ्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।