काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले राजीनामा दिएका छन् । शर्माले करिब ३ बर्षको कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन् ।
ग्लोबल आइएमई बैंकमै सहायक महाप्रवन्धकको पदबाट प्रवेश गरेका उनी करिब १ बर्ष अघि मात्र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।
बोर्डसँगको विवाद नै उनको राजीनामाको कारण रहेको बताइएको छ । बैंकका वित्तीय सूचकहरुमा आशातीत प्रगति हासिल गर्न नसकेको आरोप बोर्डले उनीमाथि लगाएको थियो । त्यसै कारण उनले राजीनामा दिएको हुनसक्ने आशंका गरिएको छ ।
उनले बोर्डसमक्ष राजीनामा दिएको ग्लोबल आइएमई बैंकका एक सञ्चालकले पुष्टि गरे ।