राष्ट्र बैंकले पाँच अर्बको रिपो बिक्री गर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रूपैयाँ बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले आज(शुक्रबार) एक सूचनामार्फत यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो । उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ । बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रूपैयाँ बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आज(शुक्रबार) एक सूचनामार्फत यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो । उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ ।

बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । रासस

Share News