गुल्मीको रिडी बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

<p>काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको शुभारम्भ गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । सो समारोहमा प्रमुख अतिथि माननीय प्रदिपकुमार ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै राष्ट्रिय [&hellip;]</p>


काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको शुभारम्भ गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ ।

सो समारोहमा प्रमुख अतिथि माननीय प्रदिपकुमार ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसंग कारोबार गर्न अनुरोध गरे ।

सो कार्यक्रममा गुल्मी जिल्ला १ क का प्रदेश सभा सांसद कमलप्रसाद श्रेष्ठले रावा बैंक सरकारी बैंक भएकोले प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गर्न विशेष जोड दिनुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक विकासको लागि वित्तीय पहुँच विस्तार गरिने वताए ।

बैंकको पोखरा क्षेत्रका निमित्त प्रवन्धक ऋषिराम ढकालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा रुरु गांउपालिकाका अध्यक्ष निलकण्ठ गौतम, सत्यवती गाउँपालिकाका अध्यक्ष परेश्वर ढकाल, उद्याग वाणिज्य संघ रिडी बजारका अध्यक्ष सुवर्णलाल कक्षपति, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Share News