त्रिशूली महोत्सवमा दुई करोडको कारोबार, ६० हजारले गरे अवलोकन

<p>विदुर । नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सवमा दुई करोडको कारोबार भएको छ । विद्यालयमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिए । सो महोत्सवको बुधबार प्रदेशसभा सदस्य केशवराज पाण्डेले समापन गर्दै [&hellip;]</p>


विदुर । नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सवमा दुई करोडको कारोबार भएको छ ।

विद्यालयमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिए ।

सो महोत्सवको बुधबार प्रदेशसभा सदस्य केशवराज पाण्डेले समापन गर्दै पहाही संरचना रहेको नुवाकोट खाद्यान्न, तरकारी, फलफूल उत्पादन, कृषि, पर्यटन, संस्कृति तथा धार्मिक सम्पदाले भरिपूर्ण रहेकाले कारण जिल्लालाई आत्मनिर्भर बनाउनाका साथै पर्यटकीय जिल्ला बनाउनु पर्ने बताए ।

उनले नुवाकोटलाई कृषि उत्पादन, कुखुरापालन व्यवसाय, ट्राउट माछा, स्ट्रबरी, मूला आदिले समेत चिनाएका कारण लगानीका सम्भावना धेरै भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले उद्यमको पहिचान गर्न र लगानीकर्तालाई लगानीको क्षेत्र विस्तार गर्न वातावरण बनाएको बताए ।

विदुर नगरपालिका–१ स्थित विद्यालयको खेल मैदान त्रिशूलीमा सञ्चालित महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा गायकगायिकाले मनोरञ्जन दिलाएका थिए ।

Share News