सिटिजन्स बैंकको प्रादेशिक कार्यालय प्रदेश नं. १ को बिराटनगरमा

<p>काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस १३ गते प्रदेश नं. १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ [&hellip;]</p>


काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस १३ गते प्रदेश नं. १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ ।
उक्त कार्यालयको उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरु संगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News