लगानी कोषको २२ प्रतिशत बोनस पारित, चुक्ता पुँजी एक अर्ब नाघ्याे

<p>काठमाडौं । नागरिक लगानी कोषकोे प्रस्तावित २२.६ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कोषको २३औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले पारित गरे बमाेजिम कोषले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गरको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो मात्राको [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषकोे प्रस्तावित २२.६ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कोषको २३औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले पारित गरे बमाेजिम कोषले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गरको छ ।

कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो मात्राको बोनस सेयर वितरण गर्न लागेको छ । आर्थिक वर्ष २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ ।

९० करोड ३१ लाख रुपैयाँ रहेको काेषकाे चुक्ता पुँजी २२.६ प्रतिशत बोनसपछि एक अर्ब १० करोड रुपैयाँ नाघेकाे छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको बताएको छ ।

साधारण सभाको अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताएका छन् । कोषको सेयर चुक्ता पुँजी कम भएकाले कोषका अध्यक्ष भट्टराईले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताएका छन् ।

Share News