कर्णाली प्रदेशकाे सुर्खेतमा निजि बाह्र करोड लगानीमा दुग्ध उद्योग निर्माण शुरु

<p>काठमाडौं । कर्णाली प्रदेशमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । राजधानी सुर्खेतमा निर्माणाधिन उक्त उद्योग काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रहेको छ । पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले हाल बजारको माग झण्डै सात हजार लिटर रहेको धितालकाे भनाई रहेको [&hellip;]</p>

काठमाडौं । कर्णाली प्रदेशमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । राजधानी सुर्खेतमा निर्माणाधिन उक्त उद्योग काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रहेको छ ।

पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उद्योगीद्वयले हाल बजारको माग झण्डै सात हजार लिटर रहेको धितालकाे भनाई रहेको छ । हाल दुई हजार लिटर अझै अपुग भएको जानकारी दिदैं हाल काठमाडौंमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताएका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले बताएका छन् । गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण शुरु गरिएको उक्त उक्त तीन महीनाभित्रै निर्माण पूरा गरेर संचालन गर्ने भएका छन् ।

आगामी दिनमा उद्योगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पुर्याउने लक्ष्य राखेको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उद्योग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाएका छन् । रासस

Share News