कहाँ पुग्यो लगानीकर्ता र ब्रोकर सम्झौताको मस्यौदा ? कहिले आउँछ युजरनेम र पासवर्ड ?

<p>काठमाडौं । अनलाइन शेयर कारोबारअघि लगानीकर्ता र ब्रोकरबीचको सम्झौताबारे सुझावका लागि ब्रोकरहरुले तयार पारेको प्रारुप सार्वजनिक भएपछि लगानीकर्तामा हलचल मच्चियो । सबै लगानीकर्ता संघका पदाधिकारीहरुले यसमा विरोध जनाए । लगानीकर्ताहरुको सहमतिविना ल्याइएको सम्झौतापत्रकाे मस्याैदा आफूहरुले कुनै पनि हातमा स्वीकार नगर्ने उनीहरुको भनाई रह्यो । तर, ब्रोकर एशोसिएसनका पदाधिकारीहरुले त्यो एउटा प्रारुप मात्र भएको र त्यसमा [&hellip;]</p>

काठमाडौं । अनलाइन शेयर कारोबारअघि लगानीकर्ता र ब्रोकरबीचको सम्झौताबारे सुझावका लागि ब्रोकरहरुले तयार पारेको प्रारुप सार्वजनिक भएपछि लगानीकर्तामा हलचल मच्चियो । सबै लगानीकर्ता संघका पदाधिकारीहरुले यसमा विरोध जनाए । लगानीकर्ताहरुको सहमतिविना ल्याइएको सम्झौतापत्रकाे मस्याैदा आफूहरुले कुनै पनि हातमा स्वीकार नगर्ने उनीहरुको भनाई रह्यो । तर, ब्रोकर एशोसिएसनका पदाधिकारीहरुले त्यो एउटा प्रारुप मात्र भएको र त्यसमा व्यापक छलफल गरिने बताएपछि उक्त विषय साम्य भयो ।

त्यसो त त्यो मस्याैदा पत्रलाई अन्तिम रुप दिने अधिकार नेपाल स्टक एक्सचेञ्जलाई छ । उसले मस्याैदा पत्रका लागि ब्रोकरले दिएको प्रारुपका सबै बुँदाहरुलाई सुक्ष्म ढंगले केलाइरहेको बताएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले यसबारे नेप्से व्यवस्थापनले छलफल चलाइरहेको बताए । उनले १/२ दिनभित्रै निर्णयमा पुग्ने समेत शुक्रबारको कुराकानीमा जानकारी दिए ।

कुन कुन विषयमा लगानीकर्ताको असहमति ?

ब्रोकरले तयार गरेको प्रारुपका प्रत्येक बुँदाहरुले ब्रोकर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको र सबै दोष जति लगानीकर्तालाई दिन खोजेको आरोप लगानीकर्ता संघका पदाधिकारीले लगाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उक्त बुँदाहरु हुबहु आए त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए । त्यस्तै लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि उक्त मस्यौदा देख्दा आफूहरु अचम्मित भएको बताएका थिए ।

उक्त मस्यौदाका अधिकांश बुँदामा रहेको भाषामा ब्रोकरहरुको असहमति रहे पनि मुख्य बुँदा भनेको कालोसूचिमा नरहेको प्रमाणपत्र पेश गर्नुपर्ने भन्ने विषय प्रमुख हो । यस्तो प्रमाणपत्र पेश गर्नुपर्ने अवस्थामा शेयर बजारका १५ लाख लगानीकर्ता र थप हुने लगानीकर्ताहरुले समेत कालोसूचिमा नपरेको प्रमाणपत्रका लागि कर्जा सूचना केन्द्र धाउनुपर्ने बाध्यता रहन्छ । यसो गर्दा केन्द्रसँग पनि एकैचोटी ठूलो मात्रामा त्यस्तो प्रमाणपत्र जारी गर्न प्राविधिक, भौतिक संसाधनका साथै जनशक्तिको समेत आवश्यकता हुन्छ ।

अनलाइन तालिम के हुन्छ ?

प्रवक्ता पराजुलीका अनुसार अनलाइन तालिमका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न उक्त सम्झौता आवश्यक छैन । यसअघि मोक ट्रेडिङका क्रममा पासवर्ड दिइएको जस्तै ब्रोकरले लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन सक्छन् । त्यसैका अाधारमा नेप्सेले प्रत्येक दिन गराउने तालिममा सहभागी हुन सक्नेछन् । काराेबारका लागि भने साे सम्झाैता अावश्यक पर्ने पराजुलीले बताए ।

Share News