जनसेवी लघुवित्तले कमायाे ३२ लाख नाफा, १४ करोड ३६ लाख बचत संकलन

<p>काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी १४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए [&hellip;]</p>

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।

हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी १४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

यस वित्तीय संस्थाले २०७५ कात्र्तिक मसान्त सम्म १४ करोड ३६ लाख ६२ हजार २० रुपैयाँ बचत संकलन गरेको छ । संस्थाले ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरी ९५ करोड ८३ लाख रुपैयाँ असुल गरेका छन् । हाल यस संस्था ४८ करोड ६० लाख रुपैयाँ लगानीमा रहेको छ ।

यस वित्तीय संस्थाले सर्वसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए ।

संस्थाले स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तार गरी हालसम्म २५ वटा शाखा कार्यालय पुर्याइसकेको छ । निकट भविष्यमै यस वित्तीय संस्थाले थप कार्यक्षेत्रको रुपमा ५ जिल्ला (स्याङ्जा, पाल्पा, मकबानपुर, दाङ र चितवन) लाई कार्यक्षेत्र थपको प्रस्ताव सहित स्वीकृतीका लागी नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको छ ।

Share News