८ लाख भूकम्प पीडितका घरको बीमा गराउँदै सरकार, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड पाउने

<p>काठमाडौं । सरकारले ८ लाख भूकम्प पीडितका नयाँ घरहरुको बीमा गराउने भएको छ । सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत भूकम्पपछि पुननिर्माण भएका सबै घरहरुको बीमा गराउन लागेको हो । प्रतिघर ४५० रुपैंया प्रिमियम लिएर ५ लाखको जोखिम वहन गर्न लागिएको हो । कुल प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत लाभग्राहीबाट असुलिने व्यवस्था [&hellip;]</p>

काठमाडौं । सरकारले ८ लाख भूकम्प पीडितका नयाँ घरहरुको बीमा गराउने भएको छ । सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत भूकम्पपछि पुननिर्माण भएका सबै घरहरुको बीमा गराउन लागेको हो ।

प्रतिघर ४५० रुपैंया प्रिमियम लिएर ५ लाखको जोखिम वहन गर्न लागिएको हो । कुल प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत लाभग्राहीबाट असुलिने व्यवस्था प्रस्ताव गरिएको राष्ट्रिय बीमा कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले विकासन्युजलाई जानकारी दिए ।

हालसम्म ८ लाख १२ हजार १ सय ६१ परिवार भूकम्प पीडितहरु पहिचान भएका छन् । तीमध्ये ७ लाख ३२ हजार ७ सय ७१ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ भने ७ लाख २६ हजारले पहिलो किस्ता वापतको अनुदान लिईसकेका छन् ।

बीमा समितिले तोकिदिएको ४५० रुपैंयाँ प्रिमियम तोकेर निर्णयका लागि फाइल मन्त्रि परिषदमा पठाईसकिएको पराजुलीले जानकारी दिए । एक महिना भित्रै मन्त्रिपरिषदबाट निर्णय भएर कार्यान्वयनमा आउने उनले दावी गरे ।

२०७३ भदौ २० गते बसेको तत्कालिन विकास समिति बैठकले भूकम्पपछि पुननिर्माण गरिने निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गराउन निर्देशन दिएको थियो ।

समितिको निर्देशनमा लेखिएको थियो– ‘भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै खाले निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिन्छ ।’

निजी आवासहरुको अनिवार्य बीमा गराउने प्रक्रिया अघि बढेको भएपनि सार्वजनिक संरचनाहरुको बीमा गराउने प्रक्रिया भने अझै सुरु भएको छैन् ।

Share News