धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा वोमी माइक्रोफाइनान्स

<p>काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । हालै धादिङ्ग उद्योग वाणिज्य संघ र नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा धादिङ्ग उद्योग वाणिज्य संघ, धादिङ्ग बेशीमा आयोजित साताैँ राष्ट्रिय कर दिवसको कर दाता शिक्षा कार्यक्रम तथा कर सप्ताह समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर [&hellip;]</p>

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । हालै धादिङ्ग उद्योग वाणिज्य संघ र नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा धादिङ्ग उद्योग वाणिज्य संघ, धादिङ्ग बेशीमा आयोजित साताैँ राष्ट्रिय कर दिवसको कर दाता शिक्षा कार्यक्रम तथा कर सप्ताह समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७३/७४ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लिखित गरिएको छ ।

यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण दुई पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी तीन आर्थिक वर्षमा धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको छ ।

संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । संस्थाको साताैँ वार्षिक साधारण सभा गत कार्तिक १७ गते सम्पन्न भएको छ । उक्त साधारण सभाले सेयरधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

Share News