ग्लोबल आईएमइ बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, स्ट्याण्डर्ड चाटर्डले कमायो ५८ करोड

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा ५२ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५२ दशमलब ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ७६ लाख पुर्याएको हो । जुन नाफा अघिल्लो आवको सोही अवधीमा कमाएको ३३ कराड ९६ लाख भन्दा १७ करोड ८० लाख रुपैंयाँले बढि हो । त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा ५२ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५२ दशमलब ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ७६ लाख पुर्याएको हो । जुन नाफा अघिल्लो आवको सोही अवधीमा कमाएको ३३ कराड ९६ लाख भन्दा १७ करोड ८० लाख रुपैंयाँले बढि हो ।

त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले पहिलो त्रैमासिकमा ५८ करोड ४५ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा ४७ करोड १२ लाख नाफा कमाउन सफल भएको थियो । दुबैं बैंकले एनएफआरएस लेखा प्रणाली अनुसार पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले पहिलो तीन महिनाको अन्त्यसम्म निक्षेपतर्फ ५ अर्ब ५ करोडले वृद्धि गर्दा कर्जा प्रवाहमा ८ अर्बले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जातर्फ तीन महिनाको अवधिमा बैंकले ०.६९ प्रतिशतले सुधार गरेको बैंकले आफ्नो रिजर्भ कोषको आकार ४ अर्ब ९० करोडबाट बढाएर ५ अर्ब ७३ करोड रुपैंया पुर्याएको छ ।

बैंकले पहिलो ३ महिनामा खुद ब्याज आम्दानी ५० प्रतिशत भन्दा बढीले वृद्धि गरी १ अर्ब २० करोड पुर्याएको छ ।

बैंकको कुल कोषको लागत ७.३२ प्रतिशत, आधार ब्याजदर १०.५९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.६४ प्रतिशत र पुँजी पर्याप्तता अनुपात ११.२७ प्रतिशत रहेको छ ।
उता स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप निरन्तर घट्दै गएको छ भने कर्जाको प्रवाहको आकार भने बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १७ अर्बले निक्षेप घट्दा कर्जा प्रवाह भने वृद्धि ८ अर्बले बढेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात २३.४४ प्रतिशत, निक्षेप कोषको लागत ४.८२ प्रतिशत र आधार ब्याजदर ८.१४ प्रतिशत रहेको छ ।

Share News