
एजेन्सी । बेलायतको संसदीय निर्वाचनमा आफ्नो डाटा दुरुपयोग गरेर चुनावी परिणाम प्रभाव पार्न सघाएको आरोपमा अमेरिकी संसदको कठघरामा उभ्याइएका सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई कार्यकारी प्रमुखबाट हटाउने सम्बन्धमा फेरि चर्चा सुरु भएको छ । अमेरिकी संसदीय निर्वाचनको क्रममा उनको बहिर्गमनको चर्चा उत्कर्षमा पुगेको हो ।
फेसबुकमा जुकवर्गको ६० प्रतिशत शेयर स्वामित्व छ भने बाँकी ४० प्रतिशत शेयर अन्य विभिन्न संस्थाहरुको नाममा छ । ४० प्रतिशत शेयर स्वामित्व भएका ती शेयरधनीहरु जुकरवर्गलाई हटाउन एकजुट भए पनि जुकरवर्ग भने उक्त पद छाड्न तयार छैनन् । गत अप्रिलमा अमेरिकी सिनेटमा उनले आफ्नो कम्पनी प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने विषयमा केही चुके पनि सो भुल सुधार अक्ष्यम्य नभएके र सो भूल सुधार गर्न आफू अग्रसर भएको बताएका थिए ।
तर अमेरिकी सिनेटको तल्लो सदनको निर्वाचनको समयमा उनको राजीनामाको विषयलाई चर्चामा ल्याइएको छ । विश्लेषकहरुले भने यो विषय चर्चामा आउँदा अमेरिकी निर्वाचनमा फेसबुकको दुरुपयोग रोक्न सकिने भन्दै सम्बन्धित पक्षले त्यसलाई चर्चामा ल्याएको दाबी गरेका छन् । उनीहरुका अनुसार जसरी सिनेटका नयाँ सदस्यहरु संसदमा प्रवेश गर्नेछन्, यो विषय सुस्ताउनेछ ।
त्यसो त पुँजीवादी अर्थव्यवस्थालाई अँगालेको अमेरिकी भूमिमा बहुमत शेयर स्वामित्व रहेको जुकरवर्गलाई हटाउन सजिलो भने छैन ।