उच्च व्याजदरमा ९ अर्ब २५ करोडको ऋणपत्र आउँदै, सेयर बजारमा नकारात्मक असर पर्न सक्ने

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमास नवित्दै चार वटा वाणिज्य बैंकले ९ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाएका छन् । निक्षेप परिचालनमा सकस भोग्दै आएका बैंकहरुबीच उच्च व्याजदरमा ऋणपत्र निष्काशनको लहर आएको छ । पछिल्लो पटक सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको जनाएको छ । “सनराइज [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमास नवित्दै चार वटा वाणिज्य बैंकले ९ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाएका छन् । निक्षेप परिचालनमा सकस भोग्दै आएका बैंकहरुबीच उच्च व्याजदरमा ऋणपत्र निष्काशनको लहर आएको छ ।

पछिल्लो पटक सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको जनाएको छ । “सनराइज डिबेञ्चर २०८०” नाम दिएको ऋणपत्र ५ वर्ष अवधिको हुने र त्यसको व्याज वार्षिक १० प्रतिशत हुने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशन गर्न बैंकले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ । बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट मार्फत बिक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकको २ अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्रबोर्डबाट स्वीकृति लिएको छ । तर हाल बैंकले ४० करोड रुपैयाँको मात्र ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता डिवेन्चर सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको छ भने उक्त ऋणपत्र बाँडफाँडपश्चात् बाँकी हुने ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ ।

‘१०५ सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र १० वर्ष अवधिको हुने र वार्षिक १० प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । यो ऋणपत्र कात्तिक ३० गतेदेखि खुला गरिएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकले पनि ऋणपत्र (डिवेन्चर) निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार इकाई निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन गर्न बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजमा एसबीएल डिबेञ्चर २०८२ रहेको छ । डिवेञ्चरको अवधि ७ वर्ष रहेको छ । बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बढी व्याजदरमा निक्षेप संकलन गरेकाे भन्दै अन्य बैंकबाट अालाेचना खेप्दै अाएकाे एनअाइसी एशिया बैंकले अरू बैंककाे भन्दा बढी व्याजदरमा बढी रकमकाे ऋणपत्र निष्काशन गर्दैछ ।

एनआईसी एशियाले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न लागेको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । ऋणपत्र निष्काशन गर्न बैंकले नेपाल एसबीआई मर्चेन्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकले प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागेको हो ।

६/६ महिनामा व्याज दिने गरी १० देखि ११ प्रतिशत व्याजदर तोकिएको ऋणपत्रले लगानीकर्तालाई राम्रो अवसर दिएको छ । तर विगत दुई वर्षदेखि मन्दी भोगिरहेको सेयर बजारलाई उच्च व्याजदरका ठूलो रकमका ऋणपत्रले थप नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।
ऋणपत्रलाई न्यून जोखिमयुक्त दीर्घकालीन लगानीको माध्यमको रुपमा लिइन्छ । दोस्रो बजारमा समेत कारोबार हुने उक्त ऋणपत्रको बजार मूल्यलाई कुपन ब्याजदर र प्रचलित ब्याजदरले प्रत्यक्ष रुपमा प्रभावित पार्छ ।

Share News