कैलाश विकास बैंकको नाफा ११ करोड ५७ लाख, निक्षेप र कर्जा विस्तारमा सन्तुलन हुँदा लगानी गर्ने क्षमता उच्च

<p>काठमाडौं । बैंकहरुले निक्षेप संकलन गर्न नसक्ने तर जथाभाबी कर्जा प्रवाह गर्ने गरेको आरोप राष्ट्र बैंककै अधिकारीहरुबाट आइरहेको बेला कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित व्यवसाय विस्तारको विवरण प्रस्तुत गरेको छ । समीक्षा अवधिमा बैंकले आफ्नो निक्षेपलाई २२ अर्ब ८६ करोडबाट बढाएर २४ अर्ब २५ करोड पुर्याउँदा कर्जा विस्तार भने २० अर्ब [&hellip;]</p>

काठमाडौं । बैंकहरुले निक्षेप संकलन गर्न नसक्ने तर जथाभाबी कर्जा प्रवाह गर्ने गरेको आरोप राष्ट्र बैंककै अधिकारीहरुबाट आइरहेको बेला कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित व्यवसाय विस्तारको विवरण प्रस्तुत गरेको छ ।

समीक्षा अवधिमा बैंकले आफ्नो निक्षेपलाई २२ अर्ब ८६ करोडबाट बढाएर २४ अर्ब २५ करोड पुर्याउँदा कर्जा विस्तार भने २० अर्ब १२ करोडबाट बढाएर २० अर्ब ९२ करोड पुर्याएको छ । बैंकले उक्त अवधिमा निक्षेप १ अर्ब ३९ करोडले बढाएको छ भने कर्जा विस्तार ८० करोडले गरेको छ । सामान्यतया कर्जा विस्तार निक्षेप विस्तारको ८० प्रतिशत भन्दा बढी हुन नहुने मान्यतालाई बैंकले आत्मसात गरेको देखिन्छ ।

सो अवधिमा बैंकले ११ करोड ५७ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ जुन प्रतिशेयर १८.०३ रुपैंया हो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १९ प्रतिशतले बढी हो । सो अवधिमा बैंकले २६ करोड ७० लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो बर्ष ०.९१ प्रतिशत रहेकोमा यो वर्ष सो दर घटेर ०.३० प्रतिशतमा आएको छ ।

रिपोर्टअनुसार बैंकको मूल्य आम्दानी अनुपात १२.९२ रुपैंया, प्रतिशेयर नेटवर्थ १४७.८७ रुपैंया र कर्जा निक्षेप अनुपात ७५.१४ प्रतिशत छ । अधिकांश बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक पुगेको अवस्थामा कैलाश विकास बैंकको यो अवस्था सबल हो, यसले बैंक अझै बजारमा ठूलो मात्रामा कर्जा लगानी गर्न सक्षम छ भन्ने देखाउँछ ।

Share News