सहयोगी विकास बैंकको नाफामा २२७ प्रतिशत बृद्धि, ३ महिनामा १ करोड २८ लाख

<p>काठमाडौं । सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा २२७ प्रतिशत बढाएको छ । गत असोजसम्म बैंकको खुद नाफा १ करोड २८ लाख रुपैयाँ छ । अघिल्लो आबको सोही अवधिमा बैंकको खुद घाटा १ करोड १ लाख रुपैयाँ रहेको थियो । बैंकले निष्क्रिय कर्जा घटाएर १.२३ प्रतिशतमा झारेको छ । गत बर्ष बैंकको [&hellip;]</p>

काठमाडौं । सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा २२७ प्रतिशत बढाएको छ । गत असोजसम्म बैंकको खुद नाफा १ करोड २८ लाख रुपैयाँ छ । अघिल्लो आबको सोही अवधिमा बैंकको खुद घाटा १ करोड १ लाख रुपैयाँ रहेको थियो ।

बैंकले निष्क्रिय कर्जा घटाएर १.२३ प्रतिशतमा झारेको छ । गत बर्ष बैंकको निष्क्रिय कर्जा २.५४ प्रतिशत रहेको थियो । प्रति सेयर आम्दानी १०.१२ रहेको छ । सीसीडी रेसियो ६८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

संस्थागत सुशासन र वित्तीय अनुशासन पालना र कर्मचारीहरुको प्रयासबाट नाफा बढाउन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले जानकारी दिए । बैंकको सबै आर्थिक सुचकांकहरु आगामी दिनमा अझ सुधार गर्दै बैंकले प्रगतिको ठूलो फड्को मार्ने र सेयर मूल्य राम्रो प्रतिफल दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत रिजालले व्यक्त गरेका छन् ।

बैंकको मूख्य कार्यालय जनकपुरमा छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी ११ स्थानमा शाखा विस्तार गरी सेवा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले थप ३ स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य बैंकले लिएको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकले हालसम्म ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको संचित कोषको आकार २३ करोड ६४ लाख रुपैयाँ छ ।

Share News