मध्य भोटेकोसीले १ अर्ब ४४ करोडको आईपीओ ल्याउँदै, ५० देखि १२०० कित्तासम्म भर्न पाइने

<p>काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले कात्तिक २८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारी सञ्चयकोषका [&hellip;]</p>

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले कात्तिक २८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत अर्थात १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले कर्मचारी सञ्चयकोषका संचयकर्तालाई १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता निष्कासन गर्न लागेको छ । जसअनुसार संचयकर्ताले आगामी कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको भोटेकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिप्रसाद काफलेले जानकारी दिए ।

त्यसैगरी, संगठित संस्थाका कर्मचारीलाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । संस्थाका कर्मचारीलाई आगामी मंसिर १८ गतेदेखि २६ गतेसम्म आवेदन भर्न पाउनेछन् ।लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम १२०० कित्तासम्म आवेदन दिने पाइने उनले बताए । उनका अनुसार आवेदनपत्र भोलि (बिहीबार) प्रकाशित हुनेछ ।

कोषका संचयकर्ताले न्युनतम् ५० वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने भएका छन् । संचय कोषका कर्मचारीले ५० लेखि बढीमा १ हजार २०० कित्तासम्म आवेदन दिन पाउने काफलेले जानकारी दिए ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने सीईओ काफलेले जानकारी दिए ।

कम्पनीले सिन्धुपाल्चोमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट आगामी २०७६ असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।

मध्यभोटेकोसीमा नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेड मुख्य लगानी छ । आयोजनामा विद्युत प्राधिकरणको १०, चिलिमेको ३७ प्रतिशत स्वामित्व छ । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, अरनिको हाइड्रोपावर कम्पनी लिमिटेड र सिन्धुभोटेकोसी हाइड्रो कम्पनी लिमिटेडको ३ प्रतिशत लगानी छ । ४९ प्रतिशत साधारण सेयरधनी र ५१ प्रतिशत संस्थापक सेयरधनीको स्वामित्व छ । संचय कोषका संचयकर्ताको १९.५, संस्थाका कर्मचारीको ३.५, सर्वसाधारणको १५ र आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई १० प्रतिशत सेयर छुट्टाईएको छ ।

Share News