१८ कम्पनीको ६ अर्ब १४ करोड बोनस सेयर दर्ता, (कसको कति सूचिसहित )

<p>काठमाडौं । साउनयता ३ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका गरी डेढ दर्जन कम्पनीको बोनस सेयर सुचिकृत भएका छन् । १८ कम्पनीको ६ अर्ब १४ करोड ७४ लाख रुपैयाँ सुचिकृत भएको छ । एक जलविद्युत बाहेक सबै बैंक तथा वित्तीय संस्था रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । (सूचिहेर्न यहाँ क्लिक गर्नुहोस) [&hellip;]</p>

काठमाडौं । साउनयता ३ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका गरी डेढ दर्जन कम्पनीको बोनस सेयर सुचिकृत भएका छन् । १८ कम्पनीको ६ अर्ब १४ करोड ७४ लाख रुपैयाँ सुचिकृत भएको छ । एक जलविद्युत बाहेक सबै बैंक तथा वित्तीय संस्था रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

(सूचिहेर्न यहाँ क्लिक गर्नुहोस)

सबैभन्दा बढी बोनस सेयर हिमालयन बैंकको छ । बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता रहेको छ । सबैभन्दा कम सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको छ । सुर्यौदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ ।

यस्तै बैंक अफ काठमाण्डु लिमिटेडको ८२ करोड ७५ लाख रुपैयाँ बराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर सुचिकृत भएको हो । मेगा बैंकको ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको ९९ लाख ८६ हजार कित्ता, सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता सेयर दर्ता भएको छ ।

देव विकास बैंकको २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ७० हजार कित्ता, कामना सेवा विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ बराबरको १३ लाख ४ हजार, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेन्चुरी कमर्शियल बैंकको ३८ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको बोर्डले जनाएको छ ।

गण्डकी विकास बैंकको ४४ करोड ५० लाख र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड १२ लाख रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको बोर्डले जानकारी दिएको छ ।

Share News