१५ रुपैयाँमा स्मार्ट लाइसेन्स छाप्ने जिम्मा मालिका इन्कर्पोरेटलाई, ४५ दिनमै ६ लाख कार्ड छापी सक्ने

<p>काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिएको छ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्ययले बताए । उपाध्ययका अनुसार ट्रायल परीक्षा उत्तीर्ण [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिएको छ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो ।

एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्ययले बताए । उपाध्ययका अनुसार ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो ।

पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए।

लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ । कार्ड विभागको मीनभवनस्थित कार्यालयमै छापिने छ ।

दुई महीनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आब्हान भइसकेको छ ।

Share News