सवारी लाइसेन्स् अनियमितता गर्ने कार्यालय प्रमुख सहित ९ जना कर्मचारी विरुद्ध भ्रष्ट्राचार मुद्दा

<p>काठमाडौं । यातायात व्यवस्था कार्यालय ९ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुबाट अनियमितता गरेको पुष्टी भएपछि मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरुमा तेजनारायण यादव, शाखा अधिकृत इश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम के।सी।, शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था कार्यालय ९ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुबाट अनियमितता गरेको पुष्टी भएपछि मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेहरुमा तेजनारायण यादव, शाखा अधिकृत इश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम के।सी।, शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति, ठूलोभर्यासङ्ग काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी रहेका छन् ।

सवारी चालक अनुमतिपत्र , बागमतिमा कार्यरत कर्मचारीहरु आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारले आरोप लगाएको छ ।

उनीहरु विरुद्ध भ्रष्टाचार ऐन अनुसार मुद्दा चल्नेछ ।

Share News