बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म १ अर्ब ५० करोडमा केवल कार बन्ने, २ वर्षभित्र सञ्चालनमा आउने

<p>काठमाडौं । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म ३ किलोमिटर लामो केवलकार बन्ने भएको छ । लुम्बिनी केवलकार कम्पनीले अायाेजना निर्माण सुरु गर्न लागेको हो । याे  वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ । केवलकारकाे अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । अाउँदाे २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा आउने छ [&hellip;]</p>

काठमाडौं । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म ३ किलोमिटर लामो केवलकार बन्ने भएको छ । लुम्बिनी केवलकार कम्पनीले अायाेजना निर्माण सुरु गर्न लागेको हो । याे  वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ ।

केवलकारकाे अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ छ । अाउँदाे २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा आउने छ । करिब ३ किलोमिटर लामो सो केबलकारको निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ ।

तिनाउ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले केबलकारको लागत खुलाउने बितिकै गाँउपालिकाबाट अायाेजना पारित हुने बताए । उनले केवलकार सञ्चालनका लागि कुनै समस्या नभएको जानकारी दिए ।

उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १५० जनाभन्दा बढीले रोजगारी प्राउने कम्पनीले जनाएको छ ।
केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको कम्पनी जानकारी दिएको छन् ।

देशभर विभिन्न स्थानमा झण्डै ३ दर्जन केवलकार निर्माण सुरु हुन लागेको छ । हालसम्म मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालनमा आइसकेका छन् । यस्तै केही महिनभित्र पोखराको फेवातालदेखि सराङकोटसम्म केवलकार सञ्चालनमा आउने भएकाे छ ।

Share News