साताको पहिलो दिनमा सेयर बजार १३ अंक घट्यो, नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

<p>काठमाडौं । साताको पहिलो दिन सेयर बजार १३ अंकले घटेको छ । अघिल्लो साता निरन्तर घटिरहेकोमा यो साता पनि बजार घट्ने संकेत देखिएको छ । आईतबार नेप्से परिसुचक घटेर १ हजार २१४ अंकमा सीमित भएको छ । उत्पादनमुलक बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । उत्पादन समूहको सामान्य वृद्धि भएको छ । आइतबार ४० [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन सेयर बजार १३ अंकले घटेको छ । अघिल्लो साता निरन्तर घटिरहेकोमा यो साता पनि बजार घट्ने संकेत देखिएको छ ।

आईतबार नेप्से परिसुचक घटेर १ हजार २१४ अंकमा सीमित भएको छ । उत्पादनमुलक बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । उत्पादन समूहको सामान्य वृद्धि भएको छ ।

आइतबार ४० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम पनि घट्दै गएको छ ।

बजार घटे पनि सबैभन्दा बढी सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाईफको प्रतिकित्ता ९३२ रुपैयाँमा २ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल लाइफ वित्तीय रुपमा मजवुत र राम्रो प्रतिफल दिने र सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् ।

Share News