१ अर्ब ६९ करोड चलखेल अरोप पुष्टी गर्न मन्त्री मातृका यादवको चुनौती

<p>काठमाडौं । उद्योग मन्त्री मातृका यादवले लेखा समितीको आरोपको खण्डन गरेका छन् । चिनीको आयत र भाउ बढाउन चलखेल भएको आरोप पुष्टी गर्न यादवले चुनौती दिएका हुन् । यादवले १ अर्ब ६९ करोड अनियमितता भएको भन्ने कुराको छानमिन गरिपाँउ भन्दै संघिय संसदको कार्यालयमा पत्राचार गरेका हुन् । समितिले बजार भाउ बढाउन चलखेल गरेको भन्दै प्रश्न [&hellip;]</p>

काठमाडौं । उद्योग मन्त्री मातृका यादवले लेखा समितीको आरोपको खण्डन गरेका छन् । चिनीको आयत र भाउ बढाउन चलखेल भएको आरोप पुष्टी गर्न यादवले चुनौती दिएका हुन् ।

यादवले १ अर्ब ६९ करोड अनियमितता भएको भन्ने कुराको छानमिन गरिपाँउ भन्दै संघिय संसदको कार्यालयमा पत्राचार गरेका हुन् । समितिले बजार भाउ बढाउन चलखेल गरेको भन्दै प्रश्न गरेपछि मन्त्रालयले प्रमाणित गर्न चुनौती दिएको हो ।

चिनीको भाउ नघट्ने

उद्योग मन्त्रालयले चिनीको भाउ नघट्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री कार्यालयबाट नै भाउ बढाउन आदेश आएकोले आफुहरुले चिनीको भाउ घटाउन नसक्ने बताएको हो । बिहिबार लेखा सार्वजनिक लेखा समितिले चिनीको भाउ ६३ रुपैंया कायम गर्न निर्देशन दिएको थियो । मन्त्रालयले भने ७० रुपैंया नै कायम हुने बताएको छ ।

Share News