
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सम्हालिन नसक्दा दुई अंकले गिरावट आएको छ । बिहीबार बजार १०.५६ अंकले घटेको छ । बुधबार पनि बजार सामान्य गिरावट आएको थियो । बिहीबार बजार १ हजार २६७ अंकमा झरेको छ ।
होटल र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य केही बढेपनि बैंक, वित्त, जलविद्युत, बीमा क्षेत्रको घटेको छ । बजार घटेपछि कारोबार रकम पनि घटेर ५७ करोड २६ लाख रुपैयाँमा झरेको छ । बुधबार ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।
बजार घटे पनि प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । प्रभुको प्रतिकित्ता २३९ रुपैयाँमा ४ करोड ६९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।