एक वर्षमा ४ अर्ब ३९ कराेडको काठ आयात

<p>काठमाडौं । नेपालमा वार्षिक ५ अर्ब रुपैयाँको काठ आयात हुने गरेको छ । एक समयमा हरियो वनको धनी नेपालले पछिल्लो समयमा विदेशबाट काठ आयात गर्न थालेको हो । नै प्रति गत आर्थिक वर्षमा ४ अर्ब ३९ करोड ८९ लाख ८४ हजार ९३ रुपैँयाको काठ आयात भएको निकासी व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार [&hellip;]</p>

मेलेसियन काठ

काठमाडौं । नेपालमा वार्षिक ५ अर्ब रुपैयाँको काठ आयात हुने गरेको छ । एक समयमा हरियो वनको धनी नेपालले पछिल्लो समयमा विदेशबाट काठ आयात गर्न थालेको हो । नै प्रति गत आर्थिक वर्षमा ४ अर्ब ३९ करोड ८९ लाख ८४ हजार ९३ रुपैँयाको काठ आयात भएको निकासी व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार तथ्याङक अनुसार २०७४/०७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य वस्तु आयात भएका छन् ।

गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान गरी १४ लाख ३३ हजार ८१७ किलो, ७ लाख ९१ हजार १०५ क्युफीट मिटर, ७६ करोड ६० लाख ६४ हजार ६६३ क्युफिट मिटर र २ हजार ३२६ वटा आयात भएको छ ।

नेपाल फर्निचर एसोसियसनका अध्यक्ष राजेश अग्रवालले भने ‘ काठको आपूर्ति व्यवस्था झण्झटिलो भएर जङ्गलमा काठ सडेर खेर जाने अवस्था छ ।’ व्यवसायीले काठ खरिद गर्दा नै महंगो मूल्य तिर्नुपर्ने मात्र हैन, खरिद प्रक्रिया नै झण्झटिलो तथा प्रक्रियामुखी भएको पनि उनले बताए ।

वन तथा भू–संरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेशका जङ्गलमा २०० देखि ५०० वर्ष पुराना सालका रुखहरु छन् । सालका रुखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो ।

Share News