जापान पठाइदिने भन्दै १ करोड ३१ लाख ठग्ने सबिन दनुवार पक्राउ

<p>काठमाडौं । जापानमा सरकारी कोटामा कृषी सम्बन्धी काम लगाइदिन्छु भन्दै १ करोड ३१ लाख ठगि गर्ने सबिन बहादुर दनुवार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले दनुवारलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सीआइबीका अनुसार दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालि को अध्यक्ष र संञ्चालक हुं भनी प्रति व्यक्ति ७ लाख देखी १२ लाख [&hellip;]</p>

काठमाडौं । जापानमा सरकारी कोटामा कृषी सम्बन्धी काम लगाइदिन्छु भन्दै १ करोड ३१ लाख ठगि गर्ने सबिन बहादुर दनुवार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले दनुवारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सीआइबीका अनुसार दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालि को अध्यक्ष र संञ्चालक हुं भनी प्रति व्यक्ति ७ लाख देखी १२ लाख सम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड, ३१ लाख ५० हजार रूपैया ठगी गरेका थिए ।

दनुवारलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाण्डौमा पठाइएको छ ।

यस्ता छन् अनुसन्धानबाट खुल्न आएका तथ्यहरू

१. विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको मुख्य काम सुरक्षा गार्डको तालीम दिनु रहेकोमा सो नामको कार्यालयबाट जापानमा कृषी सम्बन्धी काम आएको छ, भन्दै पीडितहरूलाई प्रलोभनमा पारेको ।

२. जापानमा प्रति महिना १ लाख २१ हजार ३३३ रूपैया तलब हुने भनी बताएको ।

३. चावहिलमा अवस्थित विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा।लि। मा रोजगारीमा जापान जानेहरूको लागि नेपाली तथा जापानी प्रशिक्षक समेत बोलाई जापानीज भाषा सिकाएको ।

४. पीडितहरूलाई विश्वास दिलाउन सविन प्रकाश दनुवारले आफ्नो सालो नाता पर्ने लालमणि दनुवारलाई समेत जापान पठाउन लागेको भनी जापानीज भाषा कक्षामा सहभागी गराउने गरेको ।

Share News