नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा ‘दिव्य’ को आगमन, पूँजी ७ करोड ७० लाख

<p>काठमाडौं । लघुवित्त वित्तीय संस्थाको रुपमा नयाँ दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड आएको छ । काभ्रेको भकुण्डेवेशीमा रहेको उक्त संस्थाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । उद्घाटन कार्यक्रममा उपस्थित सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् [&hellip;]</p>

काठमाडौं । लघुवित्त वित्तीय संस्थाको रुपमा नयाँ दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड आएको छ । काभ्रेको भकुण्डेवेशीमा रहेको उक्त संस्थाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उपस्थित सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना दिएका छन् ।

संस्थाका अध्यक्ष जीवन भट्टराईले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरुमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलिक सहज हुने बताएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४ साल कार्तिक ८ गते दर्ता भएको यस कम्पनीले नेपाल राष्ट्र बैंकबाट मिति २०७५ साल असार १९ गते वित्तीय कारोबार गर्ने ईजाजत पाएको हो । कम्पनीको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्ता पूँजी ७ करोड ७० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक र कैलाश विकास बैंकको ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक सेयर रहेको छ ।

Share News