धेरै निक्षेप बैंकमा राख्ने म्युचुअल फण्डलाई धितोपत्र बोर्डको स्पष्टीकरण

<p>काठमाडौं । मापदण्ड भन्दा धेरै रकम बैंक तथा वित्तिय संस्थामा निक्षेप राख्ने  म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । यी फण्डहरुले कुल योजनाको १० प्रतिशत भन्दा बढि रकम बैंकमा निक्षेप राखेका थिए । बोर्डले सिटिजन म्युचुअल फण्ड अन्तर्गतको सिटिजन म्युचुअल फण्ड–१ को योजना ब्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्डअन्तर्गतको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र [&hellip;]</p>

काठमाडौं । मापदण्ड भन्दा धेरै रकम बैंक तथा वित्तिय संस्थामा निक्षेप राख्ने  म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । यी फण्डहरुले कुल योजनाको १० प्रतिशत भन्दा बढि रकम बैंकमा निक्षेप राखेका थिए ।

बोर्डले सिटिजन म्युचुअल फण्ड अन्तर्गतको सिटिजन म्युचुअल फण्ड–१ को योजना ब्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्डअन्तर्गतको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड–१ को योजना व्यवस्थापक एनएमबी क्यापिटल, लक्ष्मी म्युचुअल फण्डअन्तर्गतको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड–१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र एनआइसी एसिया म्युचुअल फण्डअन्तर्गतको एनआइसी एसिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसी क्यापिटललाई स्पष्टीकरण सोधेको हो ।

Share News