काठमाडौं । नागरिक उड्यान संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले कर्मचारीलाई बोनस दिन नसकिने बताएका छन् ।नेपाल वायु सेवा निगमको ६० औं वार्षिक उत्सवमा सम्बोधन गर्दै कर्मचारीले आफ्नो कामबाट खुसी लिनु पर्ने बताए ।

निगमका कर्मचारीहरुले विगतका वर्षहरुमा जस्तै १५ दिनको तलब बराबरको बोनस रकम दिन नसक्ने उनले बताएका हुन् । ‘कामका लागि पैसा ठूलो कुरा होइन लेखेर राख्नुस् घाटामा रहेको संस्थानले कर्मचारीलाई बोनस दिन सक्दैन काम गरेर संस्थानलाई नाफामा लैजानुस् १५ दिनको होइन १ महिनाकै बोनस पाउनु हुन्छ,’ मन्त्री अधिकारीले भने ।
उनले निगमले अब अन्तर्राष्ट्रिय संस्थाहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको लागि सरकार सहयोग गर्न तयार रहेको बताए । निगममा रहेका १४ सय कर्मचारीको काम मुल्याङकन गर्न समेत अधिकारीले निगमका महाप्रबन्धक सुवत रत्न कंसकारलाई निर्देशन दिए ।
कार्यक्रममा महाप्रबन्धक कंसकारले सिगमलाई अब सरकारले हस्तक्षेप गर्नु पर्ने बताए । उनले पर्यटन विकासको जापानमा सरकारले हस्तक्षेप गरेको बताउँदै नेपालमा पनि विषेश योजना बनाएर पर्यटन विकास गर्नुपर्ने बताए । नेपालमा रहेको ३६ वटा संस्थानहरुमध्ये सबै भन्दा उत्कृष्ट बन्ने कंसकारले दाबी समेत गरे ।
निगमले २ वटा ३२०-३०० सिरिजको जहाजको ऋण मात्रै मासिक २० करोड नागरीक लगानीकोष र कर्मचारी संचय कोषलाई दिनु पर्नेछ ।