एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम सुरु

<p>काठमाडौं । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको हो । एक कर्मचारी एक फलफूलको बिरुवा रोपनका नामबाट प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले श्रीखण्डको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् [&hellip;]</p>

काठमाडौं । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको हो ।

एक कर्मचारी एक फलफूलको बिरुवा रोपनका नामबाट प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले श्रीखण्डको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले विश्व बातावरण दिवसका अवसरमा प्रधानमन्त्रीले एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रम शुभारम्भ गरेको भन्दै गृहमन्त्रालयले आफ्ना मातहतका कार्यालयहरूमा एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम गर्न निर्देशन दिएको बताए ।

वर्षभरीनै यो कार्यक्रम जारी रहने उनले बताए। सो अवसमा श्रीखण्ड, म्याङ्गोस्टिक, जामुना, कपुर, रुद्राक्ष, लिची, आँपजस्ता फलफूलका बिरुवा रोपिएको थियो । एक सय वटा बिरुवा आज प्रशासन परिसरमा रोपिएको हो । रासस

Share News