एफपीओमा लगानीकर्तालाई लोभ्याउँदै नेपाल बैंकले अघि सार्यो नाफा बढ्ने आधार

<p>काठमाडौं । थप निष्काशन(एफपीओ)को तयारीमा जुटेको नेपाल बैंकले आगामी आर्थिक बर्षहरुमा नाफा वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दै लगानी कर्तालाई लोभ्याउने प्रयास गरेको छ । बैंकले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षहरुमा नाफा बढ्दै जाने दावी गर्दै एफपीओमा लगानीकर्ताहरुलाई लोभ्याउने प्रयास गरेको हो । यतिबेला नेपाल बैंकले प्रतिकित्ता २८० रुपैंयामा एफपीओ निष्काशन गर्ने प्रस्ताव धितोपत्र [&hellip;]</p>

काठमाडौं । थप निष्काशन(एफपीओ)को तयारीमा जुटेको नेपाल बैंकले आगामी आर्थिक बर्षहरुमा नाफा वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दै लगानी कर्तालाई लोभ्याउने प्रयास गरेको छ । बैंकले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षहरुमा नाफा बढ्दै जाने दावी गर्दै एफपीओमा लगानीकर्ताहरुलाई लोभ्याउने प्रयास गरेको हो ।

यतिबेला नेपाल बैंकले प्रतिकित्ता २८० रुपैंयामा एफपीओ निष्काशन गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ । सेयर बजार ओरालो लागिरहेको अवस्थामा एफपीओ निष्काशनको तयारीमा जुटेको बैंकलाई एफपीओ नबिक्ने जोखिमले सताएको देखिन्छ ।

बैंकले एफपीओको बिक्रिबाट एक अर्ब ७६ करोड सेयर पूँजी र ३ अर्ब १६ करोड सञ्चित कोषमा रकम प्राप्त गर्नेछ । एफपीओ बिक्रिबाटै बैंकले ३२ प्रतिशत लाभांश दिन पुग्ने श्रोत जुटाउन सक्ने देखिन्छ ।

बैंकले राष्ट्रिय बीमा कम्पनीमा रहेको एक अर्ब मूल्य बराबरको सेयर बेच्ने, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, आरएमडीसी, नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थानहरुमा रहेका सेयरहरुको मूल्य समेत उच्च रहेकाले नाफा वृद्धि हुने बताएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले अब बैंकका लागि सुनौला दिनहरु आएको दावी गरेका थिए । बैंकको स्वामित्वमा अझै १५ अर्ब मूल्य बराबरको अचल सम्पति रहेको प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिए ।

त्यस्तै, पोखरास्थित फुलबारी होटलमा रहेको ७५ करोड ऋण र त्यसको ब्याज समेत उठाउँदा बैंक अझै बलियो हुने उनको दावी थियो ।
नेपाल बैंकले २५ वटा स्मार्ट शाखा सञ्जाल विस्तार गर्ने बताएको छ । आगामी अािर्थक बर्षदेखि लगानीकर्ताहरुलाई लाभांश समेत दिने शाहले दावी गरे ।

बैंकले निकट भविष्यमै १६० वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको र आगामी २ बर्षभित्र २ सय वटा शाखा विस्तार गर्ने लक्ष्य रहेको पनि शाहले जानकारी दिए । बैंकले हाल वित्तिय प्रणालीमा आविष्कार गरिएको सबै भन्दा नविन प्रबिधी उपयोग गरिरहेको दावी समेत गरेका थिए । बैंकले चालु आर्थिक बर्षमा आफ्नो नाफा ३ अर्ब पुर्याउने प्रक्षेपण गरेको थियो ।

Share News