अनुभवी उद्योगी लिएर अञ्जनले घोषणा गरे प्यानल, को–को बने उम्मेदवार ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् । गत फागुन २१ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा भएको हो । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गरेको हो । यस समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गरेका छन् । यी हुन् उम्मेदवार वस्तुगततर्फका उम्मेदवार शिवप्रसाद घिमिरे, उपाध्यक्ष सदस्यका उम्मेदवारहरूः नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी नेपाल दाना उत्पादक संघ– रबिन पुरी नेपाल कुचो संघ– राजकुमार कार्की नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ जुत्ता उत्पादक संघ– नानीराज घिमिरे नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम जिल्ला/नगरतर्फ उपाध्यक्षहरू १. दिलसुन्दर श्रेष्ठ २.कृष्णप्रसाद शर्मा सदस्यहरू १.कोशी प्रदेश– नवीन रिजाल २. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ ३. गण्डकी प्रदेश–नवराज सुवेदी ४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ एसोसिएट तर्फका उम्मेदवार प्रवलजंग पाण्डे, उपाध्यक्ष सदस्यहरू अविज्ञा मल्ल अम्बिका प्रसाद पौडेल बाबुकाजी कार्की हेमन्त गोल्छा इश्वर जीसी जुना माथेमा कृष्णलाल महर्जन निकोलश पाण्डे प्रियराज रेग्मी राजेश कुमार अग्रवाल ऋषी अग्रवाल चैनावाल आरएस भण्डारी शक्ति कुमार बेगानी सुशील थापा सुयस प्याकुरेल उज्वल कुमार श्रेष्ठ अर्को समूहले गत फागुन ११ गते टिम घोषणा गरेको थियो । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् । यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’
महासंघ निर्वाचन : दुई श्रेष्ठबीच सहमति प्रयास जारी, मतदान गर्ने समय थपियो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा पुगेका उम्मेदवारबीच सहमतिको प्रयास भइरहेको छ । दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमितका लागि प्रयास भइरहेको महासंघ स्रोतले बताएको छ । दुवै उम्मेदवारबीच सहमतिको प्रयास जारी रहेकाले मतदानको समय पनि धकेलिएको छ । बिहीबार २ बजे शुरु हुने भनिएको मतदान २ घण्टा समय थपेर ४ बजे पुर्याएको जनाएको छ । महासंघ स्रोतका अनुसार दुवै उम्मेदवारबीच सहमतिका लागि छलफल भएकाले मतदानको समय सारिएको हो । पहिलो चरणमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा रामचन्द्र संघई पहिलो चरणको रिङबाट आउट भएका छन् । अब महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः मतदानमा जानु परेको हो । यदि दुवै उम्मेद्धारबीच सहमति भएमा मतदान हुने छैन । पहिलो चरणमा अञ्जन श्रेष्ठले कूल ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठले ३१.५१ मत प्राप्त गरेका छन् ।
महासंघ निर्वाचन : रामचन्द्र संघईको हातमा पुग्यो चाबी, कसलाई गर्लान् सपोर्ट ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वरिष्ठ उपाध्यक्षको चाबी रामचन्द्र संघईको हातमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका संघई पहिलो चरणकाे रिङबाट आउटएपछि उनको हातमा चाबी रहेको बताइएको छ । पहिलो चरणमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई तेस्रो भएपछि आगामी महासंघको नेतृत्वका लागि दुई श्रेष्ठमध्ये कसलाई रोज्छन् भनेर माहोल गर्मागरम भएर अघि बढेको छ । महासंघको नेतृत्व गर्नका लागि मैदानमा उत्रिएका संघईको टिमबाट दुइवटा उपाध्यक्षमा जित हाँसिल गरेको छ । संघईको टिमबाट जिल्ला/नगर संघको उपाध्यक्षमा सुरकृष्ण बैद्य र एशोसिएट तर्फको उपाध्यक्षमा जोत्सना श्रेष्ठ विजयी भएका छन् । वस्तुगत संघको उपाध्यक्षमा उमेशलालको टिमबाट हेमराज ढकाल विजयी भएका छन् । दोस्रो चरणमा प्रवेश गरेका दुइ श्रेष्ठमध्ये संघईले कुनै एउटालाई सहयोग गर्याे भने त्यहि व्यक्ति महासंघको आगामी नेतृत्वका लागि पुग्ने महासंघका एक पूर्व अध्यक्ष बताउँछन् । संघईले कसलाई सहयोग गर्ने भनेर अहिलेसम्म नखुलेपनि यी दुई श्रेष्ठमध्ये एउटालाई सहयोग गर्न सक्ने उनको भनाइ छ । उनको टिमबाट उपाध्यक्ष बनेकाहरुलाई काम गर्न सहज होस् भनेर उम्मेदवारद्धय उमेशलाल र अञ्जनमध्ये कुनै एउटालाई वरिष्ठ उपाध्यक्षका लागि सहयोग गर्नै पर्ने उनले बताए । ‘महासंघकाको वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भनेर उपाध्यक्षको चाबि संघईजीको हातमा पुगेको छ, अब उहाँले अञ्जन र उमेशजीमध्ये एउटालाई रोज्नै पर्छ, रामचन्द्रजीको टिमबाट २ उपाध्यक्ष छन्, उहाँलाई कता सजिलो हुन्छ, त्यतै समर्थन गर्नुपर्छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः मतदान हुने भएको हो । बिहीबार बिहान सम्पन्न भएको पहिलो चरणको मतगणनामा वरिष्ठ उपाध्यक्ष पदका तीन उम्मेदवारहरुमध्ये पहिलो र दोस्रो हुनेबीच प्रतिस्पर्धा हुनेछ । जसमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । पहिलो चरणमा वस्तुगत संघतर्फ उमेशलाल श्रेष्ठले कूल सदरको ६९ मत अर्थात् ११.३१ प्रतिशत मत प्राप्त गरेका थिए । यस्तै, अञ्जन श्रेष्ठले ४१ मत अर्थात् ६.७२ प्रतिशत मत ल्याएका छन् । रामचन्द्र संघईले १२ मत अर्थात् १.९६ प्रतिशत ल्याएका थिए । यस्तै, जिल्लानगरमा कूल सदर मतको अञ्जन श्रेष्ठले ४७ मत अर्थात् २०.६१ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले २८ मत अर्थात् १२.२८ प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै, सरामचन्द्र संघई रिङ बाहिर भएपनि उनीसँग ३९ अर्थात् १७.१० मत प्राप्त गरेका थिए । एशोसिएटतर्फभने सबैभन्दा धेरै मत प्राप्त गरेका संघईसँग ६१३ मत अर्थात् ११.४० प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै, अञ्जन श्रेष्ठेले ५७३ अर्थात् १०.६६ प्रतिशत र उमेशलाल श्रेष्ठले ४२६ मत अर्थात् ७.९२ प्रतिशत मत प्राप्त गरेका छन् । जसअनुसार अञ्जन श्रेष्ठसँग कूल ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठसँग ३१.५१ मत रहेको छ । यता रामचन्द्र संघईसँग भने ३०.४६ प्रतिशत रहेको छ । दोस्रो चरणमा हुने निर्वाचनमा दुई श्रेष्ठले संघईको मतका लागि दौडधुप गर्नुपर्ने देखिन्छ । यसकारण संघई जहाँ खुले त्यहि ब्यक्ति विजयी बन्ने सम्भावना रहेको ती पूर्व अध्यक्ष बताउँछन् ।
महासंघ निर्वाचन : वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षमा उमेश अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सम्पन्न भएको छ । वस्तुगत संघमा वरिष्ठ उपाध्यक्ष पदका लागि १२३ मतमध्ये १२२ मत सदर भएको थियो । जसमध्ये सबैभन्दा धेरै उमेशलाल श्रेष्ठले सबैभन्दा धेरै मत ल्याएका छन् । कूल खसेको मतमध्ये अञ्जन श्रेष्ठले ४१ मत प्राप्त गरेका थिए । जसमध्ये उनको मतभार ६.७२ प्रतिशत रहेको छ । यस्तै, उमेशलाल श्रेष्ठले ६९ प्रतिशत मत प्राप्त गरेका थिए । उनको कूल सदर मतमध्ये ११.३१ प्रतिशत मतभार रहेको छ । त्यस्तै, रामचन्द्र संघईले १२ मत प्राप्त गरेका थिए । जसमा उनले ल्याएको मतको भार १.९६ प्रतिशत पाएका हुन् ।
महासंघ निर्वाचन : जिल्ला नगरतर्फबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा अन्जन श्रेष्ठ अगाडी देखिएका छन् । अन्जनले कुल ११७ मत गणना हुँदा ४७ मत ल्याएका छन् । यस्तै, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका छन् । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ३ वटा मत बदर आएको छ ।
महासंघ निर्वाचन : एसोशिएटतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकियो, ६१३ मत ल्याउँदै संघई अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा रामचन्द्र संघई अगाडी देखिएका छन् । संघाईले कुल १ हजार ६०० मत गणना हुँदा ६१३ मत ल्याएका छन् । यस्तै, अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छ । संघई अन्जनभन्दा ४० मतले अगाडी रहेका छन् भने उमेशभन्दा १८७ मतले अगाडी छन् । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षकाे निर्वाचनमा १८ वटा मत बदर आएकाे छ ।
महासंघ निर्वाचन : मतपत्रमा विवाद हुँदा रोकियो गणना
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।
महासंघ निर्वाचन : एक हजार मत गन्दा संघईको अग्रता कायमै
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा १ हजार मतगणना भइसक्दा पनि रामचन्द्र संघईको अग्रता कायम नै भइरहेको छ । एक हजार मतगणना हुँदा उनले ३९० मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २५८ मत ल्याएका छन् । संघाईले अञ्जनलाई ६८ मत र उमेशलाई १३२ मतले पछि पारेका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्यमा सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले पाएका छन् । थपलियाले १ हजार ४४० मत पाएका हुन् । यस्तै, दोस्रो धेरै मत मनोज पौडेलले पाएका छन् । पौडेलले १ हजार ३७३ मत पाएका छन् । एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । मतदाता संख्या १ हजार ७४८ रहेकोमा १ हजार ६५० मत खसेको थियो । एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् भनेजिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
महासंघ निर्वाचन : रामचन्द्र संघई देखिए अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । ५०० मत गन्दा उनले १७७ मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले १६३ र उमेशलाल श्रेष्ठले १५६ मत ल्याएका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइसकेको छ । सो क्रममा ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । ३०० मत गन्दा उनले ११३ मत ल्याएका छन् । यस्तै, दोस्रोमा रामचन्द्र संघाईले ९६ र अञ्जनकुमार श्रेष्ठले ९१ मत ल्याएका छन् । महासंघकाे नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : अञ्जनको अग्रता, उमेश र रामचन्द्रले पछ्याउँदै
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एक सय मत गणना हुँदा अञ्जनले ४०, उमेशले ३७ र राचन्द्रले २३ मत पाएका छन् । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ । अहिले एसोशिएट तर्फको मत गणना भइरहेको छ ।
महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षको मतगणना सुरु
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।
महासंघ निर्वाचन : यी हुन् जिल्ला नगरतर्फ विजयी हुने १८ उम्मेदवार
काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ नेतृत्वका लागि जिल्ला नगरतर्फका सदस्यहरुको पनि मत गणना सकिएको छ । १८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् । यसअघि वस्तुगत तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित पनि भइसकेका छन् । यी हुन् विजयी हुने १८ सदस्य
महासंघ निर्वाचन : मतगणनामा विवाद
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कमलादीको पञा प्रतिष्ठानमा भइरहेको मतगणना विवाद भएको छ । जिल्ला नगरतर्फ भइरहेको गणनामा विवाद हुँदा एकछिन मतगण्ना रोकिएको थियो । तर, पुनः मतगणना सुरु गर्ने तयारी भइरहेको छ । वस्तुगत तर्फको मत गणना भने सम्पन्न भइसकेको छ ।
महासंघ निर्वाचन : वस्तुगतको मतगणना सकियो, यी हुन् विजयी हुने उम्मेदवार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ तर्फको मतगणना सकिएको छ । १२३ मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो । जसमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । वस्तुगततर्फ १४ जना सदस्यहरु निर्वाचित हुने व्यवस्था अनुसार बढी मत ल्याउने १४ जना जियी भएका छन् । निर्वाचित भएका सदस्यहरमा ८ वटा उमेशलालको समूहबाट र ६ वटा अञ्जनको टीमबाट रहेका छन् । यी हुन् विजयी भएका १९ उम्मेदवार
महासंघ निर्वाचन : बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
महासंघ निर्वाचन : कर्णाली प्रदेशबाट बुढाले एक मतले जिते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी धनबहादुर रावत र कुल बहादुर बिकलाई पराजित गर्दै विजयी भएका हुन् । रावत र बिकले समान ३/३ मत ल्याए ।
महासंघ निर्वाचन : कोसी प्रदेशबाट नरेन्द्र खड्का विजयी
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोसी प्रदेशबाट नरेन्द्र खड्का विजवी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी टंक दुलाल र तारानाथ घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन् । घिमिरे र दुलालले समान ८/८ मत ल्याएका छन् ।
महासंघ निर्वाचन : मत गणना सुरु, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ बजे बसेको सर्व पक्षीय बैठकपछि अहिले मत गणना सुरु भएको हो । पहिलो चरणमा वस्तुगत संघ र जिल्ला नगरको मत गणना सुरु भएको हो । बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न भएको थियो । निर्वाचन समितिका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मतदाता रहेकोमा सबै मत खसेको थियो भने जिल्लारनगरतर्फ ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेको थियो । यस्तै, एशोसिएट तर्फ भने १ हजार १३२ मत खसेको थियो । एशोसिएटतर्फ १ हजार ७४८ मतदाता छन् । महासंघका वरिष्ठ उपाध्यक्षका लागि चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् भने वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुँदैछ । यस पटक तीनै जनाबीच कडा प्रतिस्पर्धा हुन सक्ने धेरैको अनुमान छ ।