केपी ओलीले गरे बजारमुखी अर्थतन्त्र र आर्थिक उदारीकरणको आलोचना

काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजारमुखी अर्थतन्त्र, उदारीकरण तथा खुल्ला समाज आर्थिक उन्नतिका लागि प्रमुख बाटो होइन भन्ने तथ्य पुटि भएको बताएका छन् । नेपाल उद्योग व्यवसायी महासङ्घको चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै देशलाई आर्थिक, सांस्कृतिक, वैचारिक दृष्टिले अगाडि बढाउने सोच नेकपा (एमाले) बाहेक अरुसँग नभएको बताए । नेपालमा पुष्पक विमान उडाउने मानिस विद्वान् हुने र सडकमा गाडी चलाउने मानिस ड्राइभर हुने समाजको मनोगत विचारका कारण देशको आर्थिक विकास नभएको उनको भनाइ थियो । नेपालको औद्योगिक क्षेत्रमा रहेको समस्या राष्ट्रिय समस्याका रुपमा रहेको चर्चा गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीले प्रगतिशील आर्थिक नीति अवलम्बन नगरेसम्म आर्थिक विकास असम्भव रहेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले नेपालमा २० लाख परिवार लघुवित्त पेसामा संलग्न रहेको उल्लेख गर्दै विदेशी बजारमा नेपालबाट बर्सेनी चार लाख श्रमिक बाहिरिने गरेको बताइ । महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रमका अन्य वक्ताहरुले नेपालमा औद्योगिक क्षेत्र राम्रोसँग सञ्चालन गर्न वार्षिक एक हजार ८०० मेगावाट विद्युत्को आवश्यकता रहेको तथा विशेष गरी फलाम, आल्मोनियम, सिमेन्टजस्ता उद्योगका लागि बिजुलीको आवश्यकता उच्च रहेको बताए । देशमा औद्योगिक विकास भए मात्र आन्तरिक तथा बाह्य बजारमा पनि नेपालको प्रवेश सुनिश्चित हुने भएकाले निश्चित समयसम्म राज्यले औद्योगिक उत्पादन वृद्धिका लागि लगानी गर्नुपर्छ र पूर्वाधारको विकासमा उच्च प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड थियो । रासस

काष्ठमण्डप डेभलपमेन्ट बैंकले २४ प्रतिशत लाभांश दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २६ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले सेयरधनीलाई २४ दशमलब ६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब २३ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । यस निर्णय अघि बैंकले २३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सो निर्णयलाई रद्द गरि बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस  र १ दशमलब २३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८३ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५०० रुपैयाँमा कारोबार भएको छ ।

युनाइटेड सिमेन्टद्धारा निर्माणकर्मीलाई भुकम्प प्रतिरोधात्मक निर्माण सम्वन्धी तालिम

काठमाडौं, २६ कात्तिक । यूनाइटेड सिमेन्ट्स उद्योगले निर्माणकर्मीलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक तालिम दिएको छ । उद्योगका अनुसार भूकम्पपछिको निर्माणलाई मजबुत बनाउने तथा गुणस्तरीय सामाग्री मात्रै प्रयोग गर्ने गराउने उद्देश्यले उक्त तालिम दिइएको हो । ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओ.पि.सी. सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ । “गुणस्तरिय निर्माण सामाग्री मात्र प्रयोग गरौ“ र मजबुत निर्माणमा जोड दिउ“” भन्ने नारा लिई अघि बढेको यस उद्योगले यस्तो किसिमको तालिम केही दिन अघि मात्रै भक्त्तपुरमा संचालन गरिसकेको छ । साथै, यस्ता किसिमका प्राविधिक तालिम अझै व्यापक रुपमा अन्य स्थानका निर्माणकर्मीलाई पनि प्रदान गर्दै जाने उद्योगको लक्ष्य रहेको छ ।

निर्माण सामाग्रीको उत्पादनकर्ता गोरखा इको प्यानललाई आइएसओ चिन्ह प्राप्त

काठमाडौं, २५ कात्तिक । नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रा.लिले आईएसओ ९००१स् २०१५ चिन्ह प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो । कम्पनीका अनुसार गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने वाहिरी गाह्रो र भित्री गाह्रो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधी समेत छ । इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग हुँंदै आएको छ । भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि ठाउँंठाउँंमा रहेको डिलर्समार्फत उपलव्ध छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ्ग, धनगढीमा यसका डिलर्सहरु रहेका छन् । गोरखा इको प्यानल दुई साइडमा ननएस्वेष्टस् क्याल्सियम सिल्केट वोर्ड र भित्र सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको एडिटिवको मिश्रणबाट निमार्ण हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । उनका अनुसार यसको जोडाईमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । त्यसैले यसको एस्थेटिक भ्यालू राम्रो हुन्छ । टंग एण्ड ग्रुभयुक्त प्यानलको जडान एडिसिभ सिमेन्ट र पियूफोमदारा गरिन्छ । यसको जडान मजबुद हुन्छ । यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतयि उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ । सीईओ दुवालका अनुसार यो उत्पादन गर्दा वातावरणलाई प्रतिकुल हुने कुनै पनि प्रकारको उर्जाको प्रयोग हुँंदैन । यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याब भन्दा गोरखा इको प्यानल गुणस्तरयुक्त र मजबुद रहेको कम्पनीको दावी छ । सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल वनाउन सफल भएको छ । प्रिफ्याव भन्नेवितिकै कमसल तथा अस्थायी संरचनामा मात्रै हो भन्ने आम मानिसको बुझाई छ । यो भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको बिभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ । वढ्दो मागलाई ध्यान दिंदै कम्पनीले निकट भविप्यमै देशका विभिन्न भागमा फयाक्टी विस्तार गर्ने योजना राखेको छ ।

ज्योति विकास बैंकको नाफा ४ करोड रुपैयाँ, गत वर्षभन्दा १५७ प्रतिशतले वृद्धि

काठमाडौं, २६ कात्तिक । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफामा ४ करोड ३५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १ सय ५७ दशमलव ०२ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले जगेडा कोषमा ३० करोड ७२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशलमव ५३ प्रतिशतले वृद्धि गरी ७ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ३० दशमलव ०३ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा १ सय २२ दशमलव ४९ प्रतिशतले बढेर ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ४९ दशमलव ३५ प्रतिशत वृद्धि गरी ३ करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको प्रोभिजनमा ३ करोड २ लाख रुपैयाँ राखिएको छ भने २७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २७ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा २ दशमलव १३ प्रतिशत र जोखिम युत्त सम्पत्ति १६ दशमलव ४३ प्रतिशत रहेको छ ।

प्रभु बैंकले ३ महिनामा २८ करोड कमायो, गत वर्षभन्दा ८ प्रतिशतले बढी

काठमाडौं, २६ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ८ प्रतिशतले बढी हो । तीन महिनामा कर र बोनस अघिको नाफा ५० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस बैंकको विजनेश साइजमा भने उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप ६५ अर्ब २९ करोड रुपैयाँ छ । कर्जा प्रवाह ५१ अर्ब ७४ करोड रुपैयाँ छ भने लगानी ७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको यस बैंकको संचित कोषमा ५५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ । गत तीन महिनामा बैंकको खराब कर्जा ८.३८ प्रतिशतबाट घटेर ७.५४ प्रतिशतमा झरेको छ । बैंकमा कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ भने क्यापिटल एडेक्वेशी १०.५१ प्रतिशत रहेको छ ।

स्वावलम्बन लघुवित्तले ५३ प्रतिशत लाभांश दिने, पूँजी ४१ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २५ कात्तिक । स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाइै ५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ दशमलब ६८४२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय बैंकको कात्तिक २४ गते बसेको २५८औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३१ करोड १९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ४१ करोड ८० लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब २ हजार ५७० रुपैयाँमा किनबेच भइरहेको छ ।

रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, पूँजी ६९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २४ कात्तिक । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको कात्तिक २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्दछ । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६९ करोड २१ लाख रुपैयाँ पुग्ने छ । बुधबार फाइनान्सको प्रतिकित्ता सेयर करिब ८४३ रुपैयाँमा किनबेच भइरहेको छ ।

साइन रेसुङगाको नाफा ४७ प्रतिशतले बढ्यो, तीन महिनाको नाफा ६ करोड

काठमाडौं, २४ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ७८ लाख रुपैंयाँ नाफा कमाएको छ ।यो नाफा गत आवको सोही अवधिको तुलनामा करीब ४७ प्रतिशतले बढेको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधिमा कमाएको भन्दा २ करोड १६ लाखले बढि हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४ करोड ६२ लाख नाफा कमाएको थियो । पहिलो तीन महिनामा साइन रेसुङगाले ९ अर्ब ५ करोड निक्षेप संकलन गरेर ८ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । एक अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको २६ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ । व्याज आम्दानीबाट मात्र १३ करोड रुपैयाँ कमाएको यो बैंकको निष्कृय कर्जा शून्य दशमलव २४ प्रतिशत रहेको छ । यो बैंकको सीडी रेसियो ७७ दशलवल १२ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी २४ रुपैयाँ रहेको यो बैंकको प्रति सेयर न्युनतम ४१७ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई जागिर खुलाउँदै, लोकसेवा आयोगले दियो स्विकृति

काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकाको व्यवस्थित विकासका लागि भन्दै गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई तत्कालै रोजगार दिने भएको छ । प्राधिकरणको कर्मचारी विनियमावलीलाई लोकसेवा आयोगले समेत स्विकृति दिइसकेको विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजलाई जानकारी दिए । ‘प्राधिकरणको कर्मचारी सम्बन्धी विनियमावलीलाई लोकसेवा आयोगले स्विकृति दिईसकेको छ, प्राधिकरणको भौतिक विकास समितिको आगामी बैठकबाट पारित गरेर आवेदन खुल्ला गर्छाै’, तिवारीले भने । उनले नयाँ कर्मचारी नियुक्तीसँगै प्राधिकरणले पुनर्जिवन प्राप्त गर्ने दावी गरे । ‘अहिले प्राधिकरणको कर्मचारी म एक्लै छु, बाँकी सबै कोहि काजका छन भने कोहि करारमा नियुक्त गरिएका छन्’, तिवारीले गुनासो पोखे । काज र करारका सिमित कर्मचारीका भरमा प्राधिकरणले सोचे जस्तो काम गर्न नसकेको पनि उनले बताए । ‘काज र करारका सिमित कर्मचारीका साथमा काम गरिरहेका थियौं, आफ्नै दरबन्दीमा कर्मचारी नियुक्त गरिएपछि कामको रफ्तार बढ्नेछ, उपत्यकाको विकास निर्माणले तिब्र गति पाउने छ’, तिवारीले भने । उनले कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी नियुक्त गरिने बताए ।‘कार्यालय सहयोगीदेखि इञ्जिनियर, आर्किटेक्ट, लेखापाल हुँदै सहसचिवसम्मको दरबन्दी पाएका छौं, सोही अनुसार नियुक्ती प्रक्रिया अघि बढ्छ’, तिवारीले सुनाए । हाल प्राधिकरणको विकास आयुक्तको कार्यालयका अवला काठमाडौं, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लाको सडक विस्तार तथा व्यवस्थित शहरीकरण र हरियाली प्रवद्र्धनमा काम गरिरहेको छ ।

फेवा विकास बैंकले २० प्रतिशत बोनस दिने, पूँजी एक अर्ब १९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २३ कात्तिक । फेवा विकास बैंकले सेयरधनीहरुलाई २० दशमलब ६० प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । बैंकको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ९९ करोड ४९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी एक अर्ब १९ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रतिकित्ता सेयर करिब ६३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मोवाइल लाइसेन्स नवीकरणको व्यवस्था स्पष्ट नहुँदा समस्या, टेलिकमको लाइसेन्स उधारोमै नवीकरण

काठमाडौं २३, कात्तिक । सरकारले दूरसञ्चार क्षेत्रको सबैभन्दा महँगो जीएसएम सेवाको लाइसेन्स नवीकरणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न नसक्दा अन्योल उत्पन्न भएको छ । दुई ठूला सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले दोस्रो पटक गर्नुपर्ने लाइसेन्स नवीकरणका सम्बन्धमा हालसम्म् कुनै नीतिगतव्यवस्था सरकारले गर्न सकेको छैन । नेपाल टेलिकमले पाएको लाइसेन्सको म्याद गत बैशाख अन्तिम साता नै सकिएको छ । सरकारले पछि शुल्क तय हुने अन्तिम सर्तमा नवीकरण गरेको छ । हालसम्म् सरकारले मोवाइल सेवाको दोस्रो पटक लाइसेन्सनवीकरण गर्नलाग्ने शुल्क कति हुने भन्ने सम्बन्धमा कुनै निर्धारण गरेको छैन । जीएसएम मोबाइलको लाइसेन्स लिएको समयदेखि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५ र५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । कारोबार दैनिकबाट ।

रेमिट्यान्स आप्रवाह वृद्धिदर करिब २१ प्रतिशतले घट्याे, अर्थतन्त्र गम्भिर समस्यामा पर्ने चिन्ता

नारायण पौडेल काठमाडौं, २२ कात्तिक । गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ दशमलब ५ प्रतिशतले बढेर १०७ अर्ब ६७ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो तर चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह जम्मा ६ दशमलब ६ प्रतिशतले मात्रै बढेर ११४ अर्ब ७४ करोड रूपैयाँमा खुम्चियो । गत आवको पहिलो २ महिना भन्दा चालु आवको सोही अवधिमा रेमिट्यान्स नेपाल भित्रिने क्रमको वृद्धिदर २० दशमलब ९ प्रतिशतले घटेको हो । रेमिट्यान्सको आप्रवाह निरन्तर वृद्धिदरकाे लाभ लिदै अाएकाे नेपालकाे अर्थतन्त्रले त्याे लाभ गुमाउन लागेकाे चिन्ता सबैतिर छाएकाे छ ।  केन्द्रिय बैंकदेखि रेमिट्यान्स सञ्चालक र व्यवस्थापक सबैले रेमिट्यान्स आप्रवाहको वर्तमान अवस्था जारी रहे अर्थतन्त्रमा बहुआयामिक जोखिम निम्तन सक्ने खतरा औल्याएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले रेमिट्यान्स आप्रवाहको वृद्धि न्युन हुँदा त्यसले सिंगो अर्थतन्त्रलाई नै नकारात्मक असर पार्ने भन्दै विकल्पको खोजीमा जुट्नुपर्ने बेला भएकाे बताए । ‘जीडिपीको ३० प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्सको आप्रवाह वृद्धिदर घट्दा शेधनान्तरमा असर गर्छ, मुलुकको चालु खातामै असर गर्छ’, केन्द्रीय बैंकका प्रवक्ता पौडेलले भने । चालु आवको पहिलो २ महिनासम्ममा चालु खाता ११ अर्ब १२ करोडले घाटामा रहेको छ भने सोधनान्तर ३ अर्ब ५० करोड रुपैंयाँले घाटामा रहेको छ । जबको गत आवको सोही अवधीमा चालु खाता ३८ अर्ब ४८ करोड र शोधनान्तर ३१ अर्ब ८८ करोडले बचतमा रहेको थियो । चन्द्रप्रसाद ढकाल प्रवक्ता पौडेलले यहि अवस्था निरन्तर रहेमा आगामी १० महिनापछि मुलुकको अर्थतन्त्र उच्च जोखिममा पुग्ने बताए । रेमिट्यान्सको आप्रवाह घट्दा मुलुकको वस्तु तथा सेवा खरिद गर्ने क्षमता घट्ने, जनताको क्रयशक्ति समेत घट्ने भएकाले समयमै सचेत हुनुपर्ने बताए । रेमिट्यान्स कम्पनी अार्इएमर्इ प्रा लिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि रेमिट्यान्स वृद्धिदर घटेकाले यसकाे नकारात्मक असर सामान्य नागरिककाे जनजीवनसम्म पुग्ने बताए । ‘अर्थतन्त्र रेमिट्यान्सले धानेको छ। रेमिट्यान्स घट्दा सर्बसाधारणा नेपालीका छोरीछोरीले राम्रो स्कुलमा पढ्ने अवसर गुम्न सक्छ, विरामी पर्दा राम्रो उपचार गराउन नसक्ने अवस्था अाउन सक्छ,  रेमिट्यान्स अायबाट राम्रो घर बनाउन याेजना सपना मात्र बन्न सक्छ’ ढकाल भन्छन् -‘यस्तै अवस्था लामाे समय रहे ग्रामिणा क्षेत्रमा चाउचाउ बिक्री समेट हुन छाेड्छ ।’ रेमिट्यान्स एसोसियसन अफ नेपालका सचिव सुमन पोखरेलले पनि रेमिट्यान्स आप्रवाहको वृद्धिदर घटेकाले अर्थतन्त्र जोखिमतर्फ अघि बढेको बताए । उनले रेमिट्यान्स घटेसँगै नेपालका ५० प्रतिशत घरधुरीको आम्दानी घट्ने बताए ।  रेमिट्यान्स वृद्धिदर घट्दा बैंकका तरलताको अभाव, लगानी याेग्य पुँजी कमी, बैंककाे व्याजदर वृद्धि, उत्पादन लागत वृद्धि जस्था अार्थिक समस्याका लक्षण देखापरेकाे उनकाे  विश्लेषण छ । के हुन सक्छ विकल्प सुमन पोखरेल राष्ट्र बैंकका प्रवक्ता पौडेलले घट्दो रेमिट्यान्स आप्रवाह वृद्धिदरको विकल्पका रुपमा विदेशी विनियम बढाउन निर्यात बढाउने, आयात घटाउने, लक्जरी समानको आयात कटौती गर्ने, वैदेशिक रोजगारीको सुरक्षित गन्तव्य खोज्ने, बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउने, विदेशी पर्यटकको नेपाली बसाई तथा खर्च बढाउने गरि बिशेष योजना बनाउनुपर्नेमा जोड दिए । चन्द्र ढकालले भने भारतबाट बैंकिङ च्यानल प्रयोग गरि पैसा पठाउन प्रोत्साहन गर्ने, दक्षिण कोरिया गएका नेपाली कामदारको पैसा बैकिङ च्यानलबाटै ल्याउने लगायतका काम गनुपर्ने बताउँछन् । ‘काेरियामा जाने नेपालीकाे संख्या बढेकाे छ, तर रेमिट्यान्स ज्यादै कम छ । भारतमा काम गर्ने नेपाली धेरै छन् तर रेमिट्यान्स उल्लेख्य मात्रामा अाएकाे देखिएकाे छैन’ उनी भन्छन्-‘यी बजारबाट प्रयाेग भएकाे हुण्डि काराेबारलार्इ विस्तापित गराउने र अाैपचारिक बाटाेकाे प्रयाेगलार्इ प्राेत्साहित गर्नुपर्छ ।’ रेमिट्यान्स वाहेक विदेशी मुद्रा अार्जन गर्ने मुख्य स्राेत निर्यात व्यापार ज्यादै कमजाेर छ भने पर्यटन सेवाकाे क्षेत्र पनि भूकम्प र नाकाबन्दी पछि उकासिन सकेकाे छैन । १०० रूपैयाँकाे अायात गर्दा ८ रूपैयाँकाे निर्यात गर्दै अाएकाे नेपालका लागि रेमिट्यान्स अायमा घट्दा शाेधनान्दर सन्तुलन कायम गर्न र विदेशी मुद्राकाे जाे गर्न सरकारलार्इ धेरै कठिन हुने देखिएकाे छ ।

माछापुच्छ्रे बैंकले २१ प्रतिशत लाभांश दिने, पूँजी ६ अर्ब ९५ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २२ कात्तिक । माछापुच्छ्रे बैंकले सेयरधनीलाई २१ दशमलब ०९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र १ दशमलब ०९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ६ अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ । सोमबार बैंकको प्रत्तिकित्ता सेयर करिब ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।

दक्षिण एसियाको आर्थिक एकीकरणका लागि आर्थिक वृद्धि र रोजगारी सिर्जनामा जोड

काठमाडौं, २२ कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताए । दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलन दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि बृहत् लगानी अपरिहार्य भएको बताए । उनले भने – “क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्दछ ।” दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक नीति नियममा एकरुपता कायम गर्नुपर्ने विचार व्यक्त गरेका छन् । दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उनले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । उनले भने – “क्षेत्रीय एकीकरणको यस्तो ढाँचा बनाऔँ जसले बजारलाई जोड्नुका साथै जनता–जनताबीचको सम्पर्क वृद्धिमा सघाउनेछ ।” स्पष्ट दृष्टिकोण र दृढ सामूहिक इच्छाबाट मात्रै क्षेत्रीय एकीकरण सम्भव हुने उनको भनाइ थियो । सेवा तथा व्यापारसम्बन्धी सार्क सम्झौताको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताउँदै मन्त्री महतले गैरभन्सार अवरोध हटाउँदै क्षेत्रीय बजार विस्तारमा जोड दिए । दक्षिण एसियाली राष्ट्रबीच सम्पर्क बढाउन हवाई सेवा सम्झौता पनि शीघ्रातिशीघ्र गर्न जरुरी भएको उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विदेशी लगानीकर्तालाई आकर्षक प्रोत्साहन तथा सुविधा दिएर नेपाल सरकारले प्रतिस्पर्धी तथा लगानी मैत्री वातावरण सिर्जना गरेको बताए । उनले दक्षिण एसियाली मुलुकमा प्रचुर प्राकृतिक सम्पदा तथा लगानीको सम्भावना रहेकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि गहन एकीकरण तथा सबैको आपसी सहयोग आवश्यक भएको बताए । कार्यक्रममा प्राडा विश्वम्भर प्याकुरेलले दक्षिण एसियामा स्वतन्त्र व्यापार सङ्घ, भन्सार सङ्घ, साझा बजार र आर्थिक सङ्घजस्ता क्षेत्रीय संयन्त्रले सही रुपमा काम गर्न नसकेकाले आर्थिक एकीकरणका मुद्दा सपना मात्र भएको टिप्पणी गरेका छन् । सेनीका संयोजक डा विष्णुदेव पन्तले क्षेत्रीय सहयोग, समझदारी र विकासका बृहत्तर चासोका विषयमा सुदृढ आर्थिक अनुसन्धान अघि बढाउन र अन्तरदेशीय सम्पर्क कायम गर्न सेनी प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा, गरिबी निवारण, सहरी योजनालगायत आर्थिक विषयमा सेनीले गर्दै आएका अनुसन्धानात्मक कार्यक्रमबारे पनि जानकारी दिएका छन् । विश्व विकास सञ्जालका अध्यक्ष डा पियरे ज्वाक्वइट कार्यक्रममा विश्व विकास सञ्जालका अध्यक्ष डा पियरे ज्वाक्वइटले दक्षिण एसियाली मुलुकको विकास नीतिलाई नयाँ तवरले तयार गरी प्रभावकारी अनुसन्धानमा ध्यान पुर्याउनुपर्ने बताए । ढाका विश्वविद्यालयका अर्थशास्त्री प्राडा वहिउद्दीन महमदले दक्षिण एसिलाली मुलुकमा औद्योगिकीकरण, आर्थिक स्थायित्व तथा वातावरणीय चुनौतीजस्ता समस्यासँग सामना गर्दै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा दक्षिण एसियाको आर्थिक एकीकरण, आर्थिक विकास तथा मानव संसाधन विकास, विश्व उत्पादन सञ्जाल तथा संरचना, व्यापारका अवरोध एवम् क्षेत्रीयकरणजस्ता विषयमा छलफल हुनेछ । रासस

गुर्जाको क्वार्ज ढुङ्गाखानी उत्खनन हुन सकेन, राज्यले गुमायो करोडौँ रुपैयाँ

म्याग्दी, २२ कात्तिक । पश्चिम म्याग्दीको अति विकट गाविस गुर्जामा रहेको अत्यन्त महँगो ‘क्वार्ज’ नामक ढुङ्गा खानी उत्खनन हुन नसक्दा राज्यले करोडौँ रुपैयाँ गुमाउनु परेको छ । घुर्मखोलाअन्तर्गत गुर्जा हिमालको फेदमा रहेको सो खानी प्रयोगमा ल्याउन राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो । क्वार्ज ढुङ्गाको बजारमा अत्यधिक माग भए पनि सरकारले यहाँको खानी उत्खनन गर्न कुनै चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । हिरा, मोतीलगायतका महँगा धातुमा प्रयोग हुने क्वार्ज ढुङ्गाखानी उत्खनन भए सयौँले रोजगारी पाउनुका साथै देशले पनि वार्षिक लाखौँ राजस्व प्राप्त गर्ने स्थानीयवासीको भनाइ रहेको छ । गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको स्थानीय अगुवा झकप्रसाद छन्त्यालले बताए । खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधि प्रयोग गरेर निकाल्ने प्रयास गरे पनि नसकेर फर्किएका थिए । क्वार्ज नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा यसलाई प्रदर्शनीमा राखिएको थियो । महोत्सवको आकर्षणका रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पु¥याइए पनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताए । केही वर्ष अगाडि तीन टन ढुङ्गा निकालेर बजारमा ल्याउने क्रममा प्रहरीले दरवाङमा व्यापारीलाई पक्राउ गरेर अदालतमा पेस गरेपछि उत्खननमा चासो देखाएकाहरू समेत पछाडि हटेका थिए । जिल्लाका विभिन्न गाविसमा तामा, स्टेल, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । प्राचीनकालमा खानी भएकै क्षेत्रमा छन्त्याल, दलितलगायतका जातजाति बसोबास गर्ने जङ्गल अहिले बस्तीमा परिणत भएको छ । रासस

सिद्धार्थ बैंकको नाफा १०९ प्रतिशतले बढ्यो, तीन महिनामा नाफा ३५ करोड

काठमाडौं २२, कात्तिक । सिद्धार्थ बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १०९ प्रतिशतले बढेको छ । यो बैंकले तीन महिनामै ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा गत वर्ष सोही अवधिको तुलनामा १७ करोड २० लाख रुपैयाँ थियो । बैंकको गत असोजसम्मको निक्षेप संकलन ७० अर्ब रुपैयाँ रहेको छ भने यसले बैंकको ऋण लगानी ५८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी ३ अर्ब ३७ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो बैंकको सीडी रेसियो ७८ दशमलव ३० प्रतिशत रहेको छ । खराव कर्जा १ दशमलव ५९ प्रतिशत रहेको यो बैंकको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा रहेको छ । यो बैंकको प्रतिसेयर ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबी बैंकको नाफा १४७ प्रतिशतले बढ्यो, तीन महिनामै ३५ करोड नाफा

काठमाडौं २२, कात्तिक । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले तीन महिनामै ३५ करोड ३६ लाख खुद नाफा गरेको छ । बैंकसँग सर्वसाधारणको कुल निक्षेप रकम ६५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो बैंकको गत वर्षको असोजसम्मा ५६ अर्ब ५५ करोड रुपैयाँ यस्तो निक्षेप थियो । यो बैंकले गत असोजसम्ममा ५६ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रहेको छ । यो बैंकको जगेडा कोषमा ४ अर्ब १९ करोड रुपैया रहेको छ । सीडी रेसियो ७५ दशमलव ४५ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १ दशमलव ८३ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी साढे ३१ रुपैयाँ भने बजारमा यसको प्रति कित्ता शेयर ८ सय १२ रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्लोबल आईएमई बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, तीन महिनामा साढे ४१ करोड नाफा

काठमाडौं, २२ कात्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । तीन महिनमा बैंकको सञ्चालन नाफा ५४ करोड ५३ लाख रुपैयाँ छ । यस बैंकले गत एक वर्षमा निक्षेप १७ अर्बले वृद्धि गरी ७९ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा १५ अर्बले वृद्धि गरी ६७ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै लगानी करिव ५ अर्ब वृद्धि गरी १७ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ । यस बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने संचित कोषमा १ अर्ब ९९ करोड रुपैयाँ छ । बैंकको पुँजी प्रयाप्तता ११.९५ प्रतिशत छ । बैंकको खराज कर्जा १दशमलव ७१ प्रतिशत छ । सिडी रेसियो करिव ७९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा भएको यस बैंकको सेयर प्रति कित्ता ५ रुपैयाँ भन्दा कममा कारोबार भईरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८२ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो ७७ करोड

काठमाडौं, २२ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८२ प्रतिशतले बढी हो । तीन महिनमा बैंकको सञ्चालन नाफा १ अर्ब १३ करोड रुपैयाँ छ । यस बैंकको विजनेश पनि ह्वात्तै बढेको छ । एक वर्षमा निक्षेप १७ अर्बले वृद्धि गरी १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा २० अर्बले वृद्धि गरी ९४ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै लगानी ८ अर्बले वृद्धि गरी २७ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको खराज कर्जा शुन्य दशमलव ७१ प्रतिशतमा झरेको छ । सिडी रेसियो ७८ प्रतिशत छ । बैंकको क्यापिटल एडेक्वेसी १३.९३ प्रतिशत छ । बैंकको चुक्ता पँुजी ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने संचित कोषमा ८ अबै ४० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ भएको यस बैंकको सेयर मूल्य प्रतिसेयर ८ रुपैयाँ भन्दा कममा कारोबार भईरहेको छ ।