बोटलर्स नेपालको नाफा ५३ करोड, बोटलर्स तराईले कमायो ३९ करोड
काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालले ५३ करोड नाफा कमाएको छ । काठमाडौं उपत्यकासहित पहाडी भेगका लागि कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपालले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा ४० करोड नाफा कमाएको थियो । बोटलर्स नेपालको प्रति सेयर आम्दानी २१० रुपैंयाँबाट बढेर २७३ रुपैंयाँ पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपाल(तराई)ले ३९ करोेड नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधीमा जम्मा २७ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बोटलर्स नेपाल(तराई)को प्रति सेयर आम्दानी ३२७ रुपैंयाँ रहेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब ८ करोड, बैंकले बढायो ३० प्रतिशतले नाफा
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७२ करोड ७३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैैंकले गत आवसम्ममा १ खर्ब ५३ अर्ब ५७ करोड रुपैयाँको निक्षेप संकलन गरेर १ अर्ब ६ अर्ब ४३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६४ दशमलव ७७ प्रतिशत रहेको छ । यो बैैंकको निष्किृया कर्जा २.३५ प्रतिशत रहेको छ ।
राष्ट्रिय बिमा कम्पनीको नाफा २३ करोड ७० लाख
काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा बढेको छ ।गत आवमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्ष कम्पनीले नाफा ८ करोड रुपैयाँ बढाएको छ । कम्पनीले गत असारसम्म ८४ करोड १२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ८६ करोड ८७ लाख रुपैयाँ आजर्न गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार गत असारसम्म १६ हजार ७६९ बिमालेख जारी गरेको छ । समीक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ दावी भूत्तानी गरेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट प्राप्त बोनस सेयर नेपाल धितोपत्र दर्ताको क्रममा रहेकाले यसपछि चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।
बाढीपीडितका लागि एक अर्ब निकासा, १ अर्ब १३ करोड मौज्दात
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको हो । कोषले तत्काल पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड दिने गरी १ अर्ब रुपैयाँ निकासा गरेको छ । सो रकम गृह मन्त्रालयमा रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ । बाढी प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयमातहत रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत पीडितलाई राहत वितरण गरिनेछ । नियमावलीअनुसार कोषमा जम्मा भएको रकम दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्न, राहत उपलब्ध गराई अस्थायी शिविर खडा गर्न, पीडितको भरणपोषण तथा जीवन निर्वाहका लागि प्रयोग गरिनेछ । नयाँ पत्रिका दैनिकबाट ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले मोरङका बाढीपीडितलाई एक लाख सहयोग गर्ने
काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले प्राकृतिक प्रकोपबाट पीडितकालागि राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । गत विहिबारदेखि अविरल वर्षका कारण आएको बाढीमा परेका मोरङ्ग जिल्लाका पीडित समुदायमा तत्काल राहत एक लाख एक हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ । बुधबार आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावतीले बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल)का राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदीलाई चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बीफु नेपालका महासचिव योगेन्द्र बहादुर सिंह, रावा बैंक कर्मचारी संघ नेपालका बरिष्ट उपाध्यक्ष भरत प्रसाद भट्टराई, उपाध्यक्ष तोया शर्मा ढुङगेल, महासचिव हेमराज सुवेदी लगायत रावा बैंक कर्मचारी संघ नेपालका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
बाढीपीडितका लागि प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट ५० करोड निकासा
काठमाडौं । सरकारले बाढीपीडितको उद्दार, राहत र क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले विपदका निम्ती सञ्चित रहेको प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट सो रकम निकासा गरेको हो । बुधबार बसेको प्रधानमन्त्री दैवी कोष उद्धार कोष सञ्चाल समितिको बैठकले गत विहिबारदेखि अविरल वर्षाका कारण आएको बाढीका कारण पीडित लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको मौज्दात रकम एक अर्ब मध्ये ५० करोड रुपैयाँ गृह मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा निकासा गर्ने निर्णय भएको छ । समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा विभिन्न वाणिज्य बैंकहरुमा रहेको ५० लाख भन्दा कम मौज्दात भएमा बैंकको खाता अन्यमा सारी यस्ता खाता बन्द गर्ने निर्णय गरेको छ ।
चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारवाही, कर्जा प्रवाह गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्था पालन नगर्ने बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न समेत नपाउने भनिएका छ । तर, राष्ट्र बैंकले लिएको यो नीति कागजी डकुमेन्ट भएकोले निक्षेप संकलन गर्न जाने ग्राहकलाई राष्ट्र बैंकले गरेको व्यवस्था बैंक तथा वित्तीय क्षेत्रले पालन गरे नगरेको सर्वसाधारण ग्राहकलाई थाहा हुँदैन। बैंकहरूले गरेको यो व्यवस्था भने फितलो देखिएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ जारी गर्दै तोकेको समयमा पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न समेत रोक लगाएको छ । बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा तथा विवरण गर्न रोक लगाउने भएको छ । बैंकले शाखा विस्तार गर्न समेत रोकलगाएको छ । राष्ट्र बैंकले गरेको व्यवस्था पुरा गरे/नगरेको विवरण निक्षेप कर्ता तथा कर्जा कर्जा लिन चाहने ग्राहक तथा सर्वसाधारणको जानकारी लागि सम्बन्धित बैंकको वेव साइटमा राख्नु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकले २०७३/७४ को वित्तीय विवरणमा प्रस्तावित वोनश सेयरलाई चुक्ता पुँजी गणना गर्ने भने छुट दिएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले आठ अर्ब, ‘ख’ वर्गका विकास बैंकले दुई अर्ब ५० करोड र ‘ग’ वर्गका राष्ट्रिय स्तर तथा चारदेखि १० जिल्ला कार्यषेत्र भएका वित्तीय कम्पनीले ८० करोड र एकदेखि तीन जिल्ले कार्यक्षेत्र भएका फाइनान्सहरूले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सूर्या लाइफले कमायो ९ करोड, प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ८ करोड ३९ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ३२ करोड ४६ लाख रहेको छ । भने जीवन बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । | यो बीमा कम्पनीले गत आवसम्ममा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्कमार्फत आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ८ हजार रहेको छ । यसको बोनस दर प्रति हजार रु ३५ देखि ७० रुपैयाँसम्म रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले कमायो २३ करोड
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ छ भने जीबन बीमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा ४ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ७५ हजार ९१ रहेको छ । यसको बोनस दर ६१ देखि ८० रुपैयाँसम्म छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४५ पैसा रहेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १७ करोड
काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बीमा कम्पनीको यस्तो नाफा अघिल्लो वर्ष १५ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ४२ करोड ६७ लाख छ । यसले जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ४० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको गत आवसम्मको कुल बीमा शुल्क आर्जन १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसले जारी गरेको विमालेखको संख्या १ लाख १३ हजार ९५८ रहेको छ । यसको नबीकरण भएको विमालेखको संख्या १ लाख १३ हजार छ । यो बीमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४७८ रुपैयाँ ६७ पैसा रहेको पनि उल्लेख छ ।
हिमालयन जनरल इन्स्योरेन्सले कमायो १३ करोड १९ लाख
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आवमा १३ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्ष १३ करोड ८ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ छ । यसको बीमा कोषमा ३३ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा बीमाशुल्कबाट आर्जन गरेको रकम १ अर्ब ३१ करोड रुपैयाँ छ । यसले यो अवधिसम्ममा ४४ हजार १३१ बीमालेख जारी गरेको थियो । यसको नबीकरण भएको बीमालेखको संख्या १६ हजार ४४ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा छ भने यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ १६ पैसा रहेको छ ।
नविल बैंकले १९० जनालाई जागिर दिने, नयाँ बैंकलाई आफ्ना कर्मचारी जोगाउन गाह्रो
काठमाडौं । नविल बैंकले १९० जनालाई रोजगारी दिन भर्ना खुला गरेको छ । बैंकले बुधबार ट्रेनी एसिस्टेनट र म्यानेजमेन्ट ट्रेनी तहमा नयाँ भर्ना खुलाएको हो । बैंकले ट्रेनी एसिस्टेन्टमा १८० र म्यानेन्जमेन्ट ट्रेनीमा १० जना मागेको छ । म्यानेजमेन्ट ट्रेनीमा छनौट हुनेले १ वर्षपछि अधिकृत हुने बैंकले जनाएको छ । यसका लागि व्यवस्थापन, तथ्याँकशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरका उत्तिर्णका साथै चाटर्ड एकाउन्टेन्ट, मान्यता प्राप्त एकाउन्टेन्टले पनि आवेदन दिन पाउने भएका छन् । २८ वर्ष भन्दा कम उमेर भएकाले आउदो अगष्ट ३० भित्र निवेदन दिन बैंकले भनेको छ । यस्तै ट्रेनी सहायकमा छनौट हुनेले २ वर्ष तालिम लिएपछि सहायकको रुपमा बैंकले नियुक्त गर्ने बैंकले जनाएको छ । यसका लागि स्नातक तह न्युनतम दोस्रो श्रेणीमा उत्र्तिण गरेको हुनुपर्ने छ । बढीमा २५ वर्ष सम्मकाले निवेदन दिन सक्ने छन् । अगष्ट ३० सम्म निवेदन दिनुपर्ने छ । नविल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेपछि नयाँ पुस्ताका बैंकलाई आफ्ना नयाँ कर्मचारी जोगाउन गाह्रो हुने भएको छ । नविल बैंकको ब्राण्ड इमेज राम्रो, सेवा सुविधा पनि बढी हुने र करिअर वृद्धि विकासको लागि पनि सहयोग पुग्ने भएकोले नयाँ पुस्ताका बैंकका कर्मचारीहरु भइरहेको जागिर छोडेर नविल बैंकमा जाने प्रवृति रहेको अनुभवी बैंकर्सहरु बताउँछन् । गत आर्थिक वर्ष ०७३/०७४ मा बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आर्थिक वर्ष ०७२/०७३ वर्षको तुलनामा २८.४२ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ८० करोड १४ लाख रुपैयाँले बढेको हो ।
एभरेष्ट इन्स्योरेन्सको नाफा ४ करोड, ६२ प्रतिशतले नाफा बढ्यो
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो । यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । यसको जगेका कोषमा ११ करोड ४८ लाख रुपैयाँ छ भने बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ छ । यसले गत आवसम्मको बीमा शुल्क २६ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । यसले १८ हजार ५५८ वटा विमालेख जारी गरेको छ । नबीरकण भएका विमालेखको संख्या २३६ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३८१ रुपैयाँ ५३ पैसा रहेको छ ।
लाइफ इन्स्योरेन्सले कमायो ११ करोड ६७ लाख
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यो बीमा कम्पनीले कुल बीमाशुल्कमार्फत ८ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ । यसको विमालेख संख्या ६ लाख ६८ हजार १३८ वटा रहेको छ । यसको घोषित मुनाफा दर (बोनस) ६१ देखि ७५ रुपैयाँसम्म छ । यसको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । यसले जीवन बीमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ राखेको छ भने जगेडा कोषमा २ अर्ब ६० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा छ । प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ५ पैसा रहेको पनि उल्लेख छ ।
मेटा लाईफको नाफा ५२ प्रतिशतले घट्यो, २२ करोड नाफा
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स मेटा लाइफको नाफा ५२ दशमलव ४३ प्रतिशतले घटेको छ । यो जीवन बीमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ । यसको नाफा अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा यो बीमा कम्पनीको नाफा ११ करोड ६६ लाख रुपैयाँले घटेको हो । यसको जीवन बीमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले कुल बीमा शुल्क आम्दानी ३ अर्ब ८ करोड रहेको छ । यसले ७ लाख ६७ हजार विमालेख जारी गरेको छ । यो बीमा कम्पनीले अन्तिम लेखा परीक्षण नभएको र सो पनि नाफा परिवर्तन हुन सक्ने बताएको छ ।
एनबी इन्सुरेन्सकाे नाफा १० करोड, ५ करोड ७३ लाखले रूपैयाँले बढायाे
काठमाडौ। निर्जीवन बीमा कम्पनी एन.बी इन्सुरेन्सले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष जम्मा ४ करोड नाफा गरेको थियो । यसले गरको नाफा अघिल्लो वर्षको तुलनामा १३१ प्रतिशतले बढी हो । गत वर्ष यो बीमा कम्पनले ५ करोड ७३ लाखले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष गरेको नाफा भन्दा पनि बढी नाफा यसले एकै वर्षमा बढाएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ छ । यसले बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ । यसले गत वर्ष बीमा शुल्कबाट मात्रै ३० करोड रुपैयाँ संकलन गरेको थियो । पुनर्विमा कमिशनबाट ६ करोढ ७७ लाख रुपैयाँ कमाएको थियो । यसको अभिकर्ता कमिशनमा १ करोड १५ लाख खर्च भएको छ । गत वर्षसम्मको कुल विमाशुल्क आर्जन भने ६९ करोड रुपैयाँ रहेको छ । यसको बिमालेखको संख्या ५६ हजार ११९ मात्रै छ । यस मध्ये नबीकरण भएका विमालेखको संख्या भने १७ सय ६४ वटा मात्रै छ । यसको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा छ । यसको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।
टुरिजम विकास बैंकले ६७ प्रतिशतले नाफा बढायो, बैंकले कमायो ३१ करोड
काठमाडौं । टुरिजम विकास बैंकले गत वर्ष ६७ दशमलव २१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ करोड ८२ लाख रुपैयाँ नाफा बढाएको छ । यसले गत वर्ष ३१ करोड ९१ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्ष १९ करोड रुपैयाँ रहेको थियो । यो बैैंकले गत असारमसान्तसम्ममा १२ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ८४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैैंकले चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यसको सीसीडी रेसियो ७४ दशमलव ५८ प्रतिशत छ । यो बैकले गरेको लगानी ५५ करोड १६ लाख रुपैयाँ छ । बैंकको संचिति कोषमा ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा शून्य दशमलव ७८ प्रतिशत छ । गत आवमा व्याज आम्दानीबाट १ अर्ब १९ करोड कमाएको छ भने खर्च ६१ करोड रुपैयाँ मात्रै छ । यो बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा छ भने बैंकको प्रति सेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा रहेको छ ।
टेलिकमले बढायो २९ प्रतिशतले नाफा, ३ अर्ब ३८ करोड नाफा बढाएर १५ अर्ब पुर्यायो
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ थियो । टेलिकमले गत वर्ष २९ दशमलव २४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यसले ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ नाफा बढाएर १५ अर्ब १ करोड रुपैयाँ पुराएको छ । टेलिकमले सेवा क्षेत्रबाट मात्रै ४० अर्ब रुपैयाँ आम्दानी गरेको छ । अन्य सेवबाट ४ अर्ब कमाएको पनि उल्लेख छ । यो कम्पनीले प्रति सेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा रहेको छ । यसको नेटवर्थ प्रति सेयर ६२० रुपैयाँ ४६ पैसा छ । भएकोले यसको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ देखिएको हो । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको वार्षिक कुल खर्च मात्रै २४ अर्ब रुपैयाँ रहेको छ ।
भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा, ल्याएपनि नल्याएपनि पैसा तिर्नेपर्ने
काठमाडौं । दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ । ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए । बिजुली प्रयोगमा ल्याएपनि र नल्याएपनि भारतलाई पैसा भने प्राधिकरणले तिरिरहनुपर्ने हुन्छ । टेक अर पे सर्त रहेकोले त्यहाँबाट विद्युत ल्यानैपर्ने बाध्यता रहेको छ । एक दिन ल्याउन नसके पनि १ करोड २० लाख रुपैयाँ घाटा हुने उल्लेख छ । नागरिक दैनिकबाट ।
वाणिज्य बैंकले २५ प्रतिशत प्राथमिक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रमा लगानी बढाउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे वाणिज्य बैंकले कुल कर्जाको २५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि यस क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान थियो । यो वर्ष यस्तो कर्जा ५ प्रतिशत बढेको छ । वाणिज्य बैंकले कृषिमा १०, जलविद्युतमा ५, पर्यटनमा ५ र निर्यातमुलक, साना तथा मझौला उद्योग, औषधी र सिमेन्ट र तयारीपोशाक उद्योगमा ६ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था गरिएको थिएन् । केन्द्रीय बैंकले विकास बैंक र वित्त कम्पनीले प्राथमिक क्षेत्रमा प्रवाह गर्नुपर्ने प्रतिशत क्रमश १५ र १० प्रतिशतलाई यथावत राखेको छ । नयाँ व्यवस्थाअनुसार कर्जा लगानी नभएको पाइए हर्जना लगाइने राष्ट्र बैंकले जनाएको छ ।