आईएनजीओ र एनजीओको कारोबारलाई पनि करको दायरामा ल्याउने
काठमाडौं । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले गैरसरकारी संस्था (आईएनजीओ र एनजीओ) को कारोबारमा कर लगाउन सुझाएका छन् । राजश्व चुहावट उच्चस्तरिय अनुगमन समितिको मंगलबार अर्थमन्त्रालयमा बसेको बैठकमा बोल्दै सचिव राइले नाफा नकमाउने रुपमा दर्ता भएका सबै गैरसरकारी संस्थाको कारोबारलाई आय करको दायरामा ल्याउन सुझाएका हुन् । उनले मदिरा बिक्री वितरणलाईै अझ व्यवस्थित बनाउन, आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) को चुहावट नियन्त्रण गर्न आजैदेखि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सो अवसरमा राजश्वसचिव शिशीरकुमार ढुङानाले अन्तशुल्कतर्फ नक्कली स्टीकरको थप अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याइने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयूक्त गस्ती टोलीलाई एकै स्थानमा लामो समयसम्म खटाउन नुहने बताएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडा र सचिव राजन खनालले पनि चुहावट नियन्त्रण गर्न निर्देशन दिएका थिए ।
१८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, क-कसले कति कमाए ?
काठमाडौं । मंगलबारको सेयर बजारमा विभिन्न १८ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सो मध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी तीन वटै कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत बढी कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७७०, प्रुडेन्सियल इन्स्योरेन्सको ८४७ र र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य १० हजार २९७ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशत कमाएका छन् । त्यसैगरी, डिप्रोक्स डेभलपमेन्ट बैंकको ९.९४, आरएसडीसी लघुवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ९.९३ र यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को ९.९१ प्रतिशतले सेयर मूल्य बढेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.८८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८५, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८३ र नेरुडे लघुवित्त विकास बैंकको ९.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, लघुवित्त लगानी तथा विकास बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा क्रमशः ९.४६, ९.३५, ९.१७ र ९.०८ प्रतिशत कमाएका छन् । कुल १६६ कम्पनीको कारोबार भएको थियो । सो मध्ये १३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने बाँकी कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी सहयोगी विकास बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।
रित्तिँदै राष्ट्र बैंक, एकै दिन ६७ कर्मचारी बाहिरिए, यो वर्षमात्रै १५१ ले अवकास पाउदै
काठमाडौं । राज्यको ढुकुटी सम्हाल्ने तथा बैंक तथा वित्तीय संस्था नियमन गर्ने नेपाल राष्ट्र बैंकबाट कर्मचारी रित्तिदैँ गएका छन् ।कर्मचारी नभएर केन्द्रिय बैंक रिक्तिनै लागेको प्रमाण हो एकै दिन ६७ जना कर्मचारीले अनिवार्य अवकास पाउनु हाे । अवकास पाउनु १ महिनाअघि बैशाख ४ गते मंगलबारदेखि नै ६७ जना कर्मचारी विदा वसेका छन् । उनीहरुले आउदो जेठ ४ गतैदेखि अनिवार्य अवकास पाउदैछन् । कार्यकारी निर्देशकदेखि सहायक निर्देशकले अवकास पाएका हुन् । ३० बर्षे सेवा अवधी वा उमेर हद ५८ बर्षका आधारमा यी कर्मचारीहरुले अनिवार्य अवकास पाएका हुन् । यसरी अवकास पाउनेमध्ये अधिकांश भने ३० बर्षे सेवा अवधीका कारण बाहिरिन बाध्य भएका हुन् । कर्मचारी व्यस्थापनमा लोकसेवा आयोग र सरकार दुबैले असहयोग गर्दा समस्या बढेको देखिन्छ । लोक सेवा आयोगले अहिले नयाँ व्यवस्था कार्यन्वयन गर्न नमिल्ने भनेपछि राष्ट्र बैंकबाट ठुलो संख्यामा कर्मचारीले अवकास पाउन लागेका हुन् । प्रत्येक शाखाबाट विभिन्न समयमा गरी एउटा शाखाबाट औसत ५ जना कर्मचारीले अवकास पाउने भएका छन् । यसअघि राष्ट्र बैंक व्यवस्थापनले ३० वर्षे प्रावधानलाई हटाएर ५८ वर्षे अवकास योजनमा लोक सेवाले अस्वीकार गरेपछि त्यत्तिकै टरेको छ । “पहिला नै कर्मचारीको अभाव थियो र प्रभावकारी रुपमा काम गर्न सकिएको थिएन, अहिले धेरैले अवकास पाउने भएपछि हाहाकार नै भएको छ” राष्ट्र बैंकका एक अधिकारीले भने “ अब जनसरोकारका अत्यावश्यक काम बाहेक अन्य काम गर्न नसकिने अवस्थामा पुगिएको छ ।” ती अधिकारीका अनुसार बैंक सुपरीवेक्षण, नियमन र विदेशी विनिमयको अनुगमन र सुरपरीवेक्षण जस्ता काम नहुने अवस्था आएको छ । कर्मचारीको अभावमा विदेशी विनिमय विभागले २ वर्षदेखि बैंकले गर्ने विदेशी मुद्रा कारोबारको अनुगमन गर्न सकेको छैन् । केन्द्रीय बैंकमा हाल १ हजार ७१ जना कर्मचारी कार्यरत छन् । राष्ट्र बैंकमा सेवा अवधी ३० बर्ष वा उमेर ५८ बर्ष मध्ये जुन पहिले हुन्छ सोही आधारमा अवकास हुने व्यवस्था छ । एक वर्षमा १५५ जनाले अवकास पाउने केन्द्रीय बैंकले जनाएको छ । रित्तपदपूर्ति गर्न बैंकले सहायक ९६, अधिकृत ४५ र १० जना कम्प्युटर अपरेटर मागेको छ । १५१ जनाको विज्ञापन गर्दा ५६ हजारको आवेदन परेको छ । कर्मचारीको लिखित परीक्षा र अन्तरवार्ता लोकसेवा आयोगले गर्नेछ ।
डलर र सुन कारोबारमा राष्ट्र बैंकलाई २७ अर्ब ६३ करोड घाटा, जोखिम व्यहोर्न हेजिङ फण्ड
काठमाडौं । विदेशी विनिमय र सुनको मूल्यमा भएको घटबढले नेपाल राष्ट्र बैंकले अर्बौ रकम गुमाएको छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले विदेशी मुद्रा र सुन कारोबारमा सामान्य घटबढ हुँदा मात्रै २७ अर्ब ६३ करोड रुपैयाँ गुमाएको हो । यसले बैंकको वित्तीय अवस्थामा ठुलो असर गरेको देखिन्छ । महालेखा परिक्षकको कार्यालयका अनुसार अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा २३ अर्ब ७५ करोड र सुनको मूल्यमा ४.०२ प्रतिशत गिरावट आउँदा ३ अर्ब ८८ करोड नोक्सान भएकोे छ । विदेशी मुद्रा र सुनको कारोबारमा भएको घटबढले राष्ट्र बैंकले अर्बो रुपैयाँ गुमाएको भन्दै महालेखाले यस्तो क्षति न्युनिकरण गर्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हेजिङ्ग फण्ड उपकरणको प्रयोग गर्न केन्द्रीय बैंकलाई सुझाएको छ । हेजिङ फण्ड उपकरण प्रयोग नगरे आगामी दिनमा थप दायित्व बढ्ने सुझाएको छ । यता विदेशी प्रवद्र्धंकसंग अमेरिकी डलरमा बिजुली खरिद (डलर पीपीए) गर्दा नेपाल विद्युत प्राधिकरणलाई अर्बो रुपैयाँ दायित्व थप भएको र आगामी दिनमा यसलाई व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले हेजिङ फण्ड स्थापनको प्रक्रिया अघि बढेको छ । हेजिङमा प्रवद्र्धक र विद्युत प्राधिकरणले जोखिम ब्योहर्ने गरी हेजिङ फण्ड स्थापनाको तयारी भइरहेको छ ।
सेयर बजार दोहोरो अंकले उकालो, ६ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको परिसूचक बजार बन्द हुँदा १७.४२ अंकले उकालो लागेर १२९७ अंकमा पुगेको छ । बजारमा परिसूचकका साथै सेयर कारोबारमा पनि वृद्धि भएको छ । बजारमा दिनभर १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको बजारमा विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी प्रुडेन्सियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । त्यसैगरी, बीमा समूह २९३ अंकले बढेको छ । त्यस्तै, अन्य र बैंकिङ समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् । बैंकिङ समूह ४.२८ अंकले बढेको छ भने अन्य समूह १.२१ अंकले घटेको छ ।
सरकारलाई सबैभन्दा बढी लाभांश बुझाउनेमा राष्ट्र बैंक र टेलिकम, दुई संस्थाले दिए १४ अर्ब २४ करोड
काठमाडौं । सरकारलाई सबैभन्दा बढी लाभांश बुझाउनेमा नेपाल राष्ट्र बैंक भएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सरकारलाई ७ अर्ब २५ करोड रुपैयाँ लाभांश बुझाएको छ । राष्ट्र बैंकपछि बढी लाभांश बुझाउनेमा नेपाल टेलिकम रहेको छ । टेलिकमले ६ अर्ब ९९ करोड ९२ लाख रुपैयाँ लाभांश सरकारलाई बुझाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । त्यसपछि र कृषि विकास बैंकले ३८ करोड ६२ लाख रुपैयाँ लाभांश बुझाएको महालेखाले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । सरकार स्वामित्वको १०८ संस्थानमध्ये १० संस्थाबाट १५ अर्ब ५ करोड ८५ लाख लाभांश प्राप्त भएको छ । बाँकी ९८ संस्थाबाट लाभांश प्राप्त भएको छैन । लगानीको तुलनामा प्रतिफल न्यून रहेको परिप्रेक्ष्यमा सरकारी संस्थानको दक्षता अभिवृद्धि हुनुपर्ने सुझाव महालेखाको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार सरकारले हालसम्म सार्वजनिक संस्थान लगायतका १०८ संस्थामा १ खर्ब ८१ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ शेयर लगानी छ । सरकारको .३३ अर्ब ४६ करोड २४ लाख शेयर लगानी भएका १२ सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७२÷०७३ मा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ नाफा प्राप्त गरे पनि सरकारलाई लाभांश घोषणा गरी बुझाएका छैनन् । लाभांश नबुझाउनेमा नेपाल नागरिक उडड्यन प्राधिकरण, एनआईडीसी डेभलपमेन्ट बैंक, नेपाल पावरवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान, हेटौडा सिमेन्ट उद्योग लिमिटेड, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, कृषि सामाग्री कम्पनी लिमिटेड, राष्ट्रि बिउँविजन कम्पनी लिमिटेड, गोरखापत्र संस्थान, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । अन्तर्राष्ट्यि संस्थामा गत वर्षसम्म ७ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ लगानी गरेकोमा यो वर्ष २ अर्ब ८३ करोड ३१ लाख थप गरी १० अर्ब २२ करोड ३० लाख रुपैयाँ पुगेको छ । सोमध्ये सार्क विकास कोषमा २ अर्ब ६८ करोड ८४ लाख, एसियाली विकास बैंक (एडीबी) ३६ करोड ९५ लाख, विश्व बैकमा २२ करोड ५० लाख र अन्तर्राष्ट्यि मुद्रा कोषमा ६ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ लगानी छ । यो कोषमा २०७३÷७४ मा २ अर्ब ८३ करोड ३१ लाख थप लगानी गरेको थियो ।
दुई फण्डको १६ करोड ५५ लाख इकाई नेप्सेमा सूचिकृत, हेरौँ कुन कुनको कति?
काठमाडौं । सोमबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुल १६ करोड ५५ लाख २० हजार इकाई सूचिकृत भएको छ । एकैदिन एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स म्यूचल फण्डको सो मात्राको इकाई नेप्सेमा थपिएको हो । यी दुई मध्ये एनआईसी एशिया ग्रोथको सबैभन्दा बढी इकाई थपिएको छ । यस ग्रोथको ८ करोड ३५ लाख २० हजार र सिटिजन्स म्यूचलको ८ करोड २० लाख इकाई नेप्सेमा थपिएको हो ।
एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्तालाई यस वर्षभरी छुटैछुट
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको सुविधा दिने भएको छ । यस वर्ष बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा/वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५ प्रतिशतदेखी ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ । २०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहकहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ । साथै, बैंकको वासलातको आकार १५६ अर्ब रुपैयाँ भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३४ अर्ब रुपैयाँ पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
भ्रष्ट र तस्करको लगानी भएको मिडियालाई म छोड्दिन–उद्योगमन्त्री यादव
काठमाडौं । सिंहदरबारमा आइतबार अनुगमन सम्बन्धि जानकारी गराउने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पत्रकार क्षेत्रमा पनि भ्रष्ट र तस्करहरुको लगानी रहेको भन्दै विगतदेखिनै त्यसको बिरुद्धमा रहेको बताए । उनले सो क्षेत्रको समेत अनुगमन गर्ने जानकारी दिए । पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरु रहेकोप्रति आफु जनाकार रहेको उनको भनाइ छ । ‘पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरुको पनि लगानी छ,’ उनले भने ‘त्यसको बिरुद्धमा म छु, उनीहरुकोप्रति पनि मेरो अनुगमन हुन्छ ।’
नारायणहिटी सङ्ग्रहालयमा अहिलेसम्म २७ लाख जनाले गरे अवलोकन, राजस्व मात्रै २३ करोड संकलन
काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका एक लाख ५५ हजार ५७६ र अन्य मुलुकबाट ६५ हजारले ३०८ अवलोकन गरेका छन् । यसबाट रु २३ करोड २४ लाख ५१ हजार ५०५ राजश्व संकलन भएको छ । टिकट बिक्रीबाट रु २३ करोड नौ लाख ६७ हजार ३०० र सवारी साधन पार्किङबाट रु १४ लाख ८४ हजार २०५ आम्दानी भएको सङ्ग्रहालयका सूचना अधिकारी अद्धैत श्रेष्ठले जानकारी दिए। “नेपाली विद्यार्थीलाई रु २०, नेपाली सर्वसाधारणलाई रु १००, चीनसहित सार्क मुलुकका दर्शकलाई रु २५० र अन्य मुलुकका दर्शकलाई रु ५०० लिँदै आएका छौँ”, उनले भने । चालू आर्थिक वर्षको चैत मसान्तसम्म मात्र दुई लाख ३५ हजार ५३४ दर्शकले सङ्ग्रहालय अवलोकन गरेकामा ८७ हजार ९१८ विद्यार्थी, एक लाख २८ हजार ६२ सर्वसाधारण, १३ हजार २१३ चीनसहित सार्क मुलुकका दर्शक र छ हजार ३४१ अन्य मुलुकका दर्शक रहेका छन् । यो वर्षमात्र रु २१ लाख तीन हजार ८३१ राजश्व संकलन भएको छ । यस्तै आठ हजार ३९२ सवारी पार्किङबाट रु एक लाख ३५ हजार ८७५ संकलन भएको छ । सङ्ग्रहालयले मोटरसाइकल पार्किङका लागि रु १०, कार र जिपका लागि रु २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि रु ५० दस्तुर लिदै आएको छ । मंगलबार र बुधबारबाहेक पाँच दिन सर्वसाधारणका लागि खुला गरिने सङ्ग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ । सङ्ग्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख रोहितकुमार ढुंगाना सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन सके दर्शकको संख्या वृद्धि हुने बताए । “विभिन्न कारणले दरबारभित्र रहेको श्रीपेचलगायतका सामग्री देखाउन सकिएको छैन, यस्ता वस्तुलाई समेत अवलोकनमा राख्न सके थप दर्शक भित्र्याउन सकिन्छ”, उनले भने । सङ्ग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । सङ्ग्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ । गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक एक हजारदेखि तीन हजार दर्शकलाई जाँच गरेर सङ्ग्रहालयको अवलोकनका लागि पठाउने गरेको बताउनुहुन्छ । “बिदाको दिनमा अलि धेरै दर्शक अवलोकनमा आउने गरेका छन्”, उनले भने ।-रासस
हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच लगानी सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसि) बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोकशम्शेर राणा र आइएफसिका तर्फबाट आवाशिय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार आइएफसिले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो । हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने छ ।
अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता, सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् । भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । उनले यो वर्षपनि एलआईसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् । भण्डारीलाई कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारी समेत दिएको छ । यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ । युवा अभिकर्ताको रुपमा परिचित भण्डारी केबल २८ वर्षका छन भने उनले नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् । बीमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए । ‘कम्पनीको कयौं शाखाहरु छन र सयौं बीमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,’ उनले भने । एक दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बीमा व्यवसायीहरुको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्य समेत रहेका छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताको लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढि प्रिमियम संकलन गर्नुपर्ने हुन्छ । नेपालमा थोरै मानिसहरुले मात्र हाल जीवन बीमा गरिरहेको हुँदा यसको संभावना अझै रहेको बताउँछन् । ‘हाल केबल १० प्रतिशत नेपालीले मात्र बीमा गरेको अनुमान छ यसलाई जनचेतनामुलक गतिबिधिले बढाउन सकिने हुँदा यसको संभावना अझै धेरै छ,’ भण्डारीले भने । आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यवसायीक गतिबिधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको श्री आनन्द उच्च मा.वि.का ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
सेयर कारोबारमा १ अर्ब ६ करोड पुँजीगत लाभकर छली, थप छानविन गर्न महालेखाको निर्देशन
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सेयर कारोबार हुदाको पुँजीगत लाभकर छली भएको भन्दै थप छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । महालेखाले गत वर्षको सेयर कारोबारबाट १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ लाभकर कम दाखिला भएको भन्दै थप छानविन गरेर असुल गर्न सरकारलाई भनेको हो । महालेखाले आर्थिक वर्ष ०७३÷०७४ मा बढी दावी गरेको लागत खर्च ५ अर्ब ३२ करोड ३० लाख र गत आव ०७३÷०७४ मा १० अर्ब २६ करोड ६७ लाख रुपैयाँ समेत जोड्दा १५ अर्ब ५८ करोड ९७ लाखको ५ प्रतिशतले हुन आउने ७७ करोड ९५ लाख रुपैयाँ छलि भएको देखाएको छ । यस्तै दुई आर्थिक वर्षको बोनस तथा हकप्रद सेयर बिक्रीमा ५ अर्ब ७४ करोड २ लाख ५ पप्रतिशतले हुन आउने २८ करोड ७० लाख रुपैयाँ लाभकर घटी असुल भएको महालेखाले आफनो प्रतिवेदनमा औल्याएको छ । यस्तो कारोबार विगतका वर्षमा पनि भएकाले थप छानविन गरी आय कर ऐनको दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टिको व्यवस्था हुनुपर्ने महालेखाले जनाएको छ । यस्तै आयकर ऐन बमोजिम धितोपत्र बोर्डमा सुचिकृत भएको निकायको हितको निसर्गबाट प्राप्त हुने लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । तर लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकपव्रद सेयरको अनुपतले समायोजन गरी बजार मूल्यको औसत गरेर कायम भएको आधारमा मूल्यको अंकमा खर्च छुट दिने मन्त्रिस्तरबाट निर्णय भएको छ । यो व्यवस्था पुँजीगत लाभकर निर्धारण गर्ने अर्को व्यवस्था भएसम्मका लागि भएको थियो ।
ओरेन्टल को–अपरेटिभका वचतकर्ता र अपार्टमेन्ट पीडितले पैसा फिर्ता पाउने, भुक्तानी लिन आजदेखि दावी पेश गर्नुपर्ने
काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडबाट पीडित भएका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले पैसा फिर्ता पाउने भएका छन् ।आफनो पैसा फिर्ता लिनका लागि वचतकर्ता र अपार्टमेन्ट पीडितले प्रमाणसहित आज आइतबारदेखि दावी पेश गर्नुपर्ने छ । ६ गतेसम्म दावी पेश गर्नेले मात्र रकम फिर्ता पाउने छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका वचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो । समितिको कार्यालयले बैशाख २ देखि ६ गतेसम्म सहकारीका वचतकर्ता र ओरेन्टल अपार्टमेन्ट खरिदका लागि रकम भुक्तानी गरेकालाई प्रमाणसहित माग दावी पेश गर्न भनेको छ । प्रमाणका आधारमा रकम पाउने समितिको कार्यलयले जनाएको छ । समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ । मागदावी पेश गर्दा आफुले वचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने समितिले जानकारी दिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ । गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो । समितिले ओरेन्टलको काठमाडौस्थित र देशभरी रहेका कार्यालयमा विभिन्न मितिमा जम्मा गरेको वचत रकम, संस्थाका तत्कालिन सञ्चालक सुधीर वस्नेत र सञ्चालकहरुबाट समेत सञ्चालित अपार्टमेन्ट बुकिङ गर्ने बुकिङकर्ता, सेयर सदस्य र साहु, संस्थाको विभिन्न परियोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र संस्थाले लिनुपर्ने रकम उठाउने भएको छ । अपार्टमेन्ट समस्यामा परेपछि डुबेको ओरेन्टलका तत्कालिन अध्यक्ष वस्नेत अहिले जेलमा छन् । सम्पत्ति र जायजेथा बिक्री गरेर वचतकर्ता र हाउजिङ बुकिङ गर्नेको रकम फिर्ता दिन लागेको हो । वस्नेतले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम डुवाएका छन् ।
यस्तो छ २०७५ सालको आर्थिक राशिफलः धनु, कर्कट र मकर राशिलाई यो वर्ष सेयर बजार नफाप्ने
ज्यो.प. नारायणप्रसाद दुलाल मेष: मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । व्यापार व्यवसायका निम्ति वर्षको पूर्वार्ध उत्तम फलदायी रहनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । सेयर बजारमा लगानी गर्नेहरूका लागि पनि निकै फाइदाजनक हुनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल पाईनेछ । वैदेशिक क्षेत्र शुभ फलदायी रहनेछ । मेसिनरी सामानको व्यवसायबाट बढी फाइदा मिल्नेछ । कार्तिक महिनाबाट आयमा स्थिरताका साथै स्वाथ्यमा प्रतिकूलता रहन सक्नेछ । यात्रामा सजगता अपनाउनु नै उत्तम हुनेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार,असोज, माघ र फाल्गुनमहिनामा अधिक लाभ मिल्नेछ । वृष वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ साल अर्थदायीनै रहनेछ । व्यापार वा व्यवसायिक दृष्टिले विशेष लाभ हुनेछ । कार्तिक महिनाबाट अझ बढी उत्तम फलदायी रहने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । फैन्सी क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । वस्त्रको कारोवारबाट विशेष सफलता मिल्नेछ । स्वास्थ्य तथा बीमाबाट भने नोक्सान हुनेछ । शनि अढैया वर्षभरि रहने भएकाले कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । वाहनबाट त्यति फाईदा नहोला । व्यवसायिक दृष्टिले असार पौष र आश्विन महिना कष्टदायी रहने छन् । भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् । मिथुन मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्य भागमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि समग्रमा अनुकूल नै रहनेछ । व्यावसायिक दृष्टिले यस वर्ष राम्रै प्रतिफल मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कर्म क्षेत्र सबल रहने भएकाले पदोन्नतिका अवसर पनि प्राप्त हुनेछ । घर जग्गाको कारोबारबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । सुखद् यात्राको योग पनि देखिन्छ । वैदेशिक लगानीका लागि समय राम्रो छ । तथा कृषि क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने केही उतारचढाव हुनेछ । आर्थिक दृष्टिले श्रावण, असार, कार्तिक, पौष , फाल्गुन र माघ महिना खर्चदायी हुनसक्छ । बैशाख, जेठ, भदौ र मसिर महिना उत्तम रहने छन् । कर्कट कर्कट राशि हुनेहरूकालागि यो वर्षआर्थिक दृष्टिले वर्षको पूर्वार्ध उन्नतिकारक रहनेछ । विद्या,बुद्धि र सन्तान सुख मिल्नेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । वर्षको उत्तरार्धमा खर्चमा वृद्धि हुनेछ । चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ र श्रावण, कार्तिक र फागुन महिना खर्चिलो रहने देखिन्छ । सिंह सिंह राशि हुनेहरूकालागि २०७५ सालमा आँटेको र ताकेको कार्याहरू पूराहुनेछ । यो बर्ष आर्थिक हिसावले निकै राम्रो एवम् सुखद् रहनेछ । छ । गरेको कार्यमा सफलता मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । मंगल कार्यको अवसर मिल्नेछ । बैंकिङ तथा वित्तिय क्षेत्रमा गरीएको लगानि मौलाउनेछ । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै वैदेशिक यात्राको योग पनि देखिन्छन् । तपाईको राशिबाट वर्ष भरिनै पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नी तथा चोरको भय रहनेछ ।वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ । कन्या कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभरअशुभ मिश्रीत फल मिल्नेछ । वर्षको पूर्वार्धमा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ ।आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म मानशिक चिन्ता बढाउनेछ । गरेको कार्यमा नोक्सानी वेहोर्नु पर्नेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ ।फाल्गुन २० बाट भौतिक सुख प्रदान गर्नेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई आत्मघाती कार्यगर्न पुगिएला सचेत रहनुहोला ।साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला । तुला तुला राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । नयाँ कार्यको योजनाले पूर्णता पाउनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । व्यापार व्यवसायको आर्थिक संकट नाश हुनेछ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरिएको लागानीबाट राम्रै प्रतिफल पईनेछ । वित्तिय संस्थाको लगानी फस्टाउनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । खाद्यान्नको लगानी फलदाई हुनेछ । तर वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले साउन, भदौ र पौष र महिना लाभदायी रहनेछन् भने कार्तिक, माघ र फागुन महिना अस्थीर रहने देखिन्छ । वृश्चिक वृश्चिक राशि हुनेहरूको लागि २०७५ सालको पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यापार व्यावसायबाट अपार एवम् चमत्कारी ढंगले सफलता मिल्नेछ । यो वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्ब हुने तथा चोट पटकको भय रहनेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ भने आषाढ, कार्तिक र चैत्र महिना खर्चिला रहनेछन् । धनु २०७५ साल धनु राशि भएका व्याक्तिहरूलाई शुभ र अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म धन, विद्या र बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि निकै फाइदाजनक देखिन्छ । आश्विन १९ गतेबाट खर्च बढ्नुका साथै विदेशीनु पर्नेछ । साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्तसमय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यकविविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथाकार्यमा ढिलासुस्ती हुनेछ । आर्थिक दृष्टिले जेठ, असोज,कार्तिक र फागुन महिना शुभ रहनेछन् । यसैगरी वैशाख, श्रावण र मंसिर महिना भने खर्चिला रहनेछन् । मकर २०७५ साल मकर राशि हुनेहरूका लागि मिश्रित फल लिएर आएको छ । आश्विन १८ गतेसम्म राज्य तथा समाजिक कार्यमा प्रगति हुनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर जग्गा तथा स्थायी सम्पतिबाट भने सफलता मिल्नेछ । फाग्गुन १९ गतेबाट खर्च भावमा जाने बृहस्पतिले मानसिक चिन्ता बढाउनेछ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनु होला । सेयर बजारबाट नोक्सानी नै वेहोर्नु पर्नेछ । वर्षभरिनै शनिको अढैयाको प्रभावले कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ । आर्थिक दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ छन् भनेवैशाख, श्रावण र पौष महिना खर्चिला रहनेछन् । कुम्भ कुम्भ राशि हुनेहरूका लागि २०७५ साल सानो प्रयासले ठूलो सफलता मिल्नेछ । उच्च पद प्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । व्यवसायिक सन्दर्भमा वैदेशिक यात्रा हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । नयाँ कार्यको थालनी हुनेछ, आर्थिक पक्ष सबल नै रहनेछ । घर, जग्गामा गरेको लगानीबाट चमत्कारी परिणाम आउन सक्छ । शेयर बजारको कारोवार मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनग्य फाईदा मिल्नेछ । वर्षको उत्तरार्धमा अनावस्यक खर्च र मानसिक चिन्ता बढ्नेछ । यान्त्रिक वस्तुका साथै अग्नि जन्य कुरा हानिकारक रहनेछन् । वैशाख साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज र माघ महिना कष्टदायी रहने देखिन्छ । मीन मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ सालमा मिश्रीत फल मिल्नेछ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा बैंकिङ कारोबारबाट अधिक फाइदा हुनेछ फेन्सी तथा सजावटिका व्यवासायिलाई मनग्य फाइदा हुनेछ । भूधन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै कीर्ति वृद्धिका योग देखिन्छन् । शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा शरीरमा आलस्य र मनमा निराशा छाउने छ । सवारी साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । जेठ महिनामा केही धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् भने असार, कार्तिक र फागुन महिना खर्चिलो रहनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल, सम्पर्क ९८४९५५९५०२)
स्पर्स लघुवित्तको फिल्ड कर्मचारीहरुलाई तालिम
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई ३ दिने फिल्ड व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त तालिमको उद्घाटन बुधवार संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गरेका थिए । फिल्डमा काम गर्दा आइपरेका समस्याहरु निराकरण गर्ने, फिल्ड कर्मचारीको लक्ष्य तथा प्रगती समिक्षा, विभिन्न शाखाको अनुभव आदानप्रदान तालिमको अबधिमा गरिएको जनाइएको छ । त्यस्तै फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने तथा विभिन्न जीवन वीमा कम्पनीका प्रतिनिधिहरुमार्फत जीवन वीमाको पोलिसीहरुको विक्री गर्न उत्प्रेरीत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाको भनाइ छ ।
सिटिजन्स बैंकले २४५ मा ४ लाख ६४ हजार कित्ता एफपीओ निष्कासन गर्ने, प्रिमियमबाट पाैने ७ कराेड कमाउँदै
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसारणका लागि थप निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४५ रुपैयाँ प्रिमियम थप गरी २४५ रुपैयाँमा एफपीओ निष्कासन गर्ने बैंकको डेपुटी सीईओ गणेशराज पोखरेलले जानकारी दिए । उनका अनुसार एफपीओबाट बैंकले कुल ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्नेछ । बैंकले प्रिमियम अाम्दानी मात्र ६ कराेड ७२ लाख रूपैयाँ अाम्दानी हुनेछ । संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको पोखरेलले जानकारी दिए । एफपीओलाई इक्रा नेपालले ३ रेटिङ गरेको छ । बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २ करोड रुपैयाँ नाघेको छ । एफपीओ निष्कासन प्रस्ताव यसअघिको वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो ।
३१५ व्यक्तिगत सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन
काठमाडौ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ) का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृहले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो । यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहे पनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् । बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पनि करीब ५०० सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् । उनीहरुमध्ये केहीलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरिराखिएको गुनासो आउने गरेको छ । सुरक्षाबाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको हो । दुवै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिवलगायतका घरमा सहयोगीका रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ । गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना, २०७४’ को बुँदा नं ७१मा सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसीमा तोकिएकामा त्यसलाई कार्यान्वयन गर्न त्यसअघि नै गृहले काम शुरु गरेको हो । रासस
सेयर कारोबार गर्न अब ब्रोकरकोमा जानु नपर्ने, घर र कार्यालयमा बसेर किनबेच गर्न सकिने
काठमाडौं । तपाई सेयर खरिदबिक्री गर्नका लागि ब्रोकर कार्यलय धाउनु परेको छ ? तपाईलाई ब्रोकर अफिसमा जान समय छैन ? अब चिन्ता नलिनुस तपाईले बैशाखदेखि नै घरमै बसेर सेयर कारोबार गर्न सक्नु हुनेछ । अब ब्रोकर कार्यलयले बैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन पाउने भएका छन् । नियामक धितोपत्र बोर्डले वैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । ब्रोकर कम्पनीले आफनो व्याकअफिसमा सुधार गरी अनलाइन कारोबार गर्न सकिने जानकारी दिएपछि बोर्डले यस्तो निर्देशन दिएको हो । यसबाट लगानीकर्ता ब्रोकर कार्यालयमा उपस्थित भएर सेयर कारोबारको अन्त्यभई घर वा कार्यालयबाट सेयर खरिदबिक्री गर्न सक्ने भएका छन् । लगानकर्तालाई झण्झट नहुने, सेयर कारोबार र अभिलेख अझ बढी प्रभावकारी, सहज, पारदर्शी र छिटो काम हुने बोर्डले जनाएको छ । यसले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गर्न लागेको अनलाईन सेयर कारोबारलाई आधार तयार गर्ने बोर्डको भनाई छ ।
बैंकहरु कर्जा विस्तारमा आक्रमक : निक्षेप संकलन भन्दा ९६ अर्ब बढी लगानी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप भन्दा झण्डै ९६ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्था कर्जा लगानीमा झनै आक्रमक हुदा बढेको हो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ८ महिनामा निक्षेप भन्दै ९५ अर्ब ६९ करोड रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । बैंकले आफनो स्रोत भन्दा बढी लगानी गरेको राष्ट्र बैंकको भनाई छ । क्षमता भन्दा बढी कर्जा विस्तार गरेपछि अहिले बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अुनपात (सीसीडी) ७८ माथि रहेको छ । अधिकाँश बैंक थप कर्जा लगानी गर्न नसक्ने अवस्थमा पुगेका छन् । लगानीयोग्य पुँजी नभएपछि बैंकले ८ देखि ११ प्रतिशत ब्याजमा निक्षेप उठाएका छन् । बढी ब्याजको योजना ल्याउदा पनि निक्षेप परिचालन सोचेअनुसार बढ्न सकेको छैन् । वार्षिक बिन्दुगत आधारमा गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १७.३ प्रतिशतले बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी ४ प्रतिशत बढी छ । फागुनसम्म बैंक तथा वित्ती संस्थाको निक्षेप बढेर २५ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानीमा पनि विस्तार भई २२ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत निक्षेपको अंश ३६.५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.० प्रतिशत छ । अघिल्लो वर्ष यस्तो निक्षेपको अंश ४८.४ प्रतिशत रहेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.९, विकास बैंकको २१.२ र वित्त कम्पनीहरुको ६.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ र १४.५ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६५.७ प्रतिशत बढेर ४२ अर्ब ३९ करोड वृद्धि भई१ खबै ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशत बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ८.८ तथा ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । रियल स्टेटकर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.३ प्रतिशतले बढेको छ । उत्पादनशील क्षेत्रतर्पफ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । फागुन मसान्तमा १२ अर्ब ९४ करोड रुपैयाँ प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । २०७४ फागुन मसान्तसम्ममा सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ५३२ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब ६१ करोड २८ लाख कर्जा बक्यौता छ । ३८ करोड २० लाख ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।