६ कम्पनीको एक करोड ७८ लाख कित्ता बोनस सूचिकृत, ४० लाख कित्ता एफपीओ पनि
काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ७८ लाख ६६ हजार ७११ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर थपिएको हो । साथै, बिहीबार मात्रै बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपीओ सूचिकृत भएको छ । बोनस सेयर सूचिकृत गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, माहुली सामुदायिक लघुवित्त संस्था, साल्ट ट्रेडिङ करपोरेसन, गुडविल फाइनान्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । धितोपत्र सूचिकृत गर्ने ७ कम्पनी:
साना लगानीकर्ता आत्तिएपछि सेयर बजारमा २९ अंकको गिरावट, बीमा समूह २३१ अंक तल
काठमाडौं । साना लगानीकर्ताहरु आत्तिएपछि बिहीबार पनि सेयर बजार भारी अंकले ओरालो लागेको छ । साे दिनकाे परिसूचक २९.२५ अंकले घटेर १३५७ अंकमा झरेको छ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पछिल्लो समय सेयर बजार कुनै कारण बिनै ह्वात्तै बढ्ने र घट्ने क्रम देखिएको र त्यस्तो क्रमले अस्वभाविक भएको पनि बताए । रौनियारले रिङरोड भित्र सेयर बजारलाई खुम्च्याउने प्रयास गरिएकाले पनि बजारमा परिपक्वता नदेखिएको आरोेप पनि लगाए । सो दिन बजारमा कारोबार भएका सबैसमूहको परिसूचक राताम्मे भएका छन् । त्यसमध्ये पनि बीमा समूह २३१ अंकले घटेको छ । त्यस्तै, होटल ४७, हाइड्रोपावर ४६ र माइक्रोफाइनान्स समूह ४३ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले झरेका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ७.५८ प्रतिशत गुमाएका छन् । त्यस्तै, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको ७.५५, बोटलर्स नेपाल(तराई)को ७.२६ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.९९ प्रतिशत कमाएका छन् । सो दिन राष्ट्रिय बीमा कम्पनीको २ करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । बिहीबार कुल १५९ कम्पनीको ६३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंकर्सले विदेशी वित्तीय संस्थाबाट भारुमा ऋण लिन मागे, अर्थमन्त्रीले भने-ल्याउन दिनुपर्छ
काठमाडौं । भारतीय रुपैयाँमा (भारु) विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाउने व्यवस्था गर्न बैंकर्सले माग गरेका छन् । अमेरिकी डलरमा ऋण लिदा महंगो पर्ने र जोखिम बढी भएको भन्दै बैंकर्सले भारुमा ऋण लिने पाउने व्यवस्था गर्न माग गरेका हुन् । “डलर भन्दा भारुमा ऋण लिदा ५ प्रतिशत भन्दा सस्तो पर्ने देखिएको छ,”नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले भने “डलरमा ऋण ल्याउदा लागत बढी र विनिमय जोखिमनै धेरै पर्ने भएकाले भारुमौ कर्जा लिने व्यवस्था गर्न आवश्यक छ ।” नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा ल्याउन खुला गरेपनि डलरबाट ल्याउन जोखिम व्योहर्न हेजिङ फण्ड आवश्यक पर्ने उनको भनाई छ । भारु र नेपाली रुपैयाँको स्थिर विनिमय दर भएकाले मुद्रा जोखिम नहुने उनको तर्क छ । भारुमा जोखिम नहुने र डलरको भन्दा ५ प्रतिशत सस्तोमा कर्जा पाउदा नेपालमा ब्याजदर पनि घट्ने उनको भनाई छ । “५ प्रतिशत खर्च वचत भयो भने नेपालीले सस्तो ब्याजमा कर्जा पाउने भएकाले भारुमा ऋण लिन पाउने व्यवस्था गर्न आवश्यक छ”उनले भने । नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा आयोजना गरेको पुर्वबजेट छलफलमा बैंकर्स संघको तर्फबाट आउदो बजेटका लागि सुझाव दिदै उनले यस्तो माग तेर्साएका हुने । सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय लगानीमा स्थापना भएका नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकलाई भारुमा ऋण ल्याउन भनि सकेको बताए । भारुमा ऋण लिदा सस्तो हुने उनको भनाई छ । “भारुमा ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले गर्ला” उनले भने । राष्ट्र बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न विदेशबाट पनि ऋण ल्याउन पाउने नीतिगत व्यवस्था गरेपछि एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सनराइज बैंकले स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । यस्तै अन्य बैंकले पनि ल्याउनका लागि तयारी थालेका छन् । राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरु विदेशबाट ऋण ल्याउन तातेका हुन् । यता मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि विदेशबाट ऋण ल्याउन प्रक्रिया सुरु गरेको बताएकी छिन् । उनले उनका अनुसार मेगाले पहिलो चरणमा विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ऋण लिने भएको छ । उनले विदेशबाट लिने ऋणको डलर जोखिम हुने भएकाले यसलाई न्युनिकरण गर्नका लागि हेजिङ फण्ड स्थापना गर्नुपर्ने बताइन् । डलरमा ऋण लिँदा जोखिम धेरै भएकाले यसको न्युनिकरण हुने गरी ऋण लिने तयारीमा रहेको छाैं, उनले भनिन् ।
बीपीसीले सहायक कम्पनीबाट पायो ५५ करोड १० लाख नगद लाभांश
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो । ३ कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो । यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको छ । बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले बढी हो । ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट ३ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो । चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद र सोही बराबर बोनस सेयर प्राप्त गरेको छ । परामर्शदाता हाइड्रो कन्सल्टले १ करोड १४ लाख खुदनाफा गरेकोमा बोनस र नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको छ । यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले ९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको छ । उ बाट बीपीसीले ३५ लाख नगद लाभांश र ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको छ । यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।
९ महिनामा जनता बैंकको नाफा ५७ करोड ५७ लाख, खराब कर्जा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जनता बैंकले नाफा बढाएको छ । गत चैतसम्म बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेपछि समग्र नाफामा बढेत्तरी आएको हो । गत चैतसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकको खराब कर्जा घटेर १.९५ प्रतिशतमा झरेको छ । गत पुसमा यस्तो कर्जा २.६५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ७.८७, निक्षेप र कर्जा अनुपात ७९, आधार ब्याजदर ११.६६, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । समीक्षा अवधिमा बैंकले ५४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
एनएमबी बैंकको नाफा बढेर १४१ करोड पुग्यो, प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ
काठमाडौं । एनएमबी बैंकले ३ महिनामा नाफा ४१ करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले यसको सरकात्मक प्रभाव नाफामा परेको बैंकले जनाएको छ । गत चैतमा बैंकले २ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ ब्याजबाट आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ३४ करोड ९६ लाख रुपैयाँ असुल गरेको छ । बैंकको निष्क्रिय कर्जा घटेर १.१० प्रतिशतमा झरेको छ । गत पुसमा १.२४ प्रतिशत थियो । यस्तै निक्षेप लागथत ७.४७, पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) रेसियो ७५.३३, आधार ब्याजदर १०.९२, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३.१६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । संचित कोष विस्तार भई ५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ८५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड, ३ महिनामा थपियो ५० करोड
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा ब्याज आम्दानी बढेपछि नाफामा सकरात्मक प्रभाव परेको जानकारी दिएको छ । चैतमा बैंकले २ अर्ब २३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले ४५ करोड ८० लाख रुपैयाँ निष्क्रिय कर्जा असुली गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य वृद्धि भई ०.२१ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा ०.१७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ३.८, आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । बैंकको संचित कोषको आकार बढेर ५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निक्षेप परिचालन ६ अर्ब रुपैयाँ घटेर बैंकले ६१ अर्ब रुपैयाँमा सीमित भएको छ । गत पुसमा निक्षेप परिचालन ६६ अर्ब रुपैयाँ थियो । यस्तै ४६ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ४२ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको थियो ।
महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टको साथ
काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टले साथ दिने भएको छ । महाविर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि सहकार्य गर्ने भएका छन् । पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिद्धारा महावीर पुनद्धारा किर्तीपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यको लागि वृज सिमेन्टद्धारा उत्पादित ओपिसि/पिपिसि सिमेन्ट उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको पुष्पतारा केडिया फाउन्डेशन, वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि तथा राष्ट्रिय आविष्कार केन्द्रबीच सम्पन्न भएको हो । अनुसन्धानकै कामलाई सघाउन राष्ट्रिय आविष्कार केन्द्रले एउटा ल्याब खोल्ने उद्देश्य लिएको छ । यसैका लागि केही समयमै टेन्डर आहवान गरिदै छ, करिब एक करोडको लागतमा बत्रे ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने कम्पनीले जनाउको छ । मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अधि बढीरहेको छ । जहाँ सृजनात्मक समान विचारधारा भएका व्यक्तित्वहरु भेला हुने र विभिन्न योजनाहरु पाइलट स्केलको रुपमा अध्ययन अनुसन्धान तथा प्रयोगहरु गर्न सकिने छ । त्यस्तै, कुनै योजना सफल भएमा यसलाई व्यापारिकरण गरिने तथा अध्ययन अनुसन्धानमा लाग्नेहरुलाई आर्थिक सहयोग गराई लगानी तथा बजारसम्म पुर्याउन मदत गरिने मेकर स्पेसको उद्देश्य हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन वृज सुपर प्रिमियम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसेडर समेत रहेका छन् । वृज सिमेन्ट पुन जस्ता देशका उर्जासँग हातेमालो गरि अगाडि बढिरहेको छ । वृज सिमेन्टको छनौटमा रहेका उर्जावान व्यक्तित्वहरु आगामी दिनमा समेत हातेमालोको यो शृङ्खला रही रहनेछ कम्पनीका प्रबन्ध र्निदेशक मनोज केडियाले बताए ।
राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ७ अर्ब ९० करोड, बिहीबार १० अर्ब बजारमा पठाउदै
काठमाडौं । बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ७ अर्ब ९० करोड रुपैयाँ मात्र उठाएका छन् । बैंकिङ प्रणालीमा तरलताको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार रिपो वित्तीय उपकरणमार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउदा ९ बैंकले मात्र सो रकम मात्र उठाएका हुन् । जसमा २ विकास बैंक र ७ वाणिज्य बैंक रहेका छन् । रिपोमार्फत केन्द्रीय बैंकले बिहीबार पुनः बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । रिपोको अवधि २ साताको हो । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।
बुधबारको बजारमा उतारचढाव, नेप्से ८ अंकले घट्दा ५६ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । बजार खुलेको केही समयमै ओरालो लागेको थियो । करिब एक घण्टाको अवधिमा बढेर १३९९ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा फेरि ओरालो लागेको छ । समग्रमा बुधबारको नेप्से परिसूचक ८.३९ अंकले घटेर १३८६ अंकमा झरेको छ । घटेर राताम्मे भएको बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह ५७ अंकले घटेको छ । त्यस्तै, अन्य समूहको सूचक सामान्य ०.७२ अंकले बढेका छन् । बजारमा कुल १६० कम्पनीको ५६ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६७ रुपैयाँ रहेको छ ।
कर नतिर्ने ११७ जना ठेकदारको नाम सार्वजनिक, बैंक खाता बन्द गरी सम्पत्ति लिलामी गर्दै राजस्व विभाग
काठमाडौं । लक्ष्यअनुसार राजश्व संकलन नभएपछि सरकार आक्रामक रुपमा प्रस्तुत हुदैं गएको छ । आन्तरिक राजश्व विभागले १२ करोड ५८ लाख कर नतिर्ने ११७ कम्पनी संचालकको नाम सार्वजनिक गरी कारबाहि प्रक्रिया अघि बढाएको छ । राजश्वको लक्ष्य पुरा नहुने अवस्था आएपछि सरकारले कर बक्यौताका लागि ताकेता थालेको हो । विभागले ११७ कम्पनीका १७३ जनाको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व कार्यलय धनगढीका कर अधिकृत कृष्ण बोहोराका अनुसार कर तिर्न अटेर गर्ने २४७ वटा कम्पनी छन् । जसमा २ लाख भन्दा बढी कर नतिर्ने ११७ कम्पनी रहेका छन्, बाँकी १३० कम्पनीले २ लाख भन्दा कम कर तिर्न बाँकी छ । यी कम्पनीहरुले कर तिर्न अटेर गरिरहेको कर अधिकृत बोहराले सुनाए । “२४७ वटै कम्पनीको बैंक खाता र कारोबार रोक्काको लागि राष्ट्र बैंकलाई चिठ्ठी लेखिसकेको छ, अचल सम्पती रोक्का गर्नका लागि मालपोत कार्यालयमा खबर गर्ने तयारी गरेका छौं,” अधिकृत बोहराले विकास न्युजसँग भने । सार्वजनिक गरिएका नामहरुमा आशिसकुमार शाहनी, गजेन्द्र स्वार, निर्मलदेव भट्ट, हरिमाया श्रेष्ठ, टोपबहादुर सिँह, हिमबहादुर रावल, रतनबहादुर थापा, हरिमाया श्रेष्ठ, गोपाल मैनाली, विष्णुबहादुर कवँर, रामबहादुर कुँबर, सिद्धार्थकुमार श्रेष्ठ, दावा शेर्पा, दिलबहादुर शेर्पा, नवराज जोशी, शैलेन्द्रप्रकाश सिँह, देवीकुमारी देउवा, रमेशबहादुर बम, सौरे खड्का, समसाद हुसेन, छत्रबहादुर हुसेन, विजय जोशी गजेन्द्र पाण्डे, सुरेश हमाल लगायत २४७ जना छन् । कर कार्यालयले २४७ वटा कम्पनीबाट १२ करोड ५८ लाख बक्यौता रकम उठाउन बाँकी छ । यो रकममा वार्षिक १५ प्रतिशतको दरले ब्याज बढ्दै जानेछ । २४७ वटै कम्पनीको संचालकलाई फोन तथा पत्र पठाउदा कुनै प्रतिक्रिया नआएपछि कारबाहि प्रक्रिया अघि बढेको विभागले जनाएको छ । बक्यौता आयकर नतिर्ने कम्पनीहरुलाई आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म अनुसार कारबाहि प्रक्रिया अघि बढ्नेछ । त्यस्तै मुल्य बृद्धिकर नतिर्नेमाथी मुल्य अभिबृद्धिकर ऐन २०५२ को दफा २१ मा उल्लेखित सबै प्रक्रिया अपनाई कारबाहि हुनेछ । विभागले कम्पनीहरुको बैंक खाता रोक्का गर्ने, कारोबार बन्द गर्ने, सार्वजनिक गरिएको व्यक्तिको नाममा रहेको चल अचल सम्पती कब्जा गरी लिलामी गर्ने, कम्पनीले अरुनै काम गरिरहेको भए सो को रकम सिधै जफत गर्ने लगायतको प्रक्रिया अघि बढाएको छ । अहिले विशेष गरी ठेकेदार कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धाबाट राजस्व तिर्न अटेर गर्नेको संख्यामा वृद्धि भएको कर अधिकारीहरु बताउछन् । ४० देखी ५० प्रतिशतसम्म कम मुल्याङकनमा ठेकेदार कम्पनीले काम जिम्मा लिने र काम सकिएपछि कम्पानीले घेरै फाइदा राख्न नसक्ने भएकाले आयकर र मुल्य अभिवृद्धि कर नतिर्ने गरेको अधिकारीहरु बताउँछन् ।
अब कर तिर्न चेक र नगद बोकेर कार्यालय वा बैंकमा धाउनु नपर्ने, घरमै बसेर भुक्तानी गर्न सकिने
काठमाडौं । के तपाईं सरकारलाई कर तिर्न चेक वा नगद बोकेर आफै बैंक र कर कार्यालय धाइरहनु भएको छ ? अब चिन्ता नलिनुस, विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ आफनै घर वा कार्यालयबाट सरकारलाई कर तिर्न सकिने भएको छ । अर्थ मन्त्रालयले पहिलो पाइलट योजनाको रुपमा करदाता सेवा कार्यालय ठमेलबाट १ लाख रुपैयाँ भन्दा कम राजश्व भुक्तानी घर वा कार्यालयबाट हुने गरी विद्युतीय सेवाको सुरु गरेको छ । अब कर तिर्न बैंकको चेक बोक्नु नपर्ने अवस्था आएको छ । सेवाको अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका हुन् । अर्थमन्त्रीमा नियुक्त भएकै दिन खतिवडाले विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने निर्णय गरेका थिए । उनको सोही निर्णय कार्यान्वयनमा आएको हो । आउदो साउनदेखि यो प्रणाली पुर्ण रुपमा लागु हुने अर्थ मन्त्रालयले जनाएको छ । कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले करदाताहरुको डिजिटल रेकर्ड तयार गरेर साउन महिना देखि देशै भरका राजश्व कार्यालयहरुबाट जतिसुकै रकम पनि विद्युतिय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन हुने पनि बताए । उनले कानुन तथा कार्यबिधीहरु संसोधन गरेर डिजिटल सिग्नेचर कार्यान्वयन तथा ठुलो रकम पनि विद्युतिय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था अघि बढाउने पनि बताए । अब सरकारलाई राजश्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रुपमा बैंकमा उपस्थित हुनु पर्दैन । करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोवाइलबाट सिधै सरकारलाई राजश्व भुक्तानी गर्न सक्ने छन् । यो व्यवस्था लागु भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ । अब चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन र आफनो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ । विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेशिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
गरिमा विकास बैंकको नाफा २८ करोड १५ लाख
काठमाडौं । गरिमा विकास बैंकले ३ महिनामा १० करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले गत चैतसम्म २८ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको चैतमा बैंकले २४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत चैतसम्म बैंकले ६९ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी गत पुसमा ४३ करोड ७९ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले ब्याज आम्दानी मात्रै ३० करोड रुपैयाँ बढाएको छ । पुसको तुलनामा बैंकको निष्क्रिय कर्जा बढेर ०.७८ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा ०.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ८.७५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.९३, आधार ब्याजदर १२.१७ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत छ । बैंकको संचित कोष बढेर ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा बैंकले १८ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
९ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा २६ करोड ६२ लाख
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले ३ महिनामा खुदनाफा ११ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म २६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १५ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । ब्याज आम्दानी बढेपछि यसको सकरात्मक प्रभाव नाफामा परेको हो । बैंकले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रहेको जानकारी दिएको छ । चालु आवको ९ महिनामा बैंकले ५३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ब्याज आम्दानी ३२ करोड २८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८२ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ९.२२, सीडी रेसियो ७६.६२, आधार ब्याजदर १२.२० र स्प्रेड दर ४.५५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले १९ अर्ब १४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा, ३ महिनामा बढायो १०० करोड
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुदनाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले समीक्षा अवधिमा लोभलाग्दो प्रगति गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै दोब्बर बढाएर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी २ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ थियो । ब्याज आम्दानी झण्डै १०० प्रतिशत बढेपछि नाफामा वृद्धि भएको हो । बैंकले बुधबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । ३ महिनामा बैंकले निष्क्रिय कर्जा घटाएर ०.७६ प्रतिशतमा झारेको छ । गत पुसमा बैंकको यस्तौ कर्जा १.१२ प्रतिशत थियो । निक्षेप र कर्जा अनुपात (सीडी रेसियो) ७८, निक्षेप लागत ६.३५, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२८ प्रतिशत छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६० पैसा छ । बैंकले ९ महिनामा १ खर्ब ३० अर्ब १९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ । बैंकको संचित कोष विस्तार भई १० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
भलबारीले लागू गर्याे तेल बोक्ने ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली
काठमाडौं । नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा मंगलबारबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो । निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको शुरुआत गरिएको थियो । बैतालपुरबाट सुरक्षात्मक लकिङ सिस्टम लागू गरी आएका ट्यांकरको तोला खोलेर उक्त प्रणालीको शुरुआत गरिएको हो । आयाल निगमले शुरु गरेका सुरक्षात्मक लकिङ प्रणालीले आयल निगमको आन्तरिक सुधारलाई महत्वपूर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक ई सुशील भट्टराईले जानकारी दिए । ‘ढुवानीका क्रममा बीच बाटोबाट हुन सक्ने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र चोरी–निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सञ्चालन गरेको हो,’ उहाँले भने, ‘पहिलो चरणमा भारतको सिलुगुढी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागू गरिएको र आजदेखि भारतको बैतालपुर डिपोदेखि भलबारी डिपोसम्म सञ्चालनमा आएको ट्यांकरमा ताला लगाएर ढुवानी शुरु गरिएको छ ।’ यसभन्दा अघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि ट्यांकरमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो । खाल्टाखुल्टी र भत्केको सडकमा तार सहजै चुँडिने सम्भावना रहेकाले भरपर्दो थिएन । पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका ट्यांकरलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा रहेको भारतीय आयल कर्पोरेशनका कर्मचारीले विशेष खालको ताला लगाइदिने गर्छन् । भलबारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल कर्पोरेशनका कर्मचारीले खोल्नेछन् । एउटा ट्यांकरमा लगाइएको ताल्चाको चाबी नेपाल आयल कर्पोरेशन र भारतीय आयल कर्पोरेशनका कर्मचारी दुवैतर्फ रहनेछन् । भलबारी डिपोमा सञ्चालनमा रहेका ट्यांकरमध्ये अहिले ३३ वटामा तत्काल सुरक्षात्मक लकिङ प्रणली (ताला लगाउने कार्य) लागू गरिएको र बाँकी ट्यांकरमा असार मसान्तभित्र लागू गरिसक्ने आयाल निगम क्षेत्रीय कार्यालय भलबारीका प्रमुख अशोक शाहले जानकारी दिए । उनका अनुसार भारतको बैतालपुर र मुगलसरायबाट भलबारी डिपोका लागि कूल १९३ वटा ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्छन् । जसमध्ये तत्काल ३३ वटा ट्यांकरमा ताला लगाएर पेट्रालियम पदार्थ बोक्नेछन् । अन्य ट्यांकरमा पनि ताला लगाउन मिल्ने गरी ट्यांकरधनीले तयारी गरिरहेका छन् । तीन महिनाभित्र सबै ट्यांकरमा तालाबन्दी गरी ढुवानी गरिने गरी आन्तरिक तयारी थालिएको कार्यालयका प्रमुख शाहले जानकारी दिएका छन् । कतिपय ट्यांकरबाट चालक आफैँले र चालकसँगको मिलेमतोमा अन्य व्यक्तिले निगमको डिपोमा अनलोड हुनु अगावै पेट्रोलियम पदार्थको चोरी हुने गर्दथ्यो । ताला लगाउने प्रणाली गर्दा यो समस्या हटेर जाने उहाँको भनाइ छ । निगमको भलबारी डिपोका लागि दैनिक बैतालपुरबाट ८०० केएल डिजेल र मुगलसरायबाट २०० केएल पेट्रोल ढुवानी हुने गर्छ । पश्चिामाञ्चल पट्रोलियम डिर्लस एशोसिएशनले पनि यस कार्यको स्वागत गरेको छ । एशोसिएशनका अध्यक्ष प्रेम न्यौपानेले सुरक्षात्मक लकिङ प्रणालीका कारण पेट्रोलियम पदार्थको गुणस्तरमा कुनै समस्या नआउने भएकाले आफूहरुलाई पनि तेल बेच्न सजिलो हुने बताए। पेट्रोलियम ढुवानी एशोसिएशन रूपन्देहीका अध्यक्ष राकेश कसौधनले सुरक्षात्मक लकिङ सिस्टमले सबैलाई फाइदा पुग्ने बताउँदै बीच बाटोमा चुहावटको समस्या देखापर्ने भएकाले ताला लगाउने काम गरिएको र यसले सबैलाई सहज हुने धारणा व्यक्त गरे । रासस
कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमद्धारा पदबहाली
काठमाडौं । नेपाल सरकारका सह–सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम अागामी ५ (पाँच) वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् । सह-सचिव गौतमलाई नेपाल सरकार (मन्त्रीपरिषद) को बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ । उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन् । आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
१३ सय कर्मचारीले स्वेच्छिक अवकास पाए, अरुले नपाउने
काठमाडौं । १३ सय जना निजामति कर्मचारीले स्वेच्छिक अवकास पाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् र उनीहरुको पेन्सन पट्टा धमाधम बनिरहेको छ । उनले भने,‘अब बाँकीको जतिपनि निवेदन आएका छन्, तीनीहरुको स्वेच्छिक अवकाश स्विकृत हुँदैन, नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न ।’ मन्त्री बनेदेखि नै आक्रमक रुपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रुपमा नहेरिने चेतावनी समेत आज दोहोर्याए । उनले भने,‘मन र व्यबहार अलि फरक कुरा हुन, मन छिटो दर्गुछ, व्यबहार विस्तारै देखिन्छ, हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशिल बनाएका छौँ ।’ कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरुले हटाएको उनको दाबी थियो । उनले भने, ‘नियमितबाहेक अरु कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न, सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ, अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन्, राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ, समृद्धिको अभियानमा साथ दिनुपर्छ ।’
नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट, ७३ करोडको सेयर किनबेच
काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । सो दिनको परिसूचक १५.९९ अंकले ओरालो लागेर १३९४ अंकमा झरेको हो । सोमबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार जम्मा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७७ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । दोहोरो अंकले ओरालो लागेको बजारमा ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको सूचक २७ अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३७ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स र कन्काई विकास बैंकका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.५३ प्रतिशत कमाएका छन् ।
सेञ्चुरी कमर्शियल बैंकको १०३ प्रतिशत नाफाले लगानीकर्तालाई लोभ्यायो, सबैभन्दा बढी कारोबार
काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामा १०३ प्रतिशत नाफा बढाएपछि मंगलबार लगानीकर्ता लोभिदा बढी कारोबार भएको छ । बैंकले चैतसम्म नाफा बढाएर ६३ करोड रुपैयाँ पुर्याएपछि लगानीकर्ता आर्कषक नाफामा लोभिएका हुन् । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा कमाएको थियो । कारोबार बढेसंगै सेञ्चुरीको सेयर मूल्य ५ रुपैयाँ बढेर प्रतिकित्ता १९८ रुपैयाँमा भएको छ । सोमबार १९३ रुपैयाँमा कारोबार भएको थियो । बजार घटिरहेका बेला सेञ्चुरीको मंगलबार २ करोड ७६ लाख रुपैयाँ बराबरको १ लाख ३९ हजार ३९९ रुपैयाँमा सेयर किनबेच भएको छ । सस्तो सेयर भएको र नाफा राम्रो गरेपछि लगानीकर्ताले सेञ्चुरीको सेयर किनेको एक ब्रोकरले बताए । नेपाल बैंकको नाफा राम्रो देखिएपछि सोमबार लगानीकर्ताले बढी सेयर किनेका थिए । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ । ५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।