शुक्रबारको सेयर बजार राताम्मे, २ हजारबाट तल झर्यो परिसूचक

काठमाडौं । शुक्रबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२ .६१ बिन्दुमा पुगेको छ । जुन एक साताको तुलनामा न्यूनतम बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले घटी हो । शुक्रबारको बजारमा दुई घण्टा मात्रै सेयर कारोबार खुल्ने गरेको छ । यो अवधिमा कूल १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५५ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १९३.०७ बिन्दुमा झरकेो छ । सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा हिमालय उर्जा विकास कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य एकैदिन ५.४४ प्रतिशतले घटेर प्रतिकित्ता २२६ रुपैयाँमा झरेको छ ।

घटेर बन्द भयो सोमबारको सेयर बजार, कारोबारमा भने उल्लेख्य सुधार

काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि आक्रामक रुपमा उकालो लागेको नेप्से परिसूचक अन्तिममा घटेको छ । कारोबार बन्द हुँदा परिसूचक ९.७५ प्रतिशतले घटेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटेको छ । दिनभरको कारोबारमा तीव्र उतारचढाव देखिएको छ । बढेर २१४८.६१ अंकसम्म पुगेको परिसूचक घटेर २०५९ बिन्दुसम्म झर्यो । जुन करिब ९० अंकको उतारचढाव हो । गत सातादेखि बजार निरन्तर रुपमा बढी रहेको थियो । बढ्दो बजारमा नाफा बुक गर्नेको हावी भएकाले सोमबारको बजारमा करेक्सन देखिएको बुझिन्छ । परिसूचकमा सामान्य करेक्सन देखिएको बजारमा कारोबार भने उल्लेख्य रुपमा बढेको छ । आइतबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार एकाएक ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७५ प्रतिशतले बढी हो भने २र३ महिना यताकै उच्च कारोबार पनि हो । बजारमा शिवम् सिमेन्टस्को सर्वाधिक कारोबार भएको छ । कम्पनीको सोमबार मात्रै १७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ८२६ रुपैयाँमा झरेको छ । त्यस्तै, एनआईसी एशिया, नबिल बैंकसहित अन्य ७ वटा कम्पनीको १० करोडभन्दा बढीको सेयर किनबेच भएको देखिन्छ । प्रोभिजन रोक्न सेयर बजारलाई काँध सोमबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ । बजारमा ग्लोबल आईएमई बैंकको ऋणपत्र ९.७५ प्रतिशतले घटेको छ । बैंकको ‘ग्लोबल आईएमई बैंक लि. डिबेन्चर २०८६/८७’ नामक ऋणपत्र अघिल्लो दिनको तुलनामा ९० रुपैयाँले घटेर प्रतिथान ८३३ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चार वटा समूहबाहेक कारोबारमा आएका सबै समूह घटेका छन् । जीवन बीमा ५५, निर्जीवन बीमा ४८, ट्रडिङ्ग १०४ र म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले बढेका छन् भने बाँकी घटेका छन् ।

प्रोभिजन रोक्न सेयर बजारलाई काँध

काठमाडौं । असार १० गते नेप्से परिसूचक १८४० थियो । असार १९ गते २०८६ अंकमा पुग्यो । सेयर बजार घट्दै गर्दा दैनिक कारोबार एक अर्ब रुपैयाँ भन्दा कमको हुने गरेको थियो । आइतबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । ९ दिनको अवधिमा नेप्से परिसूचक २४६ अंकले वृद्धि भएको छ । कारोबार रकम दोब्बरभन्दा बढी भएको छ । सेयर बजारमा हरियाली छाउँदा लाखौं लगानीकर्तामा खुशी छाएको छ । अब सेयर बजारमा सुधार आउने आश धेरैमा पलाएको पनि छ । तर सेयर बजारमा देखिएको वृद्धि टिकाउ हो कि क्षणिक भन्ने प्रश्न पनि लगानीकर्तामा देखिएको छ । सेयर बजार धेरै तल झरिसकेको अहिलेको सुधार क्रमशः माथि नै जाने बताउँछन् लगानीकर्ता राम पाण्डे । वाणिज्य बैंकले जारी गरेको १०.७५ प्रतिशतको ऋणपत्र बिक्न नसकेको अवस्थामा सेयर बजार धेरैमाथि जाने अपेक्षा गर्न कठिन भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । यता सेयर ब्रोकरका कार्यकारी प्रमुख पनि ठूला लगानीकर्ताले सेयर किन्न नथाली बजारको सुधार टिकाउ नहुने बताउँछन् । तरलता वृद्धि नभएसम्म र कर्जाको व्याजदर घट्न शुरु नभई सेयर बजारमा ठूलो माग सिर्जना हुन नसक्ने उनको तर्क छ । उनले पछिल्लो समयको वृद्धिलाई प्रोभिजन रोक्न संस्थागत लगानीकर्ताले काँध थाम्ने कार्यको रुपमा विश्लेषण गरे । ‘सेयरमा ठूलो लगानी भएका बैंक र बीमा कम्पनीहरुले सेयर बजारमा काँध हाल्ने प्रयास गरेका छन्, साउन लागेपछि उनीहरुले काँध झिक्नेछन्’ उनको विश्लेषण छ । आर्थिक वर्षको अन्त्यमा सेयरमा गरिएको लगानीमा घाटा भएको अवस्थामा १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । बजार घट्दा प्रोभिजन बढ्ने र बजार बढाउँदा यस्तो प्रोभिजन गर्नु नपर्ने वा कम गरे हुन्छ । प्रोभिजन जति बढी भयो नाफा त्यति नै कम हुन्छ । आर्थिक वर्षको अन्त्यमा प्रोभिजन गर्नु परेमा खुद नाफा कम हुन्छ । लगानीकर्तालाई वितरण गर्ने लाभांश पनि कम हुन्छ । यसले कम्पनीको छवि कमजोर बनाउँछ । यसबाट बच्नको लागि मर्चेन्ट बैंक तथा म्युचुअल फण्डहरुले सेयर माग बढाएका छन् । मर्चेन्ट बैंकर्स तथा म्यूचल फण्डहरु अधिकांश बैंक तथा बीमा कम्पनीद्धारा प्रवद्धित भएकोले पनि उनीहरुले मातृ कम्पनीलाई सहयोग पुग्ने गरी कारोबार गरेको उनले सुनाए । म्युचुअल फण्डहरुले पनि आफ्ना स्कीमको अंकित मूल्यभन्दा कम भएमा सो बराबर प्रोभिजन गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरुले म्युचुअल फण्डको मूल्य पनि अंकितभन्दा माथि लैजान सामूहिक कसरत गरिरहेको बताइएको छ ।

विदेशमा काम गरिरहेका नेपालीलाई सेयर बजार बारे तालिम

काठमाडाैं । एनआईबीएल एस क्यापिटलले विदेशमा रहेका नेपालीकाे लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सम्पन्न गरेको छ । क्यापिटलले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीकाे लागि शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराइएकाे थियाे । कार्यक्रममा एनआईबीएल एस क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको उपस्थिती रहेकाे थियाे ।  

सेयर बजारमा छायो हरियाली, दुई लघुवित्तमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार खुलेदेखि उकालो लागेको नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो । बजारमा परिसूचकमात्रै नभई कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कूल २२८ वटा स्क्रिप्स कारोबार भएको बजारमा ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य १२ रुपैयाँले बढेर प्रतिकित्ता ५४० रुपेयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा रहेको एशियन लाइफको ५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको पनि सेयर मूल्य २०.५० रुपैयाँले बढेर प्रतिकित्ता ५९७.५० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह १९४.६६ अंकले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.३९ अंकले बढेको छ । बुधबार दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः १०१०.९० र ९५८.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा कम अर्थात १.९१ प्रतिशतले घटेर प्रतिकित्ता ४११ रुपैयाँमा कारोबार भएको छ ।

सेयर बजारमा उछाल, ८१ अंकले बढ्यो परिसूचक

काठमाडौं । लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको हो । लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि उकालो लागिरहेको छ । र, कारोबार शुरु भएको करिब ३ घण्टामै परिसूचक ८१.६१ बिन्दुले बढेको छ । दिउँसो १ बजेर ४८ मिनेट जाँदा परिसूचक ८१.६१ बिन्दुले बढेर १९४३.६६ बिन्दुमा पुगेको छ । जुन गत शुक्रबारको तुलनामा ४.३८ प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । हकप्रद सेयर जारी गर्न अनुमति पाएसँगै कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइरहेको छ । कम्पनीको तीन घण्टामै ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, नागरिक लगानी कोष (सीआईटी) र ङादीसहित विभिन्न कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ । र, बढ्दो बजारमा गुमाउने कुनै पनि कम्पनी देखिएका छैनन् ।

लगानीकर्ताको माग सम्बोधन हुने भएपछि सेयर बजारमा छायो हरियाली

काठमाडौं । शुक्रबारको सेयर बजारमा हरियाली छाएको छ । लगानीकर्ताले राखेका मागहरु सबै पुरा हुने भएपछि सेयर बजारमा हरियो देखिएको हो । बोर्डले लगानीकर्ताका मागहरु पुरा हुने बताएसँगै लगानीकर्ताले आफूले गर्दै आएका आन्दोलनका कार्यक्रम असार १० गतेदेखि सकिएको घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष  बोर्डका अध्यरमेश कुमार हमालले राष्ट्र बैंक, अर्थमन्त्रालय लगायत लगानीकर्ता सबैको समन्वयमा मागहरुलार्य कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका छन् । लगानीकर्ताले जेठ चौथो सातादेखि नै विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेका थिए । यो बीचमा पुँजीबजार संघर्ष समिति गठन गरी समितिका संयोजक तिलक कोइराला असार १ गतेदेखि नै आमरण अनसनमा बसेका छन् । उनी पुँजीबजारको समग्र हक हितको लागि भन्दै १९ बुँदे माग सहित आमरण अनसन बसेका थिए । उक्त माग नेपाल धितोपत्र बोर्डले पुरा गर्ने सहमति भएसँगै लगानीकर्ता कोइरालाले असार १० गतेदेखि आमरण अनसन तोडेका हुन् । साथै, उनले लगानीकर्ताका आन्दोलनका सम्पूर्ण कार्यक्रम सकिएको समेत घोषणा गरेका छन् । शुक्रबारको बजारले कारोबार खुल्नासाथ ओरालोको यात्रा तय गरेको थियो । तर एक घण्टापछिको कारोबारमा भने परिसूचकले यूटर्न लियो र अन्ततः दोहोरो अंकले बजार बन्द भयो । दुई घण्टा खुलेको बजारमा नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेको छ । दुई घण्टा मात्रै खुलेको शुक्रबारको बजारमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार चार घण्टा खुलेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको भने सबैभन्दा बढी अर्थात ७.८८ प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता ८८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । शुक्रबार म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । म्युचुअल फण्ड भने ०.०९ अंकले घटेको छ ।

‘अर्थमन्त्रालय लगानीकर्ताका मागप्रति ‘सिरियस’ देखियो, राष्ट्र बैंकका कारण सेयर बजार घट्यो’

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका मागबारे अर्थमन्त्रालय सिरियस भएको बताएका छन् । मंगलबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्रालय लगानीकर्ताका मागप्रति सिरियस भएको बताएका हुन् । उनले लगानीकर्ताका माग पुरा गर्न आफु सकारात्मक भएको पनि धारणा राखे । उनले अधिकांश मागहरु कार्यान्वयनको चरणमा गइसकेकाे र तत्काल कार्यान्वयन गर्न नसकिने मागहरु विस्तारै छलफलको माध्यमबाट पुरा गर्ने बताए । ‘अर्थमन्त्रालय लगानीकर्ताको मागप्रति सिरियस देखेको छु, राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जामा ४/१२ करोडको व्यवस्था गर्दा सेयर बजार घटेको विज्ञहरुको भनाइ छ, यसलाई सच्याउनु पर्छ, सबैले लगानीकर्ताको हितमा काम गर्नु पर्छ,’ उनले भने । उनले सबैले वित्तीय सामुहिक हितको काम गर्नु पर्ने धारणा राखे । ‘हामी बोलेका कुरा कार्यान्वयन गर्न तयार छौं, काम गर्ने वातावरण दिनु पर्यो, अधिकांश माग कार्यान्वयनको चरणमा पनि गइसकेका छन,’ उनले भने । यस्तै, उनले लगानीकर्ताका अधिकांश माग ३ महिनाभित्रै कार्यान्वयन हुने बताएका छन् । लगानीकर्ताको केही माग सम्बोधनको चरणमा गइसकेको र अब केही मागहरु ३ महिनाभित्रै पुरा हुने उनकाे भनाइ छ । ‘अहिले केही माग कार्यान्वयनको चरणमा गइसकेका छन्, अब तीन महिनाभित्र अधिकांश मागहरु कार्यान्वयन हुन्छन्, सबैले लगानीमैत्री वातावरण बनाउनु पर्छ, काम गर्न पनि दिनु पर्छ,’ उनले कार्यक्रममा भने । कार्यक्रममा उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनको नाममा अब सेयर कारोबार रोक्का नहुने पनि बताए । उनले मर्जर तथा एक्विजिसनको नाममा लामो समय कम्पनीको सेयर कारोबार रोक्का भइरहेको बताउँदै अब साउनदेखि सेयर काराेबार रोक्का नहुने बताएका हुन् । ‘अहिले कम्पनीको मर्जरको नाममा महिनौं, वर्षौंसम्म सेयर कारोबार रोक्का भइरहेको छ, अब साउनदेखि कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का हुँदैन, यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं,’ उनले भने । उनले विश्वका अन्य देशमा सेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको धारणा राखे । उनले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको, कम्पनीहरुको शाखा बिस्तारको काम पनि भइरहेको पनि जानकारी दिए ।  

थामिएन सेयर बजारको पहिरो, १९ सय बिन्दुबाट तल झर्यो नेप्से परिसूचक

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक १९ सय बिन्दुबाट पनि तल झरेको छ । सोमबार कारोबार शुरु भएको ३० मिनेटको अवधिमै परिसूचक ३९.०१ अंकले घटेर १८९५.१० बिन्दुमा झरेको छ । परिसूचक गत साता २ हजारको बिन्दुमा थियो । तर, एक सातामै परिसूचक एकसयभन्दा बढी बिन्दुले घटी सकेको छ । यो अवधिमा १७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबार खुलेको ३० मिनेटमै रिभर फल्स पावर र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए । मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे । “सेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन”, उनले भने, “सेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।” कर्णालीमा पुँजीबजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उहाँले विकासको गति, पुँजीबजार सचेतना, बैंकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गरे । उनले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताए। बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उहाँको भनाइ थियो । “चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन सकिन्थ्यो”, उनले भने, “विगतका कमजोरी सच्याइएको छ, बहुवर्षीय योजना र क्रमागत योजनालाई पूरा गर्न बजेट केन्द्रित गरिएको छ ।” सचेतना कार्यक्रममा पुँजीबजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजारप्रति आकर्षण बढेको बताए । उनले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा प्रवेश गर्दा भने पुँजीबजारको विषयमा बुझेर र आवश्यकमात्रामा समयको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पुँजीबजार अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको धारणा राखे। त्यस्तै नेपाल उद्योग परिसङ्घका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै शेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताए । नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पुँजीबजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गरे ।

४ वर्ष सुब्बा बनेका भण्डारीको कमाइ ६ करोड, सेयर बजारसहित बैंक र घरजग्गामा लगानी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड २४ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा पूर्व नायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भण्डारी २०७३ असोज २१ गते रा. प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सेवा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाशमा गएको अख्तियारले जनाएको छ । आयोगमा प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार भण्डारी विरुद्ध ६ करोड २४ लाख चार हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ।आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो । आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६ सय ३६ रुपैँया ९ पैसा मात्र आर्जन भएको देखिन आएको र गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख गरेको छ । अख्तियारले उनको र श्रीमती समेतको जम्मा आम्दानी र खर्चको हिसाब गर्दा २६ लाख ६१ हजार ६३६ रूपैयाँ मात्र आम्दानी गरेको देखिए पनि ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसाको स्रोत नखुलेकोले सो रकमबमोजिम बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानी गरेको देखिएको छ ।

सेयर बजारमा देखियो हरियो, कारोबारको शीर्ष स्थानमा एनटीसीसहित अधिकांश वाणिज्य बैंक

काठमाडौं । लामो समयपछि सेयर बजारमा हरियो देखिएको छ । पछिल्लो समय राताम्मे देखिने गरेको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर हरियो भएको छ । दिनभरको कारोबारमा सेयर मूल्य मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६४ प्रतिशतले बढी हो । परिसूचकमा सुधार देखिएको बजारमा कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार भने १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । २२१ वटा स्क्रिप्स कारोबारमा आएको बिहीबारको बजारमा कूल ३५ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी कारोबार गर्नेको शीर्षस्थानमा वाणिज्य बैंक रहेका छन् । शीर्ष ५ स्थानमा नेपाल दूरसञ्चार कम्पनीसहित बाँकी ४ वटै वाणिज्य बैंक रहेका छन् । एनटीसीको एकैदिन १३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रोमा रहेको एनसीसी बैंकको कूल १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नबिल बैंकसँग गाभिने हल्लासँगै बैंकको बढी सेयर कारोबार भएको बुझिन्छ । त्यस्तै, बढी कारोबार गर्नेको तेश्रोमा सिभिल, चौथोमा एनआईसी एशिया र पाँचौंमा नबिल बैंक रहेको छ । सिभिल बैंकको ४ करोड ७१ लाख, एनआईसी एशियाको ३ करोड ५७ लाख र नबिलको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबारको शीर्ष स्थानमा रहेका ५ कम्पनीमा अधिकांशको सेयर मूल्य बढेको छ । जसमा एनटीसीको सेयर मूल्य ३० रुपैयाँले बढेर प्रतिकित्ता ८९५, एनसीसीको १३.९० रुपैयाँले बढेर प्रतिकित्ता २२२.९० र सिभिलको ७.१० रुपैयाँले बढेर प्रतिकित्ता २०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एनआईसी एशियाको सेयर मूल्य ६.६० रुपैयाँले घटेर प्रतिकित्ता ६९७.४० रुपैयाँमा झरेको छ । नबिल बैंकको भने प्रतिकित्ता ८२५ रुपैयाँमा सेयर किनबेच भएको छ । त्यस्तै, दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको १०, रिभर फल्स पावरको ९.९७ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर क्रमशः ५४२.५०, २९०.२० र १४९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ । जसको सेयर मूल्य ३.८० प्रतिशतले घटेर प्रतिकित्ता ४०५ रुपैयाँमा झरेको छ । पछिल्लो समय राताम्मे देखिएका समूह सूचकहरु बिहीबार भने अधिकांश हरिया देखिएका छन् । इन्भेष्टमेन्ट र जीवन बीमा सामान्य अंकले घटेका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।

अर्थतन्त्र सहज बन्दैछ, अब सेयर बजारले गति लिन्छ : अर्थमन्त्री शर्माकाे अन्तर्वार्ता

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग क्षेत्रको विस्तार र विकासका लागि केही रणनीतिक महत्वको काम गरेको छ । नेपालको संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्य हासिल गर्ने मार्गमा बजेट केन्द्रित गरिएको सरकारको भनाइ छ । बजेट सार्वजनिक भएको दुई हप्तासम्म आम नागरिक र सरोकारवालाले यसको खुलेर प्रशंसा गरे । यसैबीचमा एउटा समाचार सार्वजनिक भयो । त्यसमा बजेट निर्माणका दिन अनधिकृत व्यक्तिलाई अर्थमन्त्रीले प्रवेश गराए र गोग्य सूचना सार्वजनिक गरे । हरेक वर्षको बजेट निर्माणमा क्रममा हरेक क्षेत्रका चासो स्वभाविक नै हुन्छ । अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको र केही व्यापारिक घरानालाई लाभ प्रदान गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सङ्घीय संसद्को प्रतिनिसभाको बैठकमा संसदीय छानविन वा अर्थमन्त्रीको राजीनामाको माग गरेको छ । मुलुकको समग्र अर्थतन्त्र, पछिल्ला घटनाक्रम एवं शेयर बजारलगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता रमेश लम्सालले गरेकाे अन्तरवार्ता : बजेट निर्माणका क्रममा केही त्रुटि भएको आशंका गरिको छ, जनप्रतिनिधिमुलक थलो संसद्मा यसबारेमा सांसदले जिज्ञासा राख्नुभएको छ नि ? बजेट निर्माणको आफ्नै संयन्त्र, विधि र प्रक्रिया छ । सबैले विधि र प्रक्रियाअनुसार नै जान्छन् र जानुपर्छ । दुई–दुई जना सचिव भएको मन्त्रालय हो यो । त्यो दिन कानुन सचिव पनि मन्त्रालयमै हुनुहुन्थ्यो । तीनवटा सचिवले काम गर्नुभएको हो । कानुनमन्त्री पनि आउनुभएको थियो । मन्त्रालयको संयन्त्रले काम गर्ने हो । कहानी बनाएर यो विषय उठाइएको छ । मन्त्रालयमै पर्याप्त जनशक्ति छ । मैले चिन्ने सचिव, सहसचिव, महाशाखा प्रमुख हो, अरु चिन्ने कुरा भएन । त्यसैले उहाँहरूसबै काममा खटिनुभएको छ । काम गर्नुभएको छ । हामीले बजेटमा तीन कुरामा संश्लेषण गरेका छौँ । बजेट अस्थितरताबाट स्थिरतार्फ, बञ्चितीबाट समावेशीतर्फ र आयातबाट उत्पादनतर्फको प्रस्थान बिन्दु हो । यो भनाइ मात्र हो कि कार्यक्रम पनि छ भनेर हेर्नुभयो भने प्रष्ट हुन्छ । कूल ६१ प्रतिशत जनसङ्ख्या संलग्न भएको कृषि क्षेत्रको सुधारका लागि पर्याप्त कार्यक्रम ल्याएको छ । जमिन बाँझो छ, प्रयोग हुनसकेको छैन । त्यसले उत्पादन दिनसकेको छैन । बजेटमा कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकीकरण गर्न ठोस योजना छन् । स्थानीय तहले के गर्ने, प्रदेशले के गर्ने र सङ्घले के गर्ने स्पष्ट योजनाका साथ बजेट ल्याइएको छ । किसानलाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गरिएको छ । अहिले आयात भइरहेको कृषि उत्पादन प्रतिस्थापन गर्न बाँझो जमिन, जनशक्ति र क्षमताको प्रयोग गर्नपर्छ भन्ने मान्यतालाई बजेटले समेटेको छ । सरकारले सबैलाई उत्साहित बनाएर लैजानुपर्छ । स–साना उद्योग, स्टार्टअप, लघु तथा घरेलु उद्योग सबैलाई प्राथमिकता दिइएको छ । ती उद्योग व्यवसायलाई तालिम र कर्जा दिने व्यवस्था गरिएको छ । आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण गर्न मद्धत गर्ने ठूला उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । उद्योगमैत्री नीति लिइएको छ । हामीले उद्योगलाई विद्युत् महसुलमा छुट भनेका छौँ । यसले थप उद्योग आउन सक्ने वातावरण बनेको छ । केही ठूला उद्योगलाई ‘पोस्न’ विद्युत् महसुल छुट दिने व्यवस्था बजेटमा गरियो भन्दै तपाईँमाथि प्रश्न उठेको छ नि ? नेपाल विद्युत् प्राधिकरणबाट सबैले तथ्याङ्क लिएर हेर्न सक्नुहुन्छ । विद्युत् महसुलमा छुट पाउने उद्योग सयौँ छन् । वार्षिक रु १० करोड तिर्ने उद्योग १०० बढी छन् । ती सबै उद्योगलाई त्यस्तो छुट दिन सकिँदैन भन्ने छ । त्यसो भएर हामीले दुई देखि १५ प्रतिशत छुटको व्यवस्था गरेका हौँ । मन्त्रालयले नीति बनाएर कति सहुलियत दिने हो भन्न सक्ला । ठूला उद्योग स्थापना गर्न प्रेरित गरिएको छ । उद्योग बनाउन ५० वर्षसम्म जग्गा लिजमा लिन सक्ने व्यवस्था गरिएको छ । उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्ने वातावरण बनाइएको छ । पर्यटन क्षेत्रको विकासमा पनि सरकारले उत्तिकै ध्यान दिएको छ । यहाँका हजारौँ होटल व्यवसायलाई अझ व्यवस्थित गरेर लाखौँ पर्यटक भित्र्याउने व्यवस्था गर्नुपर्नेछ । लुम्बिनी, खप्तड, रारा, सगरमाथा, मुस्ताङलगायत क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ । अब सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनुपर्छ । नेपालमा सूचना प्रविधिको अत्यन्त बढी सम्भवाना छ । ठूला–ठूला इनोभेसन सेन्टर, आइटी कलेज सञ्चालन गरेर बेरोजगारलाई यही नै काम दिनसक्ने बनाउन सकिन्छ । यही बसेर यहीबाट आफ्नो सीप बिक्री गर्न सकिने अवस्था छ । अहिलेको बजेटले मुख्यतः तीन वटा विषयलाई जोड दिएको छ । हामीसँग भएको सबै स्रोत साधन, जनशक्तिको उपयोग गरेर देशलाई आत्मनिर्भरतातर्फ लैजानुपर्छ भन्ने उद्देश्यमा आधारित भएर बजेट बनाएइको छ । आर्थिक सूचकाङ्क नकारात्मक दिशामा छन् । तीनलाई सुधार गरेर लैजानुपर्छ । मुलुकलाई समृद्धिको दिशामा अगाडि जान दिन, यसलाई कार्यान्वयनमा बाधा सिर्जना गर्न, यसलाई ‘डिरेल’ गर्ने प्रवृत्ति हाबी हुँदै आएका छन् । बजेट बनाउनु अर्थमन्त्रीको दायित्व हो । विद्युतीय गाडीमा के गल्ती भयो ? व्यवसायीलाई मर्का परेको हो र ? मर्का परेको भए खरिद गर्ने व्यक्तिलाई पर्छ । बढी मूल्यको गाडी किन्दा थोरै कर बढी तिर्ने कुरा हो । डलर सञ्चिती पनि बढाउनु छ, सकभर सस्तो मूल्यका गाडी चढून् भन्ने हो । डलर बाहिर जानबाट पनि रोक्नु छ । कम मूल्यका गाडी आयात होउन्, डलर सञ्चिती पनि बढोस् भन्ने उद्देश्य राख्नु गलत हो र ? देशको समस्यालाई समाधान गर्ने गरी बजेट आएको छ । देशभित्रका स्यानिटरी प्याड उद्योगीलाई समस्यामा पारेर आयात बढाउने उद्देश्यका साथ भारी मात्रामा कर छुट दिइयो भन्ने आरोप पनि लागेको छ ? यसमा तपाईंको के भनाइ छ ? चालु आवको बजेटका सन्दर्भमा प्रतिस्थापन विधेयक ल्याउँदा स्यानिटरी प्याडका सन्दर्भमा रातो कर माफ गर भनेर नारा लगाइएको होइन । कति चाँडै बिर्सिएको होला मानिसहरूले यो विषय । महिलाले रातो कर माफ गर भन्नुभएको होइन । त्यो भन्नु एक हिसाबले लज्जाको विषय नै थियो । त्यतिबेला उद्योगीले बोल्नु पर्दैन ? हामी उत्पादन गरिरहेका छौँ भन्नु पर्दैन । हामीले ती उद्योगीलाई पनि संरक्षण गर्न खोजेका छौँ । सरकार आफैँले रु दुई अर्ब बराबरको खरिद गर्छ । सरकारले आयकर र कच्चा पदार्थ आयात गर्दा लाग्ने शुल्कमा छुट दिइएको छ । घिउ, तेलको विषय पनि सँगै जोडिएर आएको छ ? किन हरेक क्षेत्रमा विवाद सिर्जना गरिँदैछ ? यो विषय सामान्य हो । व्यवसायीले सहमति गरेर खरिद बिक्री के के गर्ने हो त्यो आफैँले मिलाउँदा हुन्छ । चाउचाउ र बिस्कुटको कच्चा पदार्थका रुपमा आयात हुने रहेछ । यसमा व्यवसायीले सहमति गरे भइहाल्छ । प्रक्रिया मिलाइन्छ । वायर रडको विषय पनि आएको छ । यो नेपालमा पर्याप्त छ । तर, उद्योग बन्द हुन दिँदैनौँ । सरकार उद्योग विस्तारमा सहजीकरण गर्छ, समस्यामा पर्न दिँदैनौँ । बजेटको अन्तरवस्तुमा भन्दा पनि राजनीतिक रुपमा आरोपित गर्ने कोणबाट किन यसलाई बढी उचाल्ने प्रयास भयो होला ? राजनीतिक रुपमा हेर्दा, यो गठबन्धनप्रति परिलक्षित छ । गठबन्धन टुटाउन सकिन्छ कि भन्ने प्रयास गरिएको छ । गठबन्धन टुटाउने र अस्थिरता सिर्जना गर्ने प्रयास भएको छ । बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूतरूपमा समेटिएको छ । जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ । केही विषय छुटेको होला । तर मुलतभूत रुपमा देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी आएको बजेटमाथि प्रश्न ? त्यो पनि राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा प्रश्न गर्नुको कुनै अर्थ र औचित्य छैन । बजेट निर्माणको दिन राति १२ बजेपछि अर्थमन्त्रालयको कोठामा चुकुल लागेको थिएन र अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर विशेषगरी तपाईँमाथि आरोप लगाउने प्रयास गरिएको छ । अर्थमन्त्रीले यस्तो गर्न सक्छ ? यहाँ चुकुल लागेको छैन । १२ बजे राति त त्यसदिन म यहाँ (मन्त्रालय)मा थिइन् । त्यसअगावै पुल्चोकस्थित मन्त्री निवास गइसकेको थिएँ । त्यहाँ गएर सोध्नुस् । त्यहाँ त नेपाली सेना छ, प्रहरी छ । उनीहरुले आफ्नो निकायमा रिपोर्ट गरेका हुन्छन् । को कति बेला आयो, को कति बेला गयो भनेर टिपेर राखेको हुन्छ । अनि फेरि मैले किन चुकुल लगाउने ? विगतमा बजेट बनाउने गरेको समयमा यहाँको ढोका बन्द हुने गरेको थियो । यसपटक कुनै पनि बेला यहाँ बन्द थिएन । सबै मान्छेहरूयहाँ आइराखेका थिए । बजेट लेख्ने समयमा पनि आफ्ना माग लिएर मानिस त आइरहेका नै थिए । जेठको १२ गते पनि आएका थिए, १४ गते दिउँसो पनि आएका थिए । अर्थमन्त्रालयको ढोका कहिल्यै पनि बन्द गर्नु हुँदैन । हामी जनताका काम गर्न बसेका सेवक हौँ । अर्थमन्त्रीलाई आरोपित गरेर गठबन्धन नै भत्काउने उद्देश्य राखेर यस्ता गलत प्रचार गरिएको हो भन्ने कोणबाट केहीले टिप्पणी गरेका छन् ? यसलाई यही रुपमा बुझ्दा हुन्छ कि थप अरु पनि केही छ ? अर्थतन्त्रका सूचकाङ्कामा समस्या आउनु, बढी ऋण वितरण हुनु अर्थमन्त्रीको हैसियतले मेरो जिम्मेवारी हो । विभागीय मन्त्रीको हैसियतले यो बजेटको समग्र स्वामित्व मैले लिन्छु । यहाँ भएको कमजोरीको जिम्मा र राम्रोको जश पनि लिन्छु । तर, मैले यसमा सबैको साझा स्वामित्व छ भनेको छु । कमजोरीको जिम्मा त मैले लिन्छु । उपलब्धि सबैको हो । म यहाँ आएदेखिकै समस्या छन् । शेयर बजारका साथीहरू आउँछन् र मैले पेलेको भन्छन् तर शेयर बजारको समस्या समाधानका लागि सकारात्मकरूपमा नै काम गरेको छु । समस्या समाधानका लागि कदम चालेको छु । सोहीअनुसारको निर्देशन गरेको छु । सोहीअनुसारको प्रक्रिया अगाडि बढाएको छु । विधि, नियम बनाउन सहयोग गरेको छु । त्यसलाई कसरी अगाडि बढाउने भन्नेमा चिन्तनमनन गरेको छु । यो विस्तारित हुनुपर्छ, यो अर्थतन्त्रको ऐना हो भनिरहेको छु । तर त्यसैमा प्रश्न फेरि पनि । अर्थ मन्त्रालय जिम्मेवार हुनुपर्छ । मौद्रिक नीति कसरी आउँछ, दुनियाँलाई जानकारी छ । त्यसले पार्ने असर के हुन्छ, सबैलाई थाहा छ । मैले भनिरहनु पर्दैन । विविध समस्या आउँछन् । म अर्थमन्त्री भइसकेपछि प्रश्न उठ्नु स्वभाविक छ । अन्यथा मान्दिनँ, तर उत्तर दिन मैले पाउनुप¥यो । मैले स्पष्ट गर्न पाउनुप¥यो । जनतालाई भ्रमित पारेर मात्रै भएन भन्ने मेरो भनाइ छ । जनताले थाहा पाउन त पाउनुप¥यो । राष्ट्रको विरुद्ध मैले कहाँ गद्दारी गरेको छु ? जनताको विपक्षमा के काम गरेको छु ? भन्नुप¥यो, प्रमाणित गर्नुप¥यो, के नराम्रो गरेँ मैले ? मैले जे गरेको छु देशको हितमा गरेको छु । जनताको पक्षमा नै काम गरेको छु । योजना बनाउँदा कुनबाट कहाँ प¥यो, त्यो सबै कुरा त मलाई थाहा हुँदैन । प्रदेशको सन्तुलनमा पनि हिजोको भन्दा केही बजेट बढेको छ । एकैपटक सबै गर्न सकिँदैन । चालु योजना काटेर अर्कोमा राख्न सकिँदैन । प्रदेशमा पनि सन्तुलन मिलाउन खोजिएको छ । विगतको भन्दा बढेको छ । कर्णाली र मधेस प्रदेशमा थोरै भए पनि बजेट बढेको छ । बढी जाने ठाउँमा थोरै घटेको छ । सङ्घीयता लागू गर्ने काममा मैले प्रयास गरेको छु । मैले कहाँ गरे देशको विरुद्धमा काम ? जनताका विरुद्ध के गरेँ ? कुनै विषय नपाएपछि कथा बनाएर को मान्छे आयो रे । कथा–पटकथा बनाइएको छ । हरेक मान्छेको रेकर्ड लिएर बस्ने म यहाँ ? मेरो काम हो त्यो ? कोही पनि अनधिकृत मान्छे म हुँदासम्म यहाँ आउँदैन र आएको पनि छैन । सबै आधिकारिक व्यक्ति नै आउँछन् । दुई–दुई वटा सचिव, कानुन सचिव छन् नि त्यो दिन यहाँ । उहाँहरू त रातभर बसेर बजेट बनाउनुभएको छ । म गएर सुतेको हो । बिहान ६ बजे म आउँदा पनि उहाँहरूकाम गरिरहनुभएकै थियो । त्यसकारण यो बजेटको कुराभन्दा राजनीतिक फाइदा लिने प्रयत्न हो । यो स्वभाविक होला । त्यसकारण म यसलाई अन्यथा भन्दिन । तर तथ्य कुरा के हो भने जनताको अहितमा न बजेट आएको छ । न प्रक्रियामा नै यताउता गरिएको छ । मैले पाएको जिम्मेवारीअनुसार इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रयत्न गरेको छु । एमालेले त तपाईंमाथि संसदीय छानबिन हुनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ नि ? देशको पक्षमा बजेट बनाएको आधारमा संसदीय छानबिन हुन्छ ? देशको पक्षमा बजेट बनाएपछि राजीनामा दिनुपर्छ । राजीनामा दिन त, देशको विरुद्ध घात गरेको हुनुप¥यो । जनताको विपक्षमा उभिएको हुनुप¥यो । कुनै बदमासी गरेको वा भ्रष्टाचार गरेको हुनुप¥यो । चुनौतीका साथ म भन्न सक्छु । पुष्टि गरेर आउँदा हुन्छ । मैले कुनै भ्रष्टाचार गरेको छु, जनतालाई घात गरेको छु भने कारबाही भोग्न तयार छु । माग त हुनसक्छ । माग राख्न पाइयो । त्यसप्रति मेरो कुनै गुनासो छैन । तपाईंलाई आरोपित गर्दा, तपाई सम्वद्ध पार्टीलाई पनि क्षति पु¥याउन सकिन्छ भन्ने राजनीतिक भाष्य पनि यसभित्र लुकेको छ कि ? मेरो पार्टीलाई ठोक्न सकिन्छ, गठबन्धनलाई समस्यामा पार्न सकिन्छ भन्नेमा नै विषय केन्द्रित छ । गठबन्धन सरकार छ । गठबन्धन कसरी बन्यो भन्ने पनि थाहा छ । कुन परिवेशमा गठबन्धन बन्यो भन्ने पनि छ । गठबन्धन बन्दा नबन्नेहरुको के प्रभाव परेको होला भन्ने कुरा पनि स्पष्ट बुझन सकिन्छ । राजनीतिक रुपमा ‘इस्यू’ बनाएर प्रतिशोध साँध्नेबाहेक अरु कुरा केही पनि होइन । सेयर बजारमा देखिएको समस्या समाधानका कुनै पहल गर्नुभएन भन्ने आरोप पनि छ नि ? सेयर बजारलाई कसरी राम्रो गर्ने भनेर के छन् त्यहाँभित्रका समस्याहरूपत्ता लगाउ र समाधान गर भनेर नयाँ व्यक्तिहरू नियुक्ति गरेर स्पष्ट निर्देशन दिएर पठाएको छु । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र नेपाल धितोपत्र बोर्डको अध्यक्षलाई निर्देशन दिएको छु । बुक बिल्डिङको काम कसरी गर्ने, अरु काम कसरी गर्ने अरु कोषहरू कसरी बनाउने, अरु संरचनाको विकास कसरी गर्ने, आइटी क्षेत्रलाई कसरी सहज बनाउने भनेर स्पष्ट निर्देशन दिएको छु । उहाँहरू काममा हुनुहुन्छ । त्यो कामले गति लिँदैछ । शेयर बजार व्यवस्थित ढङ्गले चल्ने वातावरण बन्दैछ । सामान्यरूपमा कसैले यताउति गर्दा पनि तलमाथि नहुने गरी काम भइरहेको छ । अब काम उहाँहरुको जिम्मामा छ । अर्थमन्त्रीले शेयर बजारमा घटाउने बढाउने गर्न सक्दैन । त्यो गर्दा पनि गर्दैन । म लगानीकर्तालाई विश्वास दिलाउन चाहन्छु कि राम्रो काम हुँदैछ, तपाईंहरू नआत्तिनुस् । तपाईंले तथ्याङ्क त हेर्नुभएको होला, आगामी आवको बजेट सार्वजनिक भएपछि एक कारोबार दिनमात्रै नेप्से परिसूचक उकालो लागेको छ र अरु सबै दिन ओरालो लागेको छ । समस्या त्यससँग सम्बन्धित संस्थाको हो कि अर्थतन्त्रको अन्य पाटोसँग पनि जोडिएको छ ? त्यसमा दुईवटा विषय छन् । एउटा हाम्रोमा यससम्बन्धी साक्षरताको कमी छ । त्यसभित्र गर्नुपर्ने धेरै काम पनि बाँकी छ । ती सबै काम समयमा हुन नसक्दा आम लगानीकर्ताले प्रक्रियालाई बुझने, कहाँ गर्दा के हुन्छ भन्ने जानकारी छैन । बजारमा परिपक्वता आएको छैन । त्यहाँको साधन र स्रोत बलियो बनाउनुपर्छ । अहिलेको चुनौतीले सकारात्मक दिशामा नै लगिरहेको छ । मलाई विश्वास छ, शेयर बजारले गति लिन्छ र लिनु नै पर्छ । सेयर बजारमा समस्या देखिनुको पछाडि बैंकिङ तरलताको विषयले पनि काम गरेको टिप्पणी पनि गरिएको छ ? हो, यसमा बैंकिङ क्षेत्रसँग जोडिएको तरलता पनि जोडिएको छ । हाम्रो संरचनागत समस्याहरू आजको मात्रै होइन । हिजो हामीले राज्यको पुनःसंरचना गर्दा यस क्षेत्रको पनि पुनःसंरचना नहुनुको परिणाम पनि हो । नयाँ ढङ्गले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनिसकेपछि त्यसको लक्ष्य र उद्देश्यसँग एकाकार हुनुपर्ने थियो । त्यसअनुसारको कार्यविभाजनको समस्या पनि रहेको छ । केही कानुनले निर्देशन गर्दैछ । प्रक्रियामा अगाडि बढेको छ । हाम्रो खर्च गर्ने क्षमताको कमजोरी देखियो । एउटा पाटो हो यो । मैले विभिन्न मन्त्रालयसँग प्रयत्न गरे । अर्थमन्त्री आफैले खर्च गर्ने त होइन । अर्थमन्त्री त त्यसका लागि सहजकर्ता, स्रोतको व्यवस्थापक मात्रै हो । सरकारको कमजोरीका साथ साथै संरचनागत कमजोरी पनि त्यसमा जोडिएको छ । तपाईंले त मासिक १० प्रतिशत पूँजीगत खर्च गर्ने कुरा गर्नुभएको थियो, तर त्यसो त हुन सकेन ? के रहेछ त्यस पछाडिका कारण ? हो, हामीले भनेको हो, तर सकिएन । त्यसरी परीक्षण गर्दा हुन्छ कि भनियो । त्यसअनुसार अगाडि बढेन । अर्को पाटो मौद्रिक नीतिले कतिपय विषय निर्धारण गर्छ । त्यसैसँग सम्बन्धित छ आयात । आयातका कारणले धेरै पैसा बाहिर गयो । त्यसपछि हुण्डीलगायतका विषय छन् । त्यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय एक्लैले त सक्दैन । त्यसमा सबैको साथ सहयोग जरुरी रहन्छ । व्यवसायीका ‘अण्डर इन्भ्वाइसिङ’लगायतका कुरा छन् । यी तमाम कुराले पनि समस्या पारेको छ । यसलाई समाधान गर्न मौद्रिक नीतिमार्फत सम्भव भएका कुरा त्यताबाट गर्ने र अरु विषय यताबाट गर्ने भन्ने छ । हामीले अहिले ल्याएको नीतिले निर्यातलाई प्रोत्साहन गरेको छ । निर्यातबाट पनि विदेशी मुद्रा भित्र्याउँछाँै । लगानीमार्फत पनि ल्याउँछौ । जस्तैः पश्चिम सेती त्यसको एउटा उदाहरण हो । ठूला परियोजना अगाडि बढाउँछौँ । विद्युत् निर्यात भइरहेको छ । हिजो ल्याएका थियौँ, आज गएको छ । सिमेन्ट, क्लिन्कर, जस्तापातालगायतका कुरा पनि छन् । यसरी समग्रताबाट तरलतालाई व्यवस्थापन गर्ने काम अहिलेको नीति तथा कार्यक्रम र बजेटमार्फत दिशा तय भएको छ । त्यसमा राष्ट्र बैंकको आफ्नो भूमिका छ । अर्थ मन्त्रालयको पनि आफ्नो भूमिका छ । समग्रमा अर्थमन्त्रालय जिम्मेवार हुने कुरा लुकाइछिपाइ गर्नु पर्दैन । भाग्न पर्ने कुरा पनि छैन । तर परिस्थितिलाई कसरी हल गर्ने भन्नेमा हामी अगाडि बढेकै छौँ । विदेशी मुद्राको सञ्चिती ओरालो लाग्दै गएको सन्दर्भमा देश श्रीलङ्काको बाटोमा छ भनेर टीकाटिप्पणी भएको छ, देश दिशातर्फ हो कि ? सुधारको दिशामा छौँ, स्पष्ट पारिदिनुहोस् ? तथ्याङ्कले सन् २०२१ देखि नै विदेशी मुद्राको सञ्चिती ओरालो लाग्ने क्रम शुरु भएको देखाउँछ । मूल्यवृद्धि पनि यसमा सम्बन्धित छ । मूल्यवृद्धि आन्तरिकभन्दा पनि बाह्य कारण बढी छ । तेलको भाउ बढ्दा सबै क्षेत्रमा प्रभाव पर्छ । कोइलाको मूल्य बढ्दा समस्या पर्छ । इन्धनको मूल्यवृद्धिको अन्तर्राष्ट्रियस्तरमा पारेको प्रभाव पनि यसमा जोडिएर आउँछ । वस्तु पहिलाको जत्ति आयात भए पनि पैसा त बढी गएको छ । यो कुराले अलिक डलरको खर्च भइरहेको छ । तर हामी अहिले पनि सेफ जोनमा छौँ । ६.६ महिनाको सेवा वस्तु खरिद गर्न सक्ने क्षमता छ । विप्रेषण पनि आइरहेको छ । त्यसलाई अघि मैले भनेको नीति र कार्यक्रमले पनि सम्बोधन गर्छ । सरदरमा मासिक २१ करोड बराबरको डलर खर्च भइरहेको देखिन्छ । मार्जिन लगाउनेदेखि उच्च मूल्य भएका वस्तुलाई नियमन गर्ने काम पनि भएको छ । यस्तै ड्युटी बढाउने काम भइरहेको छ । आयात कम गर्ने गरिएको छ । बीचबीचमा घट्ने बढ्ने पनि भइरहेको छ । श्रीलङ्का नै हुन्छ भनेर प्रचार भइरहेको छ । त्यस्तो प्रचार गर्नेलाई म के भन्न चाहन्छु भने अहिलेको नीति तथा कार्यक्रमले त्यसलाई रोकेको छ । सरकारको सोही विषयलाई केन्द्रमा राखेर कार्यक्रम ल्यायो । खुल्ला हृदयका साथ स्वागत गर्नुप¥यो यो बजेटलाई । हाम्रो अर्थतन्त्रको बनावट हे¥यौँ भने हाम्रो पर्यटन क्षेत्रमा सुधार भइरहेको छ । कृषि क्षेत्रमा विगतको बाढीले असर ग¥यो । अहिले रासायनिक मलको कारणले केही समस्या खडा गर्ला । समग्रमा कृषि क्षेत्रले अर्थतन्त्रलाई सहयोग गर्छ । अन्य क्षेत्रमा सकारात्मक प्रभाव परेको छ । उद्योगको योगदान १४ प्रतिशत मात्रै छ, त्यसलाई वृद्धि गर्न लागिपरेका छौँ । विप्रेषणको आयात पनि क्रमशः वृद्धि भइरहेको छ । हाम्रा स्रोतहरुमा विविधीकरण छ । हाम्रोमा सङ्कट छैन तर बृद्धि गर्नुपर्ने आवश्यकता छ । डलर सञ्चितीलाई बढाएर सात महिना, आठ महिना पु¥याउने दिशामा लागेका छौँ । त्यसलाई सम्बोधन गर्ने काम अहिलेको नीति तथा कार्यक्रम र बजेटले गर्छ । हामी समाधानको दिशामा छौँ । केही क्षेत्रमा रसिया र युक्रेनबीचको सङ्घर्ष देखाएर पन्छिने प्रवृत्ति पनि देखिएको छ ? वास्तविकता त्यस्तै रहेछ ? कोही पन्छनु परेन । त्यो त तथ्य हो । तेलको मूल्य बढेको कुरा तथ्य हो । यो लुकाउने, बहानाबाजी गर्ने विषय होइन । इन्धनको मूल्यले के असर गर्छ भन्ने देखिएको छ । यो त देखेको कुरा हो, भन्ने कुरा होइन । अर्थतन्त्रमा देखिएको भनिएको समस्या समाधानको दिशामा छ भन्न खोज्नु भएको हो, त्यसो भए ? हो, हामीले अहिलेको बजेट, नीति र कार्यक्रम कार्यान्वयन गर्दै जाँदा समाधान गर्न सक्छौँ । समाधानको दिशामा जान्छ । अस्थिरताबाट स्थिरता भनेका छौँ, हामीले । सक्छौँ हामी । आयातबाट क्रमशः निर्याततिर जान सक्छौँ । हामीलाई प्रकृतिले दिएको स्रोत र साधन प्रयोग गर्न सक्छौँ । केही होला कि भनेर चिन्ता गर्दा त्यसलाई सम्मान नै गर्छु । तर चिन्तालाई समाधान गर्ने योजना चाहियो । चिन्ताबाटै योजना बनेको छ, कार्यान्वयनमा जान्छ । हामीले सबैलाई आह्वान गरेका छौँ । सरोकारवाला सबैलाई आग्रह गरिएको छ । यो आह्वानले सबैलाई उत्साहित गरेको छ । सरकारले आफ्नो क्षमता प्रस्तुत गरेर अगाडि बढ्दा सफलता हासिल हुन्छ ।

नेप्सेले तय गर्यो ६ दिन खुल्ने सेयर बजारको कारोबार समय

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले असार महिनादेखि सातामा ६ दिन सेयर कारोबार खुलाउने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले जेठ २३ गते एक सूचना जारी गर्दै अब शनिबार बाहेक साताको ६ दिन नै सेयर कारोबार खुलाउने निर्णय गरेको हो । जसको लागि नेप्सेले कारोबार समय पनि तय गरिसकेको छ । सो अनुसार आइतबारदेखि बिहीबारसम्म हालकै नियमित समय अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) कारोबार खुल्ने छ । त्यस्तै, हरेक शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म (२ घण्टा) खुल्ने नेप्सेको कारोबार शाखाले जानकारी गराएको छ । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै नेप्सेले नयाँ व्यवस्था गरेको हो । यससँगै दोश्रो बजारका लगानीकर्ताले सातामा ६ दिननै सेयर किनबेच गर्न पाउने भएका छन् । सो अनुसार लगानीकर्ताले भोलि जेठ ६ गते शुक्रबार पनि दुई घण्टा सेयर खरिद बिक्री गर्न सक्नेछन् । यसअघि सातामा ५ दिन मात्रै सेयर कारोबार खुल्ने गरेको थियो ।

गगन थापाको प्रश्नः सेयर बजारको स्थायित्व कायम गर्न नियामकहरुले के कस्ता काम गरिरहेका छन् ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानिकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गरे । उनले सामान्य अवस्थामा सेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गरे । अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराए । कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको सेयरबजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । सेयर बजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उनले सेयरबजारको स्थायित्व कायम गर्न, सेयर बजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितोपत्र बोर्डले केकस्ता काम गरिरहेका छन् भनी प्रश्न गरे । साथै, उनले सना लगानीको संरक्षणका लागि भइरहेका कामहरुबारे सदनलाई जानकारी गराउन माग गरे । नेता थापाले भने ‘विस. २०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ, यसले सेयर बजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ, अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।’ रासस भिडियो हेर्न तल क्लिक गर्नुहोस् सेयर बजार अस्तिर नीतिको कारणले घटेको हो भने सबै लगानीलाई निरुत्साहित गर्छ : गगन थापा  

आधा घण्टामै ३२ अंकले घट्यो सेयर बजार

काठमाडाैं । खुलेको आधा घण्टामै सेयर बजार ३२.४२ अंकले घटेको छ । बुधबार ११ बजेर ३० मिनेट जाँदा सेयर बजार ३२.४२ अंकले घटेको हो । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ८ लाख २२ हजार १९१ कित्ता सेयर खरिद बिक्रीबाट कुल ३० करोड २५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बैंकिङ क्षेत्रको स्वामित्व बढी छ । बुधबार नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएर साउनदेखि नियमनमा कडाइ गर्ने बताएको थियो । राष्ट्र बैंकले सीईओहरुलाई सबै नीति नियमहरु पालना गर्न र  पालना नगरे तत्काल कारवाही गर्ने चेतावनी पनि दिएको थियो । यसले पनि सेयर बजारमा प्रभाव पारेको बुझ्न सकिन्छ ।

अब शनिबारबाहेक सबै दिन सेयर बजार खुल्ने

काठमाडौं । अब शनिबारबाहेक सबैदिन सेयर बजार खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने तयारी गरेको हो । सो विषयमा छलफल भइरहेको नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयाँलले बताए । ‘कारोबार दिन अब शुक्रबार पनि थप्न सकिन्छ की भनेर सोधखोज गरिरहेका छौं, भयो भने थपिन्छ,’ फुयाँलले भने । हाल सो विषयमा छलफल गरिरहेको नेप्सेले निर्णय गर्न भने बाँकी छ । सो निर्णय गर्नलाई धितोपत्र बोर्डको स्वीकृति नचाहिँने बताउँदै फुयाँलले सम्भवतः असारदेखि साताको ६ दिननै कारोबार हुन सक्ने बताए । ‘अब निर्णय गर्दा हप्ताको ६ दिन नै सेयर कारोबार खुलाउने गरी अघि बढ्ने छलफल भएको छ, तर निर्णय भने हुन बाँकी छ,’ उपमहानिर्देशक फुयाँलले विकासन्युजसँग भने । यसअघि नेप्सेले आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुलाएको थियो । बीचमा सरकारले शनिबार र आइतबार दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको सट्टा शुक्रबार सेयर कारोबार खुलाउँदै आएको छ । तर, सरकारले अब असारदेखि आइतबार बिदा नदिने भएपछि नेप्सेले आइतबारसँगै अब शुक्रबार पनि खुला गर्ने तयारी गरिरहेको छ । कारोबार दिन थप्ने तयारी गरेको नेप्से कारोबार समय भने एउटै कायम गर्ने मनसायमा छ । ‘कारोबार समय सबैदिन एउटै अर्थात बिहान ११ बजेदेखि ३ बजेसम्म नै हुन्छ,’ फुयाँलले भने । हालसम्म सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) खुल्दै आएको छ । नेप्सेको तयारी अनुसार नै निर्णय भएमा अब असारदेखि आइतबारदेखि शुक्रबारसम्म दैनिक चार घण्टा सेयर कारोबार खुल्ने छ ।

चीनतर्फकोे नाका खोल्न व्यवसायीको आग्रह, सेयर बजारको समस्या समाधान गर्न माग

फाइल फाेटाे काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको बताए । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर,सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताए । उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे । वाणिज्य महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार व्यवसाय र विशेष गरेर उद्योगहरुलाई केही प्रोत्साहन दिने भनेपनि केही व्यक्ति विशेष र केही समूहलाई मात्रै प्रात्साहन हुनेगरी बजेट आएको बताए । सरकारले उद्योगी व्यवसायीहरुलाई पक्षपात ढङ्गले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायीहरु सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाइ छ । उनले बजेटपछि उद्योग व्यवसायी र सेयर लगानीकर्ता सडक आन्दोलनमा रहेकाले देशका शासक प्रशासकहरु नीति, विधि पद्धतीबाट विखलन भएर गएका हुन्की भन्ने महशुस भएको बताए । यस्तो अवस्थाले व्यवसायीहरुलाई प्रात्साहन नहुने तथा व्यवसायीहरु नै पलायन हुने स्थिति आउने भन्दै शंका व्यक्त गरे । यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । उनले सरकारले आयातलाई नियन्त्रण नभएर व्यवस्थापन गर्नुपर्ने बताए । सरकारले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सस्तो र मूल्यमा प्रतिष्पर्धी वातावरणमा खरिद गर्ने सर्वमान्य अधिकार आयात नियन्त्रण गरेर हनन् गर्न नमिल्ने दाबी वरिष्ठ उपाध्यक्ष अग्रवालले गरे । उनले आयात प्रतिस्थापन तत्काल छोटो अवधिमा सम्भव नभएको भन्दै दीर्घकालिन ठोस नीति र प्रतिस्पर्धि वातावरणले मात्रै आयात प्रतिस्थापन सम्भव भएको बताए । पछिल्लो समय आयात नियन्त्रण गर्ने सरकारको नीतिले धेरै व्यवसायीहरुको मनोबल कमजोर बन्दै गएको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष अग्रवालले सरकारको आर्थिक नीति र राष्ट्र बैंकको मौद्रिक नीति दुवैले आयात व्यवसायलाई अनुत्पादक क्षेत्रको जस्तो व्यवहार गरेको गुनासो गरे । उनले ब्याजदरमा विदेशी ऋण लिएर पूर्वाधारको विकास गर्नु भनेको श्रीलंकाको अवस्थामा जाने भन्दै ब्याजदरमा विदेशी ऋण लगानीले प्रतिफल नदिने बताए । त्यस्तै नेपाली काँग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनैपनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको दाबी गरे । सरकारले नै चीन सरकारसँग कुटनीतिक पहल गर्न नसक्दा चीन नाकामा व्यवसायीहरुलाई सामान आयातमा समस्या रहेको बताए । ‘२०७२ सालको भूकम्पपश्चाद् चीन सरकारलाई जुन तरिकाले नेपाल सरकारले कुटनितिक तरिकाबाट पहल गरेर चीनका नाकालाई व्यवस्थित गर्नुपर्ने हो, यो विषमा कुनैपनि सरकार पूर्णरुपमा सफल भएको छैन, त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाँहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन, छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर समान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौं,’ उनले भने । नेता बस्नेतले नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीहरुको रहेको बताए ।

३२ सय नजिक पुगेको सेयर बजार साढे ११ सय अंकले घट्यो, १५ खर्ब बढी नोक्सान

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले घटेको छ । अघिल्लो साता १४५.०८ अंकले घटेको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबारका दिन अर्थात शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको सेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय सेयर बजार लामो समयदेखि निरन्तर रुपमा घटिरहेको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले घटेर २०४८.१६ अंकको बिन्दुमा झरेको हो । यो अवधिमा सेयर बजारमा १५ खर्ब बढी नोक्सान भएको लगानीकर्ताहरु बताउँछन् । चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण सेयर बजार घट्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमवार नेप्से सूचकमा १२.८९ अंकले घटेर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमवार कारोबार भएको २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयरमार्फत् १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन अर्थात मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलवार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर, बुधवार भन सेयर बजार बढेको थियो । बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो । बुधवार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो । बिहीवारदेखि बजार बढ्ने आंकलन गरिएपनि एकदिन पनि टिक्न नपाई बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झ¥यो । बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि घटेको हो । त्यस्तै, नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ

एकाएक सेयर बजारमा छायो हरियाली, परिसूचक ६० अंकले बढ्दा यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजारमा एकाएक हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटीरहेको बजारमा बुधबार हरियाली छाएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक गत जेठ ११ गतेदेखि निरन्तर घटीरहेको थियो । त्यसयताको कारोबारमा परिसूचक एकदिन पनि नबढी निरन्तर १९६ बिन्दुले घटीसकेको थियो । जेठ ११ भन्दा अघि अर्थात करिब ६/७ महिनादेखि भने परिसूचक घटबढ घटबढको अवस्थामा थियो । तर, बुधबारको बजारमा भने परिसूचक ६०.२२ अंकले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९८ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बजारमा एक अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३३ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जुन पछिल्लो केही दिनयता राताम्मे थिए । बुधबार सबैभन्दा बढी जीवन बीमा समूह २९३.१३ अंकले बढेको छ । हरियाली छाएको बजारमा करिब ४ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भइरहेको छ । उपकार लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, १०, ९.९६ र ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.४४ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२८ प्रतिशतले बढेको छ । बजारमा हिमालयन बैंक, माउन्टेन हाइड्रो नेपालसहित अन्य ५ वटा (म्युच्युअल फण्ड र ऋणपत्र) टप लुजरमा रहेका छन् । जसमध्ये हिमालयन बैंकको सेयर मूल्य ०.९६ र माउन्टेन हाइड्रोको सेयर मूल्य ४.११ प्रतिशतले घटेर क्रमशः ३२० र ३१० रुपैयाँमा झरेको छ । पछिल्लो केही दिन यता बजार निरन्तर घटेसँगै बजारसम्बन्धित लगानीकर्ता संगठनका लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलन गर्नेदेखि राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउनेसम्मका गृहकार्य गरेका छन् । यता अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा आफू बजारप्रति सकारात्मक रहेको बताएका छन् । उनले बजारको समस्या सुधारको लागि सुझाव समिति गठन गरेको जानकारी गराएसँगै त्यसको सकारात्मक प्रभाव आजको बजारमा परेको देखिन्छ । सम्बन्धित समाचार सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति